Sunday, February 26, 2017

पादरीको प्रायश्चित्त !


नेपाली क्रिस्चियन समुदायका अगुवा/प्रचारक केबी रोकाया आफ्ना पूर्वमान्यताहरूबाट अचेल ‘यू टर्न’ देखिन्छन् । विगतमा आफैँले उठाएका र पैरवी गरेका मुद्दा बेठीक भन्दै हिँड्नुपरेको छ उनलाई । र, आफूले पहिला बोलेका कुरामा विश्वास नगर्न आग्रह गर्दैमा उनका दिन बितिरहेका छन् । अझ रोचक के भने संविधान नआउन्जेल उनले जुन मुद्दाको पक्षमा वकालत गरेका थिए, संविधानले ती कुरा सम्बोधन गरेपछि अहिले तिनकै विरोध गर्नुपरेको छ ।

अन्तरवार्ता हेर्नुहोस् : "क्रिस्चियन नाताले माओवादीप्रति पश्चिमाको समर्थन जुटाएँ"
अहिले उनी भन्छन्, “धर्मनिरपेक्षता अधार्मिक/नास्तिक मान्यता हो । संघीयता देशलाई फाप्दैन । माओवादीले देश बनाउँदैन ।” जबकि, धर्मनिरपेक्षताकै लागि उनले निकै जोडबल लगाएका थिए । क्रिस्चियन मिसन, माओवादी आन्दोलन र पश्चिमा शक्तिहरूसँगको त्रिकोणीय सम्बन्ध जोड्न भूमिका खेलेका थिए । अहिले उनलाई सबैभन्दा ठूलो फसाद केमा छ भने आफ्नै धार्मिक समुदायलाई मनाउन हम्मेहम्मे परेको छ ।

उनका यी व्यक्तिगत विचार ठीक वा बेठीक होलान्, त्यसमा भन्नु केही छैन । अथवा उनको यो कन्फेसन (प्रायश्चित्त)को चरण पनि हुन सक्छ । तर, नबुझिएको कुरा के भने अमलेट दिए उसिनेको अन्डा, अन्डा दिए अमलेट चाहियो भन्ने खालको देखिएन र ?

१२ वैशाख २०७३, नेपालमा प्रकाशित रामबहादुर रावलको नोटबुकको अंश 
थप पढ्नुहोस्  :बाबुरामको कस्मेटिक शक्ति

No comments:

Post a Comment