Wednesday, November 11, 2015

संकट समाधानका लागि यस्तो छ ओलीको रोडम्याप

  • चालू संकटमोचनदेखि भावी राजनीतिको सुनिश्चिततासम्म
कार्तिक २२, २०७२-

कमजोर सरकार, कठोर चुनौती

मधेसको असन्तुष्टि सम्बोधन, छिमेक सम्बन्धको व्यवस्थापन र संविधान कार्यान्वयनको चुनौतीपूर्ण यात्रामा ओली सरकार



नेपालीहरूको महान् चाड बडादसैँको मुखैमा नयाँ सरकारको नेतृत्व गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सिंहदरबार प्रवेश गरे । बालुवाटारमा उनले दसैँ मनाए । उनका समर्थक, शुभेच्छुक र आफन्तहरूलाई सरकारी निवासमै टीका लगाइदिए । तर, आमनेपालीलाई दसैँमा आफन्तको हातबाट टीका थाप्न, वर्षभरिको थकान मेट्न, पारिवारिक भेटघाट गर्न र मीठोमसिनो सँगै बसेर खान मुस्किल पर्‍यो ।

Friday, November 6, 2015

हिन्दु पारिवारिक कानुनमाथि मुस्लिम न्यायाधीशको शल्यक्रिया


कानुन व्यवसाय हुँदै पुनरावेदन अदालतका न्यायाधीशको कुर्सीमा पुगेपछि सलाहुद्दीन अख्तर सिद्धिकीलाई लाग्यो, नेपाली समाज नबुझी प्रभावकारी न्याय सम्पादन गर्न सकिँदैन । नेपाली समाज बुझ्न हिन्दू व्यवस्था बुझ्नुपर्ने रहेछ । त्यसपछि उनी लागे, हिन्दू धर्म, दर्शन र नेपाली समाजलाई निर्देशित गर्ने अन्य विधिविधानहरूको अध्ययनतर्फ । त्यस क्रममा उनको नजर मनुस्मृतिमा अड्यो, जसले परिवार, समाज र राज्यको धर्म, विधि र आचारहरूको सीमा कोरिदिएको छ ।

नेपाली समाजका धेरै मूल्य–मान्यता यही कृतिबाट निर्देशित र प्रभावित रहेको सिद्धिकीले चाल पाए । र, त्यसैको गहिराइमा पुगेर अनुसन्धान गर्ने, आजको नेपाली समाजको पारिवारिक विवादहरूको जरो खोतल्ने र समाधान दिने निर्णयमा पुगे । त्यही निर्णयको उपज हो, मनुस्मृतिको पारिवारिक व्यवस्था र नेपालमा पारिवारिक विवाद

रामवरण यादवको सम्मानपूर्ण बहिर्गमन

केही विवादका बीच प्रथम राष्ट्रपति रामवरण यादवको सफल कार्यकाल

- रामबहादुर रावल

‘राज्यका अंग एकएक गरी सतीदेवीका अंग खसेजस्तै भएका बेला तपाईंले जिम्मेवारी सम्हाल्नुभयो । र, अप्ठेरो अवस्थामा मुलुकलाई ठीक दिशामा हिँडाउन भूमिका खेल्नुभयो । त्यो भूमिकालाई मुलुकले सम्झिरहनेछ ।’

११ कात्तिकमा राष्ट्रपति निर्वाचनमा मतदान गरेर नयाँ बानेश्वरस्थित संसद् भवनबाट सीधै शीतलनिवासमा राष्ट्रपति रामवरण यादवसँग धन्यवाद भेट गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओली भन्दै थिए । त्यस भेटमा ओलीले यस्तो अभिव्यक्ति दिएपछि यस्तो वातावरण बन्यो कि १६ बुँदे सहमतियता यादव र ओलीबीच भएका कुनै पनि भेटभन्दा त्यो भिन्न भयो ।

संविधान जारी गर्ने अन्तिम कसरत चलिरहेका बेला ३१ भदौ साँझ शीतलनिवासको त्यही बैठकमा यादव र ओलीबीच चर्को भनाभन भएको थियो । राष्ट्रपति र ओलीबीचको सम्बन्ध कतिसम्म बिग्रिएको थियो भने संविधान निर्माण प्रक्रिया रोकेर मधेसवादी दलहरूसँग वार्ता गर्नुपर्ने धारणा राष्ट्रपतिले राखेका कारण केही समय त ओली भेट्नै गएनन् । यादवको फोनसम्म पनि उठाएनन् ।

Sunday, November 1, 2015

किन चाहियो राष्ट्रपतिलाई राजसी तामझाम ?


  • बालकृष्ण न्यौपाने, वरिष्ठ अधिवक्ता
एउटा नेपालीको घरमा चुलो बल्दैन, अर्को नेपालीले २० औँ गाडी अघिपछि लगाएर हिँड्ने ? 
पूर्वराष्ट्रपति रामवरण यादवको विदाइमा शीतलनिवासबाहिर देखिएको लावालस्कर ।
तस्बिर : रवि मानन्धर/नेपाल साप्ताहिक 

अन्तरिम संविधान र हालको संविधानमा राष्ट्रपतिको भूमिका र हैसियतमा कुनै फरक छैन । रामवरण यादव होऊन् वा विद्या भण्डारी, दुवै सेरेमोनियल (आलंकारिक) हैसियतका राष्ट्रपति हुन् ।

संविधानअनुसार, राष्ट्रपति आफैँले कुनै निर्णय गर्नुपर्दैन । आफ्नो ज्ञान र बुद्धि प्रयोग गर्नुपर्दैन । मन्त्रिपरिषद्, संवैधानिक परिषद्, न्यायपरिषद्जस्ता निकायले जे सिफारिस गर्छन्, त्यसैमा छाप लगाउनुपर्छ । छाप लगाउन इन्कार पनि गर्न मिल्दैन ।