Monday, May 3, 2010

फुर्सदमा संसद् पत्रकार



संविधानसभा समितिका बैठक बस्न छाडे । संविधानका अन्तरवस्तुबारे छलफल हुन पनि छाडिसक्यो । सार्वजनिक लेखा र राज्य व्यवस्था समितिका फाट्टफुट्ट बैठकबाहेक संसदीय समितिहरू पनि निष्त्रियजस्तै छन् । व्यवस्थापिका संसद्को बैठकमा सभासद्हरू एक-अर्कालाई राजनीतिक आरोप-प्रत्यारोप गर्नमै समय खर्च गर्छन् । के समाचार लेख्ने ? यतिबेला संविधानसभा/संसदीय मामिलामा रपिोर्टिङ् गर्ने पत्रकारहरू संकटमा छन् । त्यसैले अहिले सभासद्लाई जस्तै फुर्सद संसदीय मामिला पत्रकारहरूलाई छ ।
फुर्सद भएपछि के गर्नु त ? दिनभर सिंहदरबारको चौरमा कति घाम खानु ? पत्रकारहरूका हातहातै हुने ल्यापटपले भने टाइम पास सजिलो गराइदिएको छ । लोकगीत बजायो, नाचगान गर्‍यो, बस् । समाचारका विषयवस्तु त्यस्तै हो, संविधानसभा सचिवालयले उपलब्ध गराएको पत्रकार कक्षमा कुन कलाकारको कुन नयाँ गीत बजारमा आयो, तीमध्ये कुन राम्रो छ भन्नेबारे भने समयमै अद्यावधिक भइन्छ । समाचारको मात्रै पछि कति कुद्नु ?

रोनाल्डोका फ्यान
कम बोल्ने, विस्तारै बोल्ने, नरम बोल्ने, स्पष्ट बोल्ने अनि सन्तुलित भएर बोल्ने । उनको देखिएको परचिय हो यो । केही वर्षयता 'उच्चस्तरको सहमति, सहकार्य र एकता' उनको थेगोजस्तै भएको छ । उनको यही स्वभावलाई लिएर कतिपय नेताहरूले सहमतिको माला जपेर बसेको भनेर टिप्पणी गर्छन् । सधैँ गुरुगम्भीर मुद्रामा प्रस्तुत हुने सभामुख सुवासचन्द्र नेम्वाङको प्रस्तुतिलाई हेर्दा उनी मानवीय संवेदनाभन्दा माथि रहन सक्ने सन्त प्रवृत्तिका जस्ता लाग्छन् । मलाई पनि यस्तै लाग्थ्यो । तर, एक दिन गफिँदै जाँदा यति रसिक भइदिए कि उनी पनि सहज संवेदना भएको मान्छे नै हो भन्ठान्न कर लाग्यो ।
कुरा के पर्‍यो भने हालै पत्रकारहरूसँगको अनौपचारकि बसाइमा उनले एक अंग्रेजी दैनिकमा छापिएको पोर्चुगलका फुटबल स्टार क्रिस्िचयानो रोनाल्डोसम्बन्धी सामग्रीमा गलत तथ्य परेको औँल्याउँदै 'त्यस्तोचाहिँ होइन है' भनेर सम्झाए । आफू रोनाल्डोको फ्यान भएको कुरा खोल्दै अहिलेसम्म चर्चामा आएका रोनाल्डो नामका खेलाडीहरूका चर्चित 'स्क्यान्डल'हरूबारे पनि एक राउन्ड पत्रकारहरूलाई पढाउन भ्याए । रोनाल्डोप्रति उनको आशक्ति कतिसम्म रहेछ भने अहिले पनि उनी त्यससम्बन्धी कुनै पनि प्रकारको सामग्री सञ्चारमाध्यममा भेटेपछि पढ्न/हेर्न छुटाउँदा रहेनछन् । खेलकुदमा रोनाल्डोका फ्यान नेम्वाङले चलचित्र क्षेत्रमा कसलाई मन पराउँछन् होला ? पंक्तिकारको यस जिज्ञासाबाट भने उनी सतर्क भए, "त्यो पनि भनेपछि त भोलि ऊसँगै मेरो फोटो पत्रिकामा टाँसिहाल्नुहुन्छ नि !"

बिचरा नरहरि !
संविधानसभाका महत्त्वपूर्ण छलफलमा नबिराई सहभागी भएका र आफ्नै पार्टीभित्र पनि प्रशस्तै फरक मत राखेका कांग्रेस नेता नरहर िआचार्यसँग राजनीतिक विषयमा छलफलका लागि उनकै निवास महाराजगन्ज पुगियो । उनी पार्टीभित्र नवीन विचारका सूत्रधार पनि मानिन्छन् । हालै संविधानसभाको राज्य पुनःसंरचना तथा शासकीय स्वरूप निर्धारण समितिमा उनले कांग्रेसको संस्थापनभन्दा फरक मत राखे । उनले राज्यको कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचनबाट आउनुपर्ने विचारको वकालत गर्दै आएका छन् । उनले आफ्नो संसदीय दलमा पनि २८ सभासद्लाई मनाइसकेका थिए । एमालेले पनि सुरुमा यस्तै अवधारणा ल्याएपछि आचार्य खुबै आशावादी देखिएका थिए । तर दुर्भाग्य ! एमाले आफ्नो अवधारणामा अडेन । यसले बिचरा आचार्यलाई अबको मुलुक पनि ०४६ सालयताको जस्तै अस्िथर र सत्ताको छिनाझपटीमा बित्ने चिन्ताले सताएको रहेछ ।
कांग्रेससँगको राजनीतिक लेनदेनका क्रममा एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री त्यागिदियो । र, संसद्बाट निर्वाचित बहुमतको प्रधानमन्त्री र अल्पमतको प्रतिपक्ष भन्ने कांग्रेसको परम्परागत अवधारणामा सही ठोकिदियो । त्यसपछि आफ्नै पार्टीमा विद्रोह गर्न तयार भएका आचार्य पनि निराश भए । एमालेले कांग्रेसलाई साथ दिएकामा नरहरलिाई अहिले पनि थकथकी छ । तर, यो पंक्तिकारको सुझाव छ- निराश नभइहाल्नोस्, एमाले आफ्नो पूर्वनिर्णयबाट फेर िपछि हट्न सक्छ । किनभने, एमाले जुनसुकै बेलामा पनि आफ्नो निर्णय 'बहादुरीपूर्वक' सच्याउन सक्ने पार्टी हो ।

बोल्नेको पीठो बिकेपछि...
हालै बाराका किसानहरूले मकैको बोटमा दाना नलागेको भन्दै आन्दोलन गरे । उनीहरूको आन्दोलन सिंहदरबारसम्म पुगेपछि सरकारले २० करोड रुपियाँ क्षतिपूर्ति दिने घोषणा गर्‍यो । मन्त्रिपरष्िाद्को यो निर्णय सुनेपछि मलाई सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको बेलडाँडी गाविसका किसानहरूको सम्झना आयो । जहाँ पश्चिम तराई भूपरििध परयिोजनाले बाँडेका धान, काउली, गोलभेँडा, खुर्सानी, भान्टा कुनै पनि तरकारी र अन्नबालीले बीऊबराबरको पनि प्रतिफल दिएनन् । १७ जातको धानको बीऊले पराल मात्रै दियो । काउली त फुल्दै फुलेन । गोलभेँडा पनि बोटमै सीमित भयो ।
परयिोजनाले उन्नत भनेर बाँडेको बीऊले नराम्ररी ढाड सेकाएपछि त्यस क्षेत्रका मनग्गे आम्दानी गर्ने किसानहरू पनि के खाउँ के लाउँको स्िथतिमा पुगे । न बीऊ-बालीको बिमा छ, न उनीहरू आन्दोलन गर्न सडकमा आएका छन् । अनि, उनीहरूलाई क्षतिपूर्ति कसले दिने ? पीडितहरू सडकमा नआउन्जेल समस्या नदेख्ने हाम्रो सरकार बेलडाँडीका किसानहरू पनि सडकमा आए भने के गर्छ ? सायद, बोल्नेको पीठो बिक्छ भनेको यही हो ।



No comments:

Post a Comment