Friday, May 7, 2010

माओवादीको अनिश्चितकालीन हड्ताल फिर्ता


काठमाडौं, वैशाख २४ - जनता-जनता भीडाउने षडयन्त्र भएको भन्दै माओवादीले जारी आमहड्ताल स्थागित गर्ने निर्णय गरेको छ । शुक्रबार राती सम्पन्न माओवादी स्थायी समितिको बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले हड्ताल स्थगित गरिएको जानकारी दिएका हुन् । उनले शान्ति र संविधानको लागि सुरु गरिएको आन्दोलन भएकोले निकास ननिस्किएमा फेरी यस्तै खालका आम हड्ताल पनि गरिने जनाएको छ । अमेरिकी उपविदेश मन्त्री र अन्य विदेशीको दवावमा हड्ताल फिर्ता लिएको हो की भन्ने प्रश्नमा उनले अरुको दवावमा नभइ आफ्नै सवतन्त्र ढंगले लिइएको निर्णय भएको समेत उल्लेख गरे ।
माओवादीले शनिबार दिउँसो १२ बजे जनप्रदर्शन गरेर दिउँसो २ बजे सभा गर्ने पनि कार्यक्रम घोषणा गरेको छ । त्यसैगरी आइतवार राजधानीमा सिंहदरवार घेराउ र जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेको छ । शान्ति र संविधानका लागि राष्ट्रिय सहमतिको सरकार र त्यसका लागि प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा माग गर्दै बैशाख १९ गते अनिश्चितकालिन आमहड्ताल सुरु गरेको थियो ।
आमहड्ताल लम्बिंदै जाँदा पनि सरकारले मागको सम्बोधन नगरेपछि सर्वसधारणको जनजीवन कष्टकर बन्दै गएको थियो । माओवादी माथि आमहड्ताल फिर्ता लिनको लागि व्यापक जनदवाव परेको थियो ।
मुलुकभरका बिभिन्न स्थानहरुमा सत्तारुढ दलका कार्यकर्ताहरुको अगुवाइमा प्रतिकार तथा विरोध प्रदर्शन पनि बढ्दै गएको थियो । अन्तरराष्ट्रिय समुदायको तर्फबाट पनि हड्ताल फिर्ता गर्न आग्रह गर्दै आएको थियो । नेपाल उद्योग बाणिज्य महासंघ तथा पेशागत महासंघको आयोजनाका शुक्रबार बिहान राजधानीलगायतका बिभिन्न स्थानमा शान्ति सभाहरुको आयोजना गरिएको थियो । त्यसको पनि माओवादी माथि व्यापक दवाव परेको थियो ।
हड्ताल बढ्दै जाँदा सरकारले मागको सुनुवाई नगरी विस्तारै दमनलाई बढाउँदै लगेको थियो । शान्ति र्‍यालीका सहभागी र माओवादी कार्यकर्ताबीच राजधानीका बिभिन्न स्थानहरुमा शुक्रबार झडपसमेत भएको थियो । कास्कीको लेखनाथमा भएको झडपमा गोली चल्दा आठ माओवादी कार्यकर्ता घाइते भएका थिए । माओवादीले प्रतिकार र विरोधमा पनि प्रदर्शनहरु हुन थालेपछि जनता-जनता भीडाउने षडयन्त्र भएको निष्कर्ष निकालेको हो ।

No comments:

Post a Comment