Wednesday, September 16, 2015

नेपाल राष्ट्र र नेपाली जनताको स्वाभिमानको विजय : प्रचण्ड


संविधानसभाबाट संविधान पारित पश्चात एनेकपा(माओवादी)का अध्यक्ष प्रचण्डको प्रतिक्रिया

सत्तरी वर्षदेखिको नेपाली जनताको संविधानसभाबाट संविधान बनाउने सपना आज साकार भएको छ । अत्याधिक बहुमतद्वारा संविधान पारित भएको यो नेपाली जनताको विजय होइन, नेपाल राष्ट्र र नेपाली जनताको स्वाभिमानको विजय हो । ती हजारौ सहिदहरु, वेपत्ता योद्धाहरुको सपनाको पनि आज विजय हो ।

यो संविधनसभाबाट संविधान बनाउने प्रक्रियामा निकै ठूलो बलिदानीपूर्ण संघर्ष गरेको पार्टी र त्यसको नेतृत्व हुनुको नाताले आज मैले ती तामम् सहिदहरु वेपत्ता योद्धाहरु र गत ७० वर्षदेखि जजसले नेपालमा जनताद्वारा निर्वाचित प्रतिनिधिद्वारा संविधान बनाउने सपना देखेर लडाई लडेका थिए सशस्त्र, शान्तिपूर्ण ति सबैको विजय भएको छ । नेपालको विजय भएको छ, नेपालीको विजय भएको छ ।
त्यसकारण म देशभित्रका सम्पूर्ण दिदीबहिनी दाजुभाईहरु जसले यो सपना साँचेर नीकै ठूलो त्याग, तपस्या र बलिदानको इतिहास कोरेका थिए, उनीहरु सबैलाई र देश बाहिर भएका सम्पूर्ण नेपालीहरु देशमा शान्ति, स्थीरता र समृदिको एउटा क्रान्तिकारी परिवर्तन सहितको सपना देखेका थिए, ती सबैलाई म हार्दिक बधाई र शुभकामना व्यक्त गर्न चाहन्छु । किनकी यो कुनै समान्य कुरा होइन र यसै सन्दर्भमा म के पनि भन्न चाहन्छु भने संघीय गणतन्त्रको संविधान घोषणा भएको छ । 

संविधानसभा बाहिर रहनुभएका र या केही असन्तुष्टी र केही आफ्ना मागका कारण बाहिर रहनुभएका दललाई पनि म आज यो ऐतिहासिक दिनमा यो प्रक्रियाको नेतृत्व गर्ने गौरव प्राप्त भएको पार्टीको अध्यक्षको हैसियतले पनि सबैलाई फेरि पनि वार्तामा आएर संवादको तरिकाद्वारा यो ऐतिहासिक विजयमा आफु पनि सहभागी हुन र यो संविधानलाई परिमार्जन फेरि गर्दै अघि बढ्न र देशलाई स्थीरता, शान्ति र समृद्धिको दिशामा, अभियमानको दिशामा अगाडि जान सबैलाई एकताबद्ध पहलको रुपमा अपिल पनि गर्न चाहन्छु ।

अहिले मधेशमा या कतिपय ठाउँमा जो आन्दोलनरत शक्तिहरु छन् उनीहरुका मागहरु संबादको माध्यमबाट भोली संविधान संशोधनको माध्यमबाट सम्बोधन गर्न सकिन्छ । इतिहासमा कँही पनि संविधानसभाबाट संविधान बन्दा जे बन्यो त्यो धर्मशास्त्र बन्ने होइन, त्यो गतिशील दस्ताबेज नै बन्ने हो त्यसको संशोधन प्रायः हामी जहाँपनि देख्छौं । केही समय छिटोछिटो संशोधन हुने पनि गर्छन् त्यसकारण यसलाई कसैका जीत र कसैको हारको रुपमा होइन, सम्पूर्ण नेपालीहरुको जीतमा ग्रहण गरौं । यही बधाई र शुभकामना व्यक्त गर्दछु । 
धन्यवाद !
प्रचण्डका स्वकीय सचिव शिव खकुरेलको फेसबुकबाट

No comments:

Post a Comment