Tuesday, September 8, 2015

संविधान निर्माणमा भट्टराईको दोहोरो भूमिका


आन्दोलनमा जानुअघि मधेस राजनीति राष्ट्रिय दलहरूको पकडबाट बाहिर जान लागेको, मधेसी जनताको भावनालाई गलत तत्त्वहरूले भड्काइरहेको र आफ्नो पार्टीले संविधान निर्माणमा राखेको नोट अफ डिसेन्टबारे जानकारी दिनु आवश्यक रहेको भन्दै एमाओवादीका मधेसी नेताहरूले नेतृत्वसामु आन्दोलनमा जानुपर्ने आवश्यकता औँल्याएका थिए ।

अध्यक्ष प्रचण्डले आफ्नै दलका नेता वा मोर्चा आन्दोलनमा सहभागी हुँदा त्यसले संविधान निर्माणको बाटो बिथोलिन सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । तर, अर्का नेता बाबुराम भट्टराईले मधेसी मात्रै होइन, आदिवासी जनजाति, महिला, दलितलगायत सबै आन्दोलनमा जानुपर्ने राय दिएका थिए ।
यति मात्र होइन, भट्टराईले संविधानसभामा संविधानको परिमार्जित विधेयकमाथिको छलफल छाडेर ११ भदौमा सिंहदरबारस्थित एमाओवादी संसदीय दलको कार्यालयमा मधेसी, आदिवासी, जनजाति, महिला, दलितलगायत मोर्चाका नेताहरूलाई बोलाएर आन्दोलनमा जान सल्लाह दिएका थिए ।


मधेसी नेताहरूले नौ बुँदे मागसहित आन्दोलन घोषणा गरिसकेपछि पनि भट्टराईले आदिवासी जनजाति नेताहरूलाई मधेसीको आन्दोलनमा साथ दिन र मगरातलगायत क्षेत्रका नेताहरूलाई आन्दोलनको तयारी गर्न भनेका थिए, जुन बैठकमा वर्षमान पुन पनि थिए । स्मरणीय के छ भने, टीकापुर घटनाको केही दिनअघि पुनले कैलालीमै आयोजित आन्दोलनकारीको सभामा भाषण गरेका थिए ।

थप हेर्नुहोस्, 

No comments:

Post a Comment