Friday, June 14, 2013

ताल्चामाथि ताल्चा

संविधानसभा विघटनलगत्तै प्रधानमन्त्री बाबुराम भट्टराईले केही मन्त्रालयहरूको पुनःसंरचना गरे। मन्त्रालयको पुनःसंरचना गर्नुको औचित्यबारे प्रधानमन्त्री भट्टराईले अहिलेसम्म केही बोलेका त छैनन् तर धेरैको निष्कर्ष छ, त्यो उनको लहडी स्वभावको उपज हो। उनको त्यस लहडको परण्िााम पनि तमासाकै रूपमा देखिन थालेका छन्।

नयाँ जन्माइएका हुन् वा पुनःसंरचनामा परेका, ती मन्त्रालयहरूलाई अहिले दैनिक प्रशासन वा राज्यका नीति-कार्यक्रमबारे चर्चा गर्ने फुर्सद छैन। पैतृक सम्पत्तिको अंशबन्डामा होमिएका दाजुभाइजस्ता पाखुरा सुर्कनैमा उनीहरूको दैनिकी बितिरहेको छ। एउटै भवनभित्र रहेका अलगअलग मन्त्रालयका कर्मचारीहरू आपसमा बोल्न छाडेका छन्। कुन कोठामा को बस्ने, कुन कोठा कसको भन्नेमा उनीहरू झगडा गररिहेका छन्। आ-आफ्नै दाबी-प्रतिदाबीमा उनीहरू उत्रिएका छन्।

प्रसंग वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय र सहकारी तथा गरबिी निवारण मन्त्रालयको हो। पहिला वातावरण छुट्टै मन्त्रालय थियो। गरबिी निवारण र सहकारी भन्ने मन्त्रालय नै थिएन। वातावरण र विज्ञान तथा प्रविधि एउटैमा गाभियो। गरबिी निवारण तथा सहकारी मन्त्रालय नयाँ जन्माइयो। नयाँ जन्मिएको मन्त्रालयलाई पहिला वातावरण बसेको ठाउँमै राखियो। वातावरणका धेरैजसो भौतिक पूर्वाधार र जनशक्ति सहकारी मन्त्रालयले उपभोग गर्‍यो। तर, एउटा कोठाका लागि अहिले पनि दुई मन्त्रालयबीच रस्साकसी चलिरहेको छ। दुवैले उक्त कोठामा आ-आफ्ना ताल्चा लगाएका छन्। अलगअलग मन्त्रालयका दुई सहसचिवका नेमप्लेट टाँसिएका छन्। पहिला त्यस मन्त्रालयमा वातावरण मन्त्रालयका सहसचिव ईश्वरसिंह थापा बस्थे। थापा सरुवा भएपछि त्यस ठाउँमा अनिल पोखरेल आइपुगे। उनी वातावरण मन्त्रालयका सहसचिवको हैसियतले त्यहाँ बस्न खोजे। उनको नेमप्लेट पनि त्यहीँ टाँसियो। तर, सहकारी मन्त्रालयले 'त्यो कोठा त हाम्रो हो' भन्दै सहसचिव कृष्णप्रसाद लम्साललाई बस्न पठायो। उनी बसेको भोलिपल्टै वातावरण मन्त्रालयले आफ्नो ताल्चा लगायो। मन्त्रालयका अधिकारीहरू एउटा कोठाका लागि यतिसम्म गर्न सक्दा रहेछन् भने लाभका अरू विषयमा अझ कति हानथाप होला ?
http://www.ekantipur.com/nepal/article/?id=3956
- रामबहादुर रावल

No comments:

Post a Comment