नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेलमध्ये पदका लागि मरमिेट्नेमा कसको नाम अगाडि आउँछ होला ? यसबारे दुवैको पक्ष र विपक्षमा पर्याप्त बहस गर्न सकिएला। तर, पछिल्लोपल्ट कांग्रेसभित्रको परदिृश्य हेर्दा यस्तो लाग्छ, देउवा प्रधानमन्त्रीको पदबाट वाक्कदिक्क भइसकेका छन् तर पौडेल भने मरहित्ते गररिहेका छन्।
प्रसंग हो, संविधानसभाको अवसानपछि पहिलोपल्ट सामूहिक छलफलमा जुटेका दलहरूको संयुक्त बैठकको। सत्ताधारी दल एकीकृत नेकपा माओवादी तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, विपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू ६ असारमा आयोजित बैठकमा सामेल थिए। बैठकमा राजनीतिक र संवैधानिक संकटको निकास के हुन सक्छ भन्नेमा छलफल भएको थियो। त्यस क्रममा कांग्रेस नेता पौडेलले जसरी पनि हालका प्रधानमन्त्री बाबुराम भट्टराईलाई हटाएर नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया तत्काल थाल्नुपर्ने भनाइ राखे। नयाँ प्रधानमन्त्रीबारे टुंगो नलागुन्जेल राजनीतिक निकासका अन्य विकल्पबारे छलफल हुनै नसक्ने उनको अडान थियो। तर, उनको भनाइको खण्डन गर्न अर्को पार्टीको नेताले छुच्चो बन्नै परेन। उनकै पार्टीका सहयात्री देउवाले पौडेललाई बोल्दाबोल्दै रोके। र, भने, "पहिला राजनीतिक र संवैधानिक निकासका लागि अबको बाटो के हुन्छ भन्ने टुंगो गरौँ, अहिले नै प्रधानमन्त्रीबारे किन चर्चा गर्नुपर्यो !" आफ्नै पार्टीका नेता पौडेललाई बीचैमा रोकेर छलफललाई नै विषयान्तर गर्न देउवा अघि सरेपछि कांग्रेसकै अन्य नेताले पनि लख काटे, "प्रधानमन्त्रीको पद पौडेललाई नभई नहुने, देउवालाई चाहिँ तत्काल नचाहिने रहेछ।"
देउवालाई चाहियोस् पनि किन ? अहिले कांग्रेसलगायत विपक्षी दलहरू संविधानसभा छँदै गरएिको सातबुँदे सहमति अनुसार बाबुराम भट्टराईले प्रधानमन्त्रीबाट हट्नुपर्ने र चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने अडान राखिरहेका छन्। अझ, एमाले नेताहरूले त कांग्रेस नेताहरूलाई प्रधानमन्त्रीका लागि 'कि तपाईंहरू नाम दिनूस्, नभए हामी दिन्छौँ' भनेर दबाब दिन थालेका छन्। यसो हुँदा कांग्रेसबाट आफ्नो नाम अघि सारे हुन्थ्यो भन्ने मनसाय पौडेलका अभिव्यक्ति र व्यवहारबाट व्यक्त हुँदै आएकै छ। यो देउवालाई पच्ने कुरै भएन। सके आफू बन्ने, नसके आफ्नो पार्टीबाट अरूलाई बन्न पनि नदिने अभिप्राय देउवाको रहेको केही कांग्रेसीहरूको भनाइ छ। लौ अनुमान लगाउनूस् त, कुनचाहिँ नेता पदको बढी लोभी होलान् ?
http://www.ekantipur.com/nepal/article/?id=3930
- रामबहादुर रावल

No comments:
Post a Comment