मुख्यसचिव माधवप्रसाद घिमिरेले निवृत्तिका दिन नजिकिँदै गर्दा बिदा लिने भाखा सार्दै आएका छन्। अहिले उनी निवृत्त हुनुभन्दा एक साताअघि मात्रै बिदामा बस्ने मनसायमा छन्। बजेट विवाद र राजनीतिक संक्रमणका कारण प्रशासनलाई धेरै दिन नेतृत्वविहीन राख्न नहुने उनको तर्क छ। उनकै तर्कलाई सरकारले पनि मनन गर्ने हो भने आगामी २२ साउनभित्र अर्को मुख्यसचिवको नियुक्त गर्नुपर्नेछ। किनभने, मुख्यसचिव घिमिरेको तीन वर्षे कार्यकाल २१ साउनमा पूरा हुँदै छ।
मुख्यसचिव पद रत्तिm हुनै लाग्दा प्रशासनिक र राजनीतिकवृत्तमा नयाँ मुख्यसचिव को हुन्छ भन्ने चर्चा पनि सुरु भएको छ। यहीबीचमा रोलक्रममा रहेका कतिपय सचिवहरू विभिन्न शक्तिकेन्द्र धाउने क्रम पनि चलेको छ। २४ असोज ०६४ मा एकैपटक नियुक्त भएका २७ सचिवमध्ये हाल १३ जना बहाल छन्। तिनैमध्येबाट मन्त्रिपरष्िाद्ले मुख्यसचिव छान्नुपर्नेछ। मुख्यसचिवको नियुक्ति मन्त्रिपरष्िाद्ले गर्ने र त्यसमा पनि प्रधानमन्त्रीको निर्णय नै अन्तिम हुने भएकाले यसपटकको नियुक्ति पनि विगतका परम्पराभन्दा भिन्न हुने स्थिति छैन। राजनीतिक निकटता र प्रधानमन्त्रीको विश्वास जित्न सक्ने व्यक्ति नै मुख्यसचिव नियुक्त भएको यसअघिको परम्परा छ।
वरष्िठताक्रममा निर्वाचन आयोगका सचिव शंकरप्रसाद कोइराला अगाडि भए पनि राजनीतिक वातावरण अनुकूल नरहेकाले उनी मुख्यसचिव बन्ने सम्भावना कमजोर बनेको छ। पूर्वमुख्यसचिवहरू विमल कोइराला, भोजराज घिमिरेलगायतको साथ रहेका कारण कोइरालाले कार्यसम्पादन मूल्यांकनमा जहिले पनि अगाडि रहने मौका पाएका थिए। प्रशासनिक दक्षताभन्दा पनि साहित्यिक व्यक्तित्व, हँसिलो अनुहार र मिलनसार व्यवहारका कारण उनी प्रशासनवृत्तमा चर्चित छन्। नेपाली कांग्रेस सत्तामा नरहनु उनका लागि तत्कालको प्रमुख दुर्भाग्य हो। यद्यपि, उनले मुख्यसचिवका लागि दौडधूप कायमै राखेका छन्। उनले केहीअघि मात्रै सत्तासीन दल एकीकृत नेकपा माओवादीका नेता कृष्णबहादुर महरामार्फत अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटिसकेका छन्। महरा सूचना तथा सञ्चार मन्त्री छँदा कोइराला सचिव थिए। मुख्यसचिवको खेल धेरै अघिदेखि नै सुरु हुने भएकाले पूर्वमुख्यसचिवहरू विमल कोइराला, भोजराज घिमिरेलगायतले सम्भावित मुख्यसचिवका रूपमा शंकर कोइरालालाई पहिल्यैदेखि अगाडि बढाएका थिए। तर, खुला रूपमा कांग्रेसनिकट भनेर चिनिएका र प्रशासनिक दक्षताका नाममा उल्लेख्य भूमिका प्रदर्शन गर्न नसकेका कारण उनको सम्भावना कम रहेको उनका सहकर्मीहरू बताउँछन्।
शंकर कोइराला जुन कारणले अगाडि रहे, त्यही कारण पछाडि परेका सचिव हुन्, लीलामणि पौड्याल। अर्थात्, प्रशासनिक नेतृत्व कहिल्यै अनुकूल नरहेका कारण उनी कार्यसम्पादन मूल्यांकनमा पटकपटक पछि परे। सचिवमा बढुवा गर्दा 'फेभर' नगर्ने कित्ताका मुख्यसचिव भएकै कारण उनको नाम बढुवा सूचीको पछाडि अर्थात् १७औँ नम्बरमा परेको लोकसेवा आयोगका तत्कालीन एक अधिकारी बताउँछन्। तर, अहिले पौड्यालका लागि राजनीतिक अवस्था अनुकूल देखिएको छ। सचिव बढुवामा उनलाई साथ दिएका वामपन्थी शक्तिहरू अहिले पनि सकारात्मक नै रहेका छन् भने प्रधानमन्त्री बाबुराम भट्टराईको पनि विश्वास जितेका प्रशासकमा उनी पर्छन्। निर्भीक, प्रयोगशील, स्पष्टवक्ता, निर्णय गर्ने क्षमता भएका, काममा चुनौती लिन चाहने र अध्ययनमा मेधावी पौड्याल व्यवहारमा भने अपरपिक्व र दुष्साहसी भनेर आलोचित छन्। अनुचित दबाबका सामु नझुक्ने सचिव पौड्यालले गृह मन्त्रालयमा छँदा उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग टक्कर लिएका थिए। गृह, सञ्चार, पर्यटन, उद्योगमा केही सुधारका पहलकदमी पनि उनले लिएका थिए।
कदाचित पौड्याललाई मुख्यसचिव नबनाइए हालको शक्ति समीकरण अनुसार उमाकान्त झा विकल्पमा देखिन्छन्। सत्तासाझेदार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट उनको पक्षमा बलियो 'लबिङ्' रहेको छ। लामो समय सिँचाइ विभागका महानिर्देशक रहेका झा अध्ययनले इन्जिनियर हुन्। मुलुकको प्रमुख कार्यसूची आर्थिक तथा पूर्वाधार विकास रहेकाले आफू नै मुख्यसचिव बन्नुपर्ने उनको दाबी छ। पहिलोपल्ट मधेसी मूलका मुख्यसचिव बनाउने अवसर गुमाउन नहुने भन्दै उद्योगमन्त्री अनीलकुमार झासहित केही मधेसवादी नेता उनको पक्षमा छन्। तर, उनी वरष्िठताक्रममा पुछारमा छन्। प्राविधिक क्षेत्रमा दक्खल भए पनि प्रशासनिक क्षेत्रमा उनको प्रदर्शन उल्लेख्य मानिँदैन। एकथरीले भने झालाई मुख्यसचिव बनाए मधेसमा माओवादीको गुमेको पकड फिर्न सक्ने लोभ पनि प्रधानमन्त्री र माओवादी नेतृत्वलाई देखाएका छन्।
सिँचाइ मन्त्रालयकी सचिव विन्द्रा हाडा पहिलो महिला मुख्यसचिवको इतिहास रच्न अभ्यासरत छिन्। तर, उनी वरष्िठताक्रममा पछाडि रहेकी, खासै उल्लेख्य कार्यक्षमता देखाउन नसकेकी सचिव हुन्। यद्यपि, प्रधानमन्त्रीपत्नी हिसिला यमी र काठमाडौँको एउटा व्यापारकि समुदायले उनको पक्षमा वकालत गररिहेको छ।
एकथरी लीलामणि पौड्याल नबन्ने अवस्था आए बालानन्द पौडेल दोस्रो विकल्प बन्न सक्ने बताउँछन्। प्रधानमन्त्री भट्टराईले राजनीतिक सहमति जुटाउने वा आफूलाई काम गर्न सजिलो हुने निचोडमा वामपन्थी कित्ताकै अर्का सचिव छान्ने अवस्था पनि आउन सक्छ। त्यसबेला नेकपा एमालेनिकट सचिव बालानन्द पौडेलको पल्ला भारी हुनेछ। तर, यस विकल्पलाई अपवादका रूपमा लिइएको छ।
अर्का दाबेदारका रूपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिव भगवतीकुमार काफ्ले पनि उभिएका छन् तर उनको पदावधि चाँडै सकिने हुँदा मुख्यसचिवको सम्भावनातर्फ बालुवाटार स्रोत सोझै इन्कार गर्छ। काफ्ले मुख्यसचिव हुँदा करबि नौ महिना पदमा बहाल रहन्छन्।
मन्त्रिपरष्िाद् कार्यालयका सचिव त्रिलोचन उप्रेती पनि वरष्िठताक्रममा आफू नै एक नम्बर, कानुन र प्रशासनमा उत्तिकै दक्खल र अन्तर्राष्ट्रिय पहिचान पनि भएका कारण आफँै मुख्यसचिव बन्नुपर्ने दाबीका साथ प्रस्तुत भइरहेका छन्। राजनीतिक वातावरण हेरफेर भयो भनेचाहिँ उप्रेतीको सम्भावनाप्रति आशावादी हुनेहरू पनि छन्। यसबाहेक सुशील जबरा, वामन न्यौपाने, ताना गौतमलगायत पनि दौडमा छन्। http://www.ekantipur.com/nepal/article/?id=4012

No comments:
Post a Comment