Tuesday, June 1, 2010

स्वास्थ्यमा लुछाचुँडी



स्वास्थ्य तथा जनसंख्या मन्त्री उमाकान्त चौधरी र राज्यमन्त्री खड्गबहादुर बस्याल -सार्की)बीच लामो समयको लुछाचुँडीपछि स्वास्थ्य उपचौकीहरूको स्तरवृद्धिसम्बन्धी भागबन्डाको विवाद तत्कालका लागि किनारा लागेको छ । लुछाचुँडीका क्रममा राज्यमन्त्री बस्यालले हार स्वीकार गर्दै पछि हटेपछि मन्त्री चौधरीलाई एकलौटी निर्णय गर्न सजिलो भएको छ।


सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा ग्रामीण क्षेत्रमा रहेका केही उपस्वास्थ्य चौकीलाई स्तरवृद्धि गरी स्वास्थ्य चौकी बनाउने घोषणा गरेको थियो । त्यस अनुरूप सरकारले यस वर्ष देशभरकिा पाँच सय उपचौकीलाई चौकीमा रूपान्तर गर्ने निर्णय गरेको छ । यसका लागि स्वास्थ्य संस्था छनोट गर्ने क्रममा दुई मन्त्रीबीच चर्काचर्की नै परेको थियो । लामो समयको लुछाचुँडीपछि राज्यमन्त्री पछि हटेको मन्त्रालय स्रोत बताउँछ।


मन्त्री चौधरीले आफ्नो गृहजिल्ला बाराका मात्रै ३६ वटा उपचौकीलाई स्तरवृद्धिका लागि छानेका छन् । राज्यमन्त्री बस्यालले भने आफ्नो गृहजिल्ला सुर्खेतका नौवटा संस्था मात्रै स्तरवृद्धिको सूचीमा पार्न सके । "मैले मात्रै कति जोरी खोज्नु ? मन्त्रिपरष्िाद्मा अरूले पनि प्रश्न गरेपछि मन्त्रीको के जवाफ हुन्छ, हेरौँला," राज्यमन्त्री बस्याल भन्छन् । मन्त्री-राज्यमन्त्रीबीच चलेको भागबन्डा विवादका कारण लामो समय फाइल स्वास्थ्य विभागमा अड्केको थियो । विभागका कर्मचारीले जनसंख्याको वितरण, केही वर्षयता रोग-प्रकोप फैलिएको विवरण र भौगोलिक विकटतालाई आधार मानी तत्काल स्तरवृद्धि गर्नुपर्ने स्वास्थ्य संस्था छनोटको तयारी गरेका थिए । यस क्रममा मन्त्री र सहायकमन्त्रीका मात्रै छ सयभन्दा बढी सिफारसि आएका थिए । तीबाट पाँच सय छान्न र जिल्लागत वितरणमा समानुपातिकता मिलाउन हम्मेहम्मे परेको थियो । विभागका महानिर्देशक यशोवर्द्धन प्रधानले मात्रै धेरै दिन मन्त्री र राज्यमन्त्रीकहाँ गएर चाँडो टुंगोमा पुग्न आग्रह गरेका आग्रह गरेका थिए। (नेपालबाट)

http://www.ekantipur.com/nepal/news/news-detail.php?news_id=1037

Issue: 393 २०६७ वैशाख १९ May 2, 2010

No comments:

Post a Comment