Tuesday, August 16, 2011

सम्बन्धनमा मनपरी

  • सम्बन्धन वितरण नियमविपरीत, त्यसमा पनि भेदभाव
  • अन्य विश्वविद्यालयसँग सम्बन्धन लिई कार्यक्रम सञ्चालन गर्न पाइने छैन।
  • अन्य विश्वविद्यालयसँग सम्बन्धन लिई सञ्चालन गरेका कार्यक्रम यसै आर्थिक वर्षदेखि खारेज गर्नुपर्नेछ।
त्रिभुवन विश्वविद्यालयले हरेक क्याम्पसलाई सम्बन्धन र कार्यक्रमको स्वीकृति दिँदा यी बुँदामा अनिवार्य सर्तनामा गराउँछ। यी सर्तको अधीनमा रहेर चल्ने वाचा गरेर क्याम्पस प्रमुख वा कार्यक्रम प्रमुखले सही गर्छन्। विश्वविद्यालयसँग यी सर्त पालन गरे/नगरेको अनुगमन गर्ने संयन्त्र पनि छन्। सम्बन्धन दिनुअघि विश्वविद्यालयकै एक टोलीले सम्भाव्यता अध्ययन गरेर प्रतिवेदन बुझाउँछ। टोलीले प्रतिवेदनमा पनि खुलाउनुपर्छ, अन्य विश्वविद्यालयसँग उसको सम्बन्धन भए/नभएको।

तर, कतिपय क्याम्पसहरूले यी सर्तलाई कागजमै सीमित गरििदएका छन्। एउटै क्याम्पसले चार-पाँचवटासम्म विश्वविद्यालय र बोर्डहरूको सम्बन्धन लिएर आफूखुसी गररिहेका छन्। यसरी भएभरका सम्बन्धन बटुल्नेमा काठमाडौँ उपत्यकाभित्रैका निजी तवरबाट सञ्चालित क्याम्पसहरू धेरै छन्। विज्ञहरू यस्तो अभ्यासलाई चरम व्यावसायिक प्रतिस्पर्धाको विकृति ठान्छन्। तर, कारबाहीको भागीदार भने कुनै क्याम्पसले बन्नुपरेको छैन।

मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको नजिकै रहेको सेन्ट जेभियर्स कलेजलाई नै लिऊँ। उसले विगत २३ वर्षदेखि त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा विभिन्न कार्यक्रम चलाइरहेको छ। प्रवीणता प्रमाणपत्र तहको विज्ञान संकायबाट उच्च शिक्षाको अभ्यास थालेको सेन्ट जेभियर्सले गत वर्षबाट त्यो कार्यक्रम हटाए पनि स्नातकका आठ र स्नातकोत्तरका पाँचवटा कार्यक्रम चलाइरहेको छ। रोचक त के छ भने उसले नेपालका तीन र संयुक्त अधिराज्यको एक गरी चारवटा विश्वविद्यालयको सम्बन्धनमा ती कार्यक्रम सञ्चालन गररिहेको छ। उच्च माध्यमिक शिक्षा परिषद्समेत गन्ने हो भने उसको सम्बन्धन चारवटा प्राज्ञिक संस्थाहरूसँग रहेको छ।

सेन्ट जेभियर्सले त्रिविको स्वीकृति लिएर बीए, बीबीएस, बीएस्सी, बीआईएम, एमए -अंगे्रजी), एमबीएस, विभिन्न विषयका एमएस्सी कार्यक्रम चलाइरहेको छ। त्यस्तै, उसले काठमाडौँ विश्वविद्यालयको सामाजिक सेवा -सोसल वर्क)को स्नातक कार्यक्रम चलाइरहेको छ भने त्यही विषयको स्नातकोत्तर कार्यक्रम पूर्वाञ्चल विश्वविद्यालयको। एसएलसीपछि उच्च शिक्षासँग जोड्ने उच्च माध्यमिक तह -प्लस टु)को समानान्तर हुने गरी क्याम्बि्रज विश्वविद्यालयको ए लेबल कार्यक्रम पनि चलाइरहेकै छ। एउटै ठाउँ, उही पूर्वाधार र एउटै व्यक्तिको नेतृत्वमा सञ्चालित यति धेरै कार्यक्रम र विश्वविद्यालयको सम्बन्धनबारे कुनै पनि निकायले प्रश्न गरेको छैन। क्रिस्िचयन मिसिनरीजबाट स्थापित यस कलेजका प्रमुख फादर ए एन्टोनीसामी भन्छन्, "हामी मूल रूपमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत नै हौँ। तर, अरूसँगको सम्बन्धनबारे कसैले पनि प्रश्न गरेको छैन।" त्रिभुवन विश्वविद्यालयले अरूसँगको सम्बन्धन र कार्यक्रम त्याग्न निर्देश गरे मान्न तयार छ त सेन्ट जेभियर ? "हामीले त्रिविसँग नभएका कार्यक्रम अन्यत्रबाट चलाएका छौँ। किन त्याग्ने ?" कलेज प्रमुख एन्टोनीसामीको प्रश्न छ।

काठमाडौँकै मैतीदेवीमा अवस्थित युनिभर्सल कलेजले पनि बीबीएस, बीबीए, बीए र एमए -अंग्रेजी) त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन गरेको छ भने एमएस्सी -बायोकेमिस्ट्री) पोखरा विश्वविद्यालयको सम्बन्धनमा पढाइरहेको छ। कलेज प्रमुख शिवदत्त ज्ञवाली एउटा मात्रै विश्वविद्यालयको सम्बन्धन हुनुपर्ने प्रावधान व्यावहारकि नभएको बताउँछन्। भन्छन्, "एउटा मात्रै होइन, तीन-चारवटा विश्वविद्यालयको सम्बन्धन लिए पनि हुन्छ। तर, भौतिक पूर्वाधार, जनशक्ति र गुणस्तरमा सम्झौता गर्नुहुन्न।" त्यस्तै, डिल्लीबजारस्थित सगरमाथा मल्टिपल कलेजले बीए, बीबीए र बीबीएस त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रमबाट पढाउँछ भने एमए -सामाजिक अध्ययन) पूर्वाञ्चल विश्वविद्यालयको पाठ्यक्रमबाट।

उता, ललितपुरको हात्तीवनमा अवस्थित लिटिल एन्जल्स कलेजले पनि त्रिभुवन र काठमाडौँ दुवै विश्वविद्यालयका उच्च शिक्षासम्बन्धी कार्यक्रम चलाइरहेको छ। उसले बीबीए, बीबीआईएसका कार्यक्रम काठमाडौँ विश्वविद्यालयका लिएको छ भने स्वास्थ्य विज्ञानतर्फका बीएस्सी -नर्सिङ्, बीएन, बी फार्मेसी, बीएमएलटी -ल्याब टेक्निसियन) त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा चलाउन थालेको छ। लिटिल एन्जल्सले पनि प्लस टुकै समानान्तर क्याम्बि्रज विश्वविद्यालयको ए लेबल सञ्चालन गररिहेकै छ। कलेज प्रमुख कर्ण थापा कार्यक्रम नजुध्ने गरी सम्बन्धन लिएको दाबी गर्दै पूर्वाधारसम्पन्न कलेजहरूले जुनसुकै विश्वविद्यालयबाट सम्बन्धन लिन पाउनुपर्ने बताउँछन्। भन्छन्, "हामीले कुनै पनि कार्यक्रम एकअर्का विश्वविद्यालयसँग जुधाएका छैनौँ। विश्वविद्यालयले हुन्न पनि भनेको छैन।"

ए लेबल र प्लस टुको समानान्तर सम्बन्धन लिएका यस्ता कलेजको सूची थप लम्बिन्छ। काठमाडौँ विश्वविद्यालयका विश्वविद्यालयसभा सदस्य -सिनेटर) मोहनमान सैँजू भने शिक्षामा छाडा व्यापारीकरण हुन थालेपछि जथाभावी सम्बन्धन लिने परपिाटी देखिएको बताउँछन्। सम्बन्धन लिने र दिने दुवै पक्षको कमजोरी देख्छन् उनी। भन्छन्, "हामीकहाँ शिक्षा व्यापारजस्तो भयो। जसको पनि सम्बन्धन लियो, बजारमा बिकाउ कार्यक्रम चलायो, बस्।" सम्बन्धन भनेको विश्वविद्यालयको नीति-निर्देशिका अवलम्बन गर्ने कबुल हो तर धेरै विश्वविद्यालयको सम्बन्धन लिँदा कतिपय कुरा बाझिन सक्ने र त्यसले गुणस्तरमा असर गर्ने उनको भनाइ छ।

तर, सबै क्याम्पसहरूले भने यस्तो छुट पाएका छैनन्। कतिपय क्याम्पसलाई एकात्मक सम्बन्धनको सिद्धान्त र सर्तहरू देखाउँदै विश्वविद्यालयहरूले सम्बन्धन दिएका छैनन् भने कतिपय क्याम्पसले नयाँ विश्वविद्यालयको सम्बन्धन लिन अरू विश्वविद्यालयका सबै कार्यक्रम कटौती गर्नुपरेको छ। पूवर्ाञ्चल विश्वविद्यालयको सम्बन्धनमा स्नातक तहका विभिन्न कार्यक्रम चलाउँदै आएको इन्स्िटच्युट अफ म्यानेजमेन्ट स्टडिज -आईएमएस)ले त्रिभुवन विश्वविद्यालयका केही कार्यक्रम सञ्चालनको स्वीकृतिका लागि निकै प्रयास गर्‍यो। तर, पूर्वाञ्चलको सम्बन्धन नत्यागेसम्म उसले पाएन। एक कलेज सञ्चालकमा भनाइमा, "मन लागेको र प्रभावमा पार्न सक्नेलाई जस्तोसुकै छुट दिइन्छ। नियम र प्रक्रिया त हात्तीका देखाउने दाँत मात्रै हुन्।"

त्रिभुवन विश्वविद्यालयको सम्बन्धन महाशाखाका प्रमुख प्रह्लादराज पन्त भने एउटा क्याम्पसले एकभन्दा बढी विश्वविद्यालयबाट सम्बन्धन लिन नपाउने बताउँछन्। भन्छन्, "एकभन्दा बढी विश्वविद्यालयका कार्यक्रम कुनै पनि क्याम्पसले चलाउन पाउँदैनन्। यस्तो भेटियो भने हामी कारबाही गर्छौं।" वर्षौंदेखि दोहोरो-तेहरो सम्बन्धन लिएर चलिरहेका क्याम्पसबारे कुनै जानकारी छैन ? पन्त भन्छन्, "अहिलेसम्म त्यस्तो जानकारी पाएका छैनौँ। जानकारी पाउनासाथ कारबाही गर्छौं।" तर, विश्वविद्यालयकै अन्य अधिकारी र प्राध्यापकहरू भने जानकारी नै नभएको कुरा मान्न तयार छैनन्। नाम उल्लेख नगर्ने सर्तमा एक प्राध्यापक भन्छन्, "ठूल्ठूला होर्डिङ् बोर्ड र सञ्चार माध्यममा खुलेआम प्रचार गर्छन्। विश्वविद्यालयकै मान्छेहरू विभिन्न प्रकारले निजी कलेजहरूमा आबद्ध हुन्छन्। जानकारी नै छैन भनेर कसैले पत्याउँछ ?" कतिपय निजी कलेजका सञ्चालकहरू भने भनसुन र प्रभावका आधारमा विश्वविद्यालयहरूले सम्बन्धन र कार्यक्रमको स्वीकृति बाँड्ने गरिएकाले कारबाही हुन नसकेको बताउँछन्।

उच्च माध्यमिक शिक्षा -प्लस टु)को क्षेत्रमा पनि यस्तै विरोधाभासपूर्ण अभ्यास सुरु भएका छन्, जसलाई प्रमुख नियामक निकाय उच्च माध्यमिक शिक्षा परिषद्का अधिकारीहरूले समेत उचित मानेका छैनन्। धेरै उच्च मावि तथा कलेजहरूले समानान्तर रूपमा परिषद्को प्लस टु र क्याम्बि्रज विश्वविद्यालयको ए-लेबल कार्यक्रम सञ्चालन गररिहेका छन्।

प्लस टु शिक्षालाई विद्यालय शिक्षाकै अंग मानेर माध्यमिक विद्यालयभित्रै गाभ्ने राष्ट्रिय नीति आइसकेको छ। तर, परिषद्ले कतिपय क्याम्पस/कलेजहरूलाई पनि धमाधम प्लस टुको सम्बन्धन दिइरहेको छ। सेन्ट जेभियरले पनि विद्यालयका नाममा नभई कलेजका नाममा प्लस टुको सम्बन्धन पाएको छ। माइतीघरमा उसको कलेज छ तर त्यही प्लस टु पढाइन्छ। शून्य जोड दुईको अवधारणालाई खारेज गर्ने नीति लिए पनि परिषद्ले किन कलेजका नाममा सम्बन्धन दिइरहेको छ भन्ने प्रश्नको जवाफ पनि परिषद् पदाधिकारीसँग छैन।
अर्कोतिर, कतिपय निजी कलेजहरूले तमाम प्रयास गरे पनि प्लस टुको सम्बन्धन पाएका छैनन्। यसरी सम्बन्धन नपाउने कलेजका सञ्चालकहरूले यसलाई पक्षपातपूर्ण व्यवहार ठानेका छन्। उच्च माध्यमिक शिक्षा परिषद्का प्रवक्ता नारायणप्रसाद कोइराला भन्छन्, "राष्ट्रिय शिक्षा नीतिमै अस्पष्टताका कारण अहिले धेरै प्रश्न उठेका छन्। हामीलाई पनि नहुनुपर्ने कतिपय अभ्यास भइरहेको लागिरहेको छ। विद्यालय क्षेत्र सुधारका लागि बृहत् अभ्यास हुँदै जाँदा यी प्रश्नको समाधान होला !"

'गलत अभ्यास’
माधव शर्मा
पूर्वउपकुलपति, त्रिवि

कुनै पनि विश्वविद्यालयको आफ्नै संस्कृति हुन्छ। सम्बन्धन लिएका क्याम्पस र त्यहाँभित्रको जनशक्तिलाई समेत त्यही अनुसार अभिमुखीकरण गरिएको हुन्छ। विश्वविद्यालयका आ-आफ्ना नीति-नियम हुन्छन्, विशिष्ट विधि, प्रक्रिया र मापदण्ड हुन्छन्। ती विधि र प्रक्रियाको अधीनमा रहेर चल्न तयार छु भनेर कुनै क्याम्पस आयो भने विश्वविद्यालयले सम्बन्धन दिन्छ। कुनै पनि क्याम्पसले ती मापदण्ड, विधि र प्रक्रिया कुल्चन मिल्दैन। विश्वविद्यालयका आ-आफ्नै शैक्षिक पात्रो हुन्छन्। एउटै क्याम्पसले अनेकथरी विश्वविद्यालयका मापदण्ड, पात्रो र प्रक्रिया अपनाउन थाल्यो भने त्यसै पनि गञ्जागोलको परििस्थति हुनसक्छ। विद्यार्थी र प्राज्ञिक जनशक्तिमा पनि त्यसको नकारात्मक प्रभाव पर्न सक्छ।

अर्कोतर्फ, कुनै पनि क्याम्पसले उसले सम्बन्धन लिएको विश्वविद्यालयको परचियसमेत बोकेको हुन्छ। विश्वविद्यालयको ठूलो पुँजी नै क्याम्पसको परचिय र प्रतिष्ठा मानिन्छ। जब क्याम्पस नै कुन विश्वविद्यालयको हो भन्ने छुट्टँिदैन भने त्यतिखेर सम्बन्धनको औचित्यमाथि नै प्रश्न उठ्न सक्छ। क्याम्पसको जवाफदेही र वफादारी धेरैतिर हुँदा प्राज्ञिक वातावरणमा पनि फरक पर्छ। गुणस्तर नियन्त्रणमा पनि निकै अप्ठ्यारो पर्छ।

जहाँसम्म हामीकहाँ धेरै विश्वविद्यालयको सम्बन्धन लिने परपिाटीको कुरा छ, यसमा क्याम्पस सञ्चालकहरूको गलत प्रवृत्ति जिम्मेवार छ। विश्वविद्यालयलाई छल्नका लागि फरक भवन, फरक सिफ्ट वा अन्य तरिकाले प्रक्रिया मिलाएर धेरै ठाउँबाट सम्बन्धन लिएका हुन सक्छन्। कतिपयले एउटै व्यवस्थापन, एउटै जनशक्ति र पूर्वाधार भएर पनि फरक नामबाट सम्बन्धन लिएका हुन सक्छन्। यो गलत हो। यस्तो थाहा पाएपछि विश्वविद्यालयले त कारबाही गर्छ नै। तैपनि, विश्वविद्यालयले डन्डा बजार्दै हिँड्नुभन्दा पनि उच्च शिक्षा दिन्छु भन्ने सञ्चालकहरूले नै आफ्नो गरमिा र मर्यादा बुझेर स्वस्थ प्राज्ञिक अभ्यास गर्नुपर्छ।

No comments:

Post a Comment