Monday, August 29, 2011

सुडान घोटाला : अदालतमा भारती क्रेज !


म शम्भु भारती' भनेर परचिय दिँदा पनि विशेष अदालतका कर्मचारीले हत्पत्ति पत्याएनन्। 'करोडौँ घोटालाका अभियुक्त शम्भु भारती केटै होला र !' शम्भु भारती हाजिर हुन आएको खबर पाएर हेर्न झुम्मिएका कतिपय कर्मचारीले आश्चर्य व्यक्त गरे। कानेखुसी गरे। जिब्रो टोके।
हुन पनि भर्खर क्याम्पस पढेर निस्केजस्तो हुुलिया थियो उनको। ४० बर्षिय भारतीको उमेरसँग शारीरकि स्वरूप ठ्याक्कै मेल खाँदैनथ्यो। केही कानुन व्यवसायी, आफन्त र सहयोगीका साथ अदालत पुगेका भारतीले प्याजी रङको हाफ सर्ट, जिन्स प्यान्ट, चुच्चो परेको जुत्ता लगाएका थिए। छोटो कपाल, सर्टको गोजीमा टल्किने कलम र केही कागजपत्र भएको फाइल हातमा थियो। उनको अनुहार चहकिलो थियो, मानौँ उनी अदालतको कठघरामा बयान दिन होइन, ठूलो परयिोजनाको सम्झौतामा हस्ताक्षर गर्न जाँदै थिए। कर्मचारीले सोधेको हरेक प्रश्नको जवाफ दिनुअघि एकछिन मुस्कुराउँथे।

सुडान घोटालासम्बन्धी मुद्दाको अभियुक्तका रूपमा बयानका लागि १० साउनमा ठेकेदार भारती विशेष अदालत पुगेका थिए। अन्य अभियुक्तको बयान र थुनछेक बहसका कारणले त्यही दिन भारतीको बयान पूरा भएन र प्रहरी हिरासतमा पठाउने तयारी भयो। त्यत्तिमै अदालतका एक कर्मचारीले मुखै फोरेर भनिहाले, "शम्भु भारती, शम्भु भारती भन्छन्। कस्तो होला, केके न होला भनेको ...।" आफ्नो बयान लिने कर्मचारीले नै विस्मय प्रकट गरेपछि शम्भु फेर िमुस्कुराए। अर्का कर्मचारीले सोधे, "पढाइ कति हो ?" भारतीले भने, "बीएल पढेको।"
"हो, तपाईंको बोलीमा कानुनी पृष्ठभूमि त झल्किन्थ्यो। वकालत पनि गर्नुभयो ?"

"छैन। व्यापार-व्यवसायतिर लागियो, कहाँ वकालत गर्नू ?"

भारतीलाई हेर्नका लागि पुगेका अन्य फाँटका कर्मचारीले मुखामुख गरे।

No comments:

Post a Comment