Tuesday, September 13, 2011

सचिवलाई मन्त्रीको झटारो


जागिरे जीवनको अन्तिम अवधिमा विभागीय मन्त्रीलाई रभिmाउन नसक्दा संघीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालयका सचिव मोदराज डोटेलले जागिरबाटै हात धुनुपरेको धेरै भएको छैन। त्यो घटना सेलाउन नपाउँदै तिनै मन्त्रीलाई रभिmाउन नसकेपछि सोही मन्त्रालयका अर्का सचिव सिकार बनेका छन्। सचिव प्रमोदकुमार कार्कीलाई भूमिकाविहीन बनाउन मन्त्री खगेन्द्रप्रसाद प्रसाईंले अर्का सचिव दिनेशहर िअधिकारीलाई भित्र्याएका छन्। अधिकारीलाई भित्र्याउँदा मन्त्रिपरिषद्को नीतिगत निर्णयसमेत लत्याइएको छ।

राजनीतिक भागबन्डा मिलाउन एउटै मन्त्रालयमा तीनवटासम्म सचिवको दरबन्दी सिर्जना गरेर अलोकपि्रयता बटुलेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जाँदाजाँदै दुई सचिव भएका मन्त्रालयबाट एउटा खाली हुनेबित्तिकै दरबन्दी नै स्वत: खारेज हुने निर्णय गरेर 'फेस सेभिङ्' गरेका थिए। सोही निर्णयका आधारमा अर्थ र शिक्षा मन्त्रालयमा रहेका दुई सचिवको दरबन्दी खारेज गरी एउटा कायम गरयिो। स्थानीय विकास मन्त्रालयमा रहेका तीन सचिवबाट एउटामा झारयिो। तर, संस्कृति मन्त्रालयमा त्यो नीतिगत निर्णय लागू हुन सकेन।

कार्की कानुन समूहको सहसचिवबाट बढुवा भएका सचिव हुन्। कानुन पृष्ठभूमि हुनुलाई नै उनको अयोग्यताका रूपमा लिइएको छ। सामान्य प्रशासन मन्त्रालयका सचिव प्रतापकुमार पाठक भन्छन्, "संस्कृति मन्त्रालयमा कानुन समूहको सचिव भएर मात्रै नपुग्ने, प्रशासन समूहकै आवश्यक हुने अवस्थाका कारण अर्को सचिव पठाउनुपरेको हो।" तर, मन्त्रिपरिषद्का एक सचिव भन्छन्, "एउटा सचिव हुँदाहुँदै अर्को पठाउन मिल्दै मिल्दैन। कानुन नै कुल्चेपछि कसको के लाग्छ ?" सचिव अधिकारी यसअघि श्रम तथा यातायात व्यवस्था मन्त्रालयमा थिए। माधव नेपाल नेतृत्वको सरकारका विवादास्पद मन्त्री मोहम्मद आफ्ताव आलमलाई समेत रभिmाउन सफल सचिव अधिकारी पछिल्लोपल्ट 'लो प्रोफाइल'का निकायमा सरुवा हुने सुइँको पाएपछि संस्कृतिमन्त्री प्रसाईंलाई रभिmाउन पुगेका थिए। नभन्दै उनी संस्कृति मन्त्रालयका एक नम्बर सचिव छन् भने अर्का सचिव कार्कीलाई भूमिकाविहीन बनाइएको छ। कार्की तिनै 'अभागी' सचिव हुन्, जो यसअघि आकर्षक मन्त्रालयमध्ये पर्ने पर्यटन तथा नागरकि उड्डयनमा सरुवा भइसकेपछि मुख्यसचिव माधवप्रसाद घिमिरेले राजनीतिक दबाबसामु घुँडा टेेकेका कारण संस्कृतिमै थन्किएका थिए। सहसचिव छउन्जेल कार्की अर्थ मन्त्रालयका चल्तापुर्जा कर्मचारीमा गनिन्थे।

No comments:

Post a Comment