Monday, October 5, 2015

यी घटनाक्रमको अर्थ के होला ?



संविधान निर्माणसँगै सत्ता खेल सुरु भयो । यस क्रममा देखिएका केही घटनाक्रम, जसले आगामी राजनीतिक परिदृश्यका बारेमा अनुमान लगाउन सहयोग गर्छन् ।


१. संयुक्त राष्ट्रसंघको महासभामा उपप्रधान तथा स्थानीय विकास मन्त्री, नेपाली प्रतिनिधिमण्डलका प्रमुख प्रकाशमान सिंहद्वारा भूकम्पमा सहयोग गरेकामा भारतलाई धन्यवाद । नाकाबन्दीबारे मौन ।

२. संविधानको विधेयकमाथि मतदान प्रक्रिया सुरु हुनै लाग्दा नेपाली कांग्रेसका सभासद अमरेशकुमार सिंहपार्टी नीतिविपरीत टीकापुरमा जातीय–साम्प्रदायिक हिंसा भड्काउने प्रकृतिको सार्वजनिक अभिव्यक्ति । अन्यत्र पनि संविधानविरोधी आन्दोलनमा सहभागी । तर, सिंहविरुद्धको कारवाही स्थगन ।
 ३. राष्ट्रपति रामवरण यादवको निरन्तरताका लागि केही मधेसवादी दलका नेताहरूद्वारा लबिङ । यद्यपि, यो सूचना दुवै पक्षले प्रकट रुपमा व्यक्त गरेका छैनन् तर व्यक्ति–व्यक्ति हुादै चुहिएको छ ।



४. प्रधानमन्त्री सुशील कोइरालाद्वारा संसदमा सम्बोधन । राजीनामा गर्न आनाकानी । पूर्वप्रतिबद्धताअनुसार गर्न राष्ट्रपतिलाई आग्रह । 

५. असोज १५ बिहान बालुवाटारमा प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीबीच भनाभन । आ–आफ्नो हिसाबले चल्न दुवै नेतालाई दुवैको चेतावनी ।

६. केही दिनअघि राष्ट्रपति डा.  रामवरण यादवद्वारा केपी ओली र विद्या भण्डारीका लागि शीतलनिवासमा माछाभोज आयोजना । तर, ओली–राष्ट्रपतिबीच चर्को भनाभन र मुख छाडाछाड ।

 
७. नेपाली कांग्रेस र मधेसवादी दलहरूको समर्थनबिना केपी ओलीको पक्षमा बहुमतको अभाव । करिब २८ मत कम हुने ।

८. २० असोजमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयमा भारतीय नाकाबन्दी लेखिएन । सीमामा भएको अवरोध लेखेर निर्णय सार्वजनिक ।

No comments:

Post a Comment