Friday, November 20, 2015

भारतीय नाकाबन्दीको विरोधमा जर्मनीमा प्रर्दशन


बर्लिन, मंसिर ३

भारतले अघोषित रुपमा गरेको नाकाबन्दीको विरोधमा जर्मनीमा बस्ने नेपाली समुदायले विरोध जनाएका छन। अघोषित नाकावन्दीको विरोधमा नेपालीजनसमुदायले आज बर्लिनस्थित भारतीय राजदुतावास अघी प्रर्दशन गरेका हुन। 


गैह्र आवासीय नेपाली संघ जर्मनीको संयोजकत्वमा आयोजना गरिएको विरोधकार्यक्रममा, जर्मनीका विभिन्न शहरबाट सय भन्दा बढी नेपालीहरुले र केही जर्मन नागरिकले पनि सहभागीता जनाएका थिए । कार्यक्रममा गैह आवासीय नेपालीसंघ जर्मनी र अन्य उपस्थित सबै द्वारा हस्ताक्षरित  विरोध पत्र भारतीय दुताबासलाई हस्तान्तरण गरिएको थियो । 


पर्दशनकारीहरुले मोदी स्टप इलिगल बल्केज इननेपाल, नेइवर हेल्प नट हर्ट, मोदी इज अगेनिष्ट अफ ह्युमन राइट्स, डोइङ बल्केज इन नेपाल जस्ता नाका वन्दीको विरोधमा  लेखिएका प्लेकार्डहरु सहित प्रदर्शनगरेका थिए। प्रर्दशनकारीहरुले अघोषित नाकावन्दी तत्काल फिर्ता गरिनुपर्ने र  नेपाल र भारतबिच मित्रतापुर्ण सम्बन्ध कायम गरिनुपर्ने माग राख्दै नारावाजी गरेकाथिए ।

विरोध कार्यक्रममा गैह आवासीय नेपाली संघका प्रमुख संरक्षक जिवा लामिछाने, संरक्षक दिल बहादुर गुरुग, आइसिसीका उपाध्य कुमार पन्त, सल्लाहकार पुष्पथापा, नेपाली जनसम्पर्क समितीका सभापति विजय मोत्तान, विद्यार्थीका तर्फबाट विजय गिरी लगायतले विरोध मन्तव्य राखेका थिए। यस्तै विरोध सभामाऐक्यवद्धता जाहेर गर्दै जर्मनहरुको तर्फबाट डा०  मेल्मा मोरले आफ्नो भनाई राखेका थियीन  ।

विरोध सभाको सञ्चालन गैह आवासीय नेपाली संघका अध्यक्ष नवराज रोस्याराले गर्नुभएको थियो भने कार्यक्रमको अन्तमा  एनआरएन एलसिसी बर्लिनका संयोजकराजेश सुनारले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

No comments:

Post a Comment