Tuesday, February 14, 2012

यता न उताका कार्की



नेपाल सरकारका एक जना सचिवले एक महिनादेखि भूमिकाविहीन भएर बस्नुपरेको छ। उनको कार्यालयको ठेगान छैन। जिम्मेवारीको पनि अत्तोपत्तो छैन। कारण, उनी पुरानो कार्यालयबाट सरुवा भइसके। नयाँ कार्यालयमा जाने बाटो खुलिसकेको छैन। यता न उताको अवस्थामा रहेका ती सचिव हुन्, प्रमोदकुमार कार्की। उनले यसरी एक महिनासम्म भूमिकाविहीन बस्नुको कारण हो, मुख्यसचिव माधव घिमिरेको कार्यशैली।

न्याय सेवा आयोगको सिफारसिमा न्याय सेवाका कर्मचारीहरूको सरुवा, बढुवा, भर्ना तथा पदस्थापन सरकारले गर्ने संवैधानिक व्यवस्थालाई ख्यालै नगरी मुख्यसचिव घिमिरेले सचिव सरुवाको फाइल तयार गरेपछि कार्की यता न उताको हैसियतमा पुगेका हुन्। संघीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालयमा कार्यरत सचिव कार्कीलाई नेपाल कानुन आयोगमा सरुवा गर्ने निर्णय मन्त्रिपरष्िाद्ले गत १ मंसिरमा गर्‍यो। तर, न्यायसेवाको सहमति नलिईकनै उनको सरुवा गरयिो।

रोचक पक्ष के भने घिमिरे मुख्यसचिव भएदेखि नै यो समस्या बारम्बार देखिने गरेको छ। तिनै कार्कीलाई मन्त्रिपरष्िाद् कार्यालयबाट संस्कृति मन्त्रालयमा र संस्कृतिका तत्कालीन सचिव रहेका त्रिलोचन उप्रेतीलाई मन्त्रिपरष्िाद्मा सरुवा गर्दासमेत यस्तै समस्या देखिएको थियो। साउन ०६६ मा यस्तो समस्या आउँदा घिमिरे भर्खर मुख्यसचिव नियुक्त भएका थिए। उनी नयाँ भएकाले त्यस्तो समस्या भएको हुनसक्छ भनेर सम्झाउने पनि सचिव कार्की नै थिए। तर, अहिले प्रशासकहरूबीच तिनै कार्कीको अर्कोपटक सरुवा हुँदा त्यस्तै समस्या दोहोरनिुलाई मुख्यसचिवको अपरपिक्वताका रूपमा चर्चा हुने गरेको छ। प्रधानन्यायाधीश अध्यक्ष रहने न्यायसेवा आयोगको बैठक कहिले बस्छ भन्ने अझै ठेगान छैन। त्यसकारण अझै ती सचिवले कतिञ्जेल भूमिकाविहीन बस्नुपर्ने हो भन्ने पनि अनिश्चित छ।
http://www.ekantipur.com/nepal/article/?id=3105

No comments:

Post a Comment