Tuesday, February 14, 2012

सुशीलको केरकार

रामबहादुर रावल

४ मंसिरमा राज्य पुनःसंरचना आयोग गठनबारे एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त बैठक बस्यो । बैठकमा मधेसी मोर्चाको उपस्िथति थिएन । उपस्िथत तीन दलले आयोगको नेतृत्वमा आ-आफ्नै दाबी पेस गरे । त्यस क्रममा कांग्रेस नेताहरूबाट केदारभक्त माथेमा, रमेशकुमार ढुंगेल र विमल कोइरालाको नाम अघि सारयिो । ती नामबारे त्यतिखेर त खासै चर्काचर्की भएन । शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा सम्पन्न उक्त बैठक सकेर घर फर्किएका कांग्रेस नेताहरू आपसमै बाझ्न थाले । खासगरी पूर्वमुख्यसचिव विमल कोइरालाबारे कांग्रेसमा ठूलै रडाको चल्यो ।

सभापति सुशील कोइरालाले भोलिपल्ट बिहानै मनोनीत महामन्त्री कृष्ण सिटौलालाई महाराजगन्जस्िथत निवासमै बोलाएर केरकार गरे, "राज्य पुनःसंरचना विज्ञका रूपमा विमल कोइरालाको नाम कसरी आयो ?" सिटौलाले स्पष्ट जवाफ दिएनन् । "हाम्रै साथीहरूले प्रस्ताव गरेका हुन्," उनले यति मात्रै भने । त्यसपछि सभापति कोइरालाले सिटौलामार्फत उपसभापति रामचन्द्र पौडेललाई सोध्न लगाए । सुरुमा पौडेलको जवाफ पनि सिटौलाको भन्दा फरक थिएन । त्यसपछि सभापति कोइरालाको पारो चढ्यो । उनले झोक्किँदै भने, "बैठकमा जाने, जथाभावी मान्छेहरूको नाम प्रस्ताव गर्ने ? कोसँग सल्लाह गरेर विमलको नाम आयो ?" सिटौलासमेत एकछिन रातोपीरो भए । केहीबेरको केरकारपछि सभापति कोइरालाले पत्तो पाए, विमल कोइरालालाई राज्य पुनःसंरचना आयोगको अध्यक्ष बनाउन प्रस्ताव गर्ने रामशरण महत रहेछन् । महतले आफू अर्थमन्त्री हुँदा कोइरालाले अर्थसचिवका रूपमा राम्रै सहयोग गरेको, कांग्रेसको भावना पनि बुझेको व्यक्ति भएकाले सिफारसि गरेको प्रस्टीकरण दिए । तर, सभापति कोइरालाले राज्यको पुनःसंरचनाको नेतृत्व नै दिन मिल्ने व्यक्ति विमल कोइराला नभएको, उनीप्रति आममानिसको भावना पनि राम्रो नभएको र पार्टीभित्र प्रतिपक्षको भूमिका खेलिरहेका अर्का नेता शेरबहादुर देउवानिकट रहेको भन्दै महतप्रति असन्तुष्टि व्यक्त गरे । यति मात्रै होइन, उपसभापति पौडेल र महत पछिल्ला दिनमा देउवाको संस्थापनविरोधी खेलमा सामेल भएको, यही खेल अन्तर्गत आफ्नो सहमतिबेगर नै ८ मंसिरका लागि बोलाइएको व्यवस्थापिका-संसद्को बैठकमा प्रस्तुत हुने संविधानसभाको म्याद ६ महिना थप्ने सरकारी प्रस्तावको पक्षमा ह्वीप जारी गरेको भन्दै सभापति कोइराला सशंकित भएका छन् । यो उनको शंकालु बानीको उपज हो वा वास्तवमै उनी पार्टीभित्रको समीकरण बदलीबाट झस्केका हुन्, त्यो भने यसै भन्न सकिँदैन ।
http://www.ekantipur.com/nepal/article/?id=2994

No comments:

Post a Comment