Friday, March 22, 2013

पोल खुलेपछि इन्जिनियरहरू

१९ चैतमा शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक बस्यो। बैठकमा मन्त्रालयले देशभर सञ्चालन गरेका योजनाहरूको समीक्षा भयो। त्यसक्रममा अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा बनाइएको दुई करोड रुपियाँ लागतको सिटीहलबारे कुरा उठ्यो। कुरैकुरामा स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका महानिर्देशक भूपेन्द्रबहादुर बस्नेतले उक्त सिटीहलको गुणस्तर गएगुज्रेको रहेको, झ्यालढोकामा कुकाठ प्रयोग भएको, सिमेन्ट र छड पनि कम गुणस्तरको राखेको टिप्पणी गरे। 

मन्त्रालयकै सहसचिव साधुराम सापकोटाको स्थलगत अनुगमन प्रतिवेदन हेर्दा पनि नकारात्मक रपिोर्टिङ् पाइएपछि सबैका नजर सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक अशोकनाथ उप्रेती र सीडीई चतुरराज प्रसाईंतिर केन्दि्रत भए। कारण, सोही विभाग अन्तर्गतको डिभिजन कार्यालयले सिटीहल बनाउने जिम्मा पाएको थियो। तर, ती दुवै अधिकारी आफू मातहत भएका कामबारे प्रश्न उठ्दा तैँ चुप मै चुप भए। उनीहरू प्रतिक्रियाविहीन भएपछि बैठकमा सहभागी शान्तिमन्त्री सत्या पहाडी, सचिव धु्रवप्रसाद शर्मा, ६ वटै महाशाखा प्रमुख, योजना आयोग, अर्थ र सामान्य प्रशासन मन्त्रालयका वरष्िठ अधिकारीसमेत एकछिन त अकमक्क भए। 

यसैबीच, सचिव शर्माले पहिला सिटीहलको गुणस्तर जाँच गर्ने र मात्रै योजना हस्तान्तरण गरी उद्घाटन गराउन निर्देशन दिए। "त्यसपछि त उप्रेती र प्रसाईं दुवै नुन खाएको कुखुराजस्ता भए," बैठकमा सहभागी एक अधिकारी भन्छन्, "आफ्नो कामको गुणस्तर र प्रभावकारतिाबारे प्रश्न उठ्दा एक शब्द स्पष्टीकरण दिन नसक्ने सहसचिव र उपसचिवस्तरका कर्मचारी रहेछन्, हाम्रो प्रशासनयन्त्रमा !" स्रोतका अनुसार अर्घाखाँचीको एउटा योजनामा प्रश्न उठेकाले होइन, यसरी सञ्चालन भएका अधिकांश योजनाको पोल खुल्ने त्रास सहरी विभागका अधिकारीहरूमा रहेको छ। अहिले ६ सय १० वटा यस्ता योजना सञ्चालन भइरहेका छन् भने गत वर्षसम्म २ हजार ६ सय ६ वटा योजना सम्पन्न भइसकेको शान्ति मन्त्रालयको आँकडा छ। ती सबैको गुणस्तर जाँच हुने हो भने अधिकांश असफल हुने र त्यसको मुख्य दोष सहरी विभागका इन्जिनियरहरूमाथि जाने सम्भावना रहेको अनुगमनमा गएका अधिकारी बताउँछन्। अब यस्तो भाग शान्ति जय नेपाल धेरै दिन चल्नेवाला छैन।
http://www.ekantipur.com/nepal/article/?id=3612http://www.ekantipur.com/nepal/article/?id=3612

No comments:

Post a Comment