Friday, March 22, 2013

रामप्रसादलाई धर्मसंकट


वन तथा भूसंरक्षण मन्त्रालयका सहसचिव रामप्रसाद लम्साललाई अहिले धर्मसंकट आइलागेको छ। धर्मसंकट पनि कस्तो भने आफैँले सिर्जना गरेको विवादको सत्यतथ्य आफैँले खोज्नुपर्ने। उनले वैदेशिक समन्वय महाशाखा प्रमुखका रूपमा निर्वाह गरेको भूमिकामा प्रश्न उठेको छ तर त्यसबारे सत्यतथ्य खोज्ने जिम्मेवारी पनि उनले नै पाएका छन्। 

व्यवस्थापिका संसद्को अर्थ तथा श्रम सम्बन्ध समितिले वन मन्त्रालयको समन्वयमा सञ्चालित परयिोजनाबारे सत्यतथ्य खोजेर पेस गर्न निर्देशन दिएपछि लम्साललाई यस्तो अप्ठ्यारो आइलागेको हो। खासगरी बेलायत, स्वीट्जरल्यान्ड र फिनल्यान्डको संयुक्त सहायतामा सञ्चालन हुन लागेको बहुसरोकारवाला वन परयिोजना तिनै दातृ निकायले खडा गरेको रूपान्तरण नेपाल नामक संस्थालाई दिने निर्णय विवादास्पद भएपछि संसदीय समितिले छानबिन थालेको छ। त्यसका लागि सत्यतथ्य विवरण दिने जिम्मेवारी वन मन्त्रालयमाथि आइपरेको छ। मन्त्रालयमा पनि सहसचिव लम्सालकै थाप्लोमा यो जिम्मेवारी आइलागेको छ। तर, यी तिनै सहसचिव हुुन्, जो तिनै दाृत निकाय र कम्पनीको सहायतामा बेलाबेलामा विदेश सयरको अवसर पाउँछन्। परामर्शदाताका रूपमा काम पाउँछन् र भारी पारतिोषिक बुझ्छन्। हाल विवादास्पद भएको परयिोजनाको प्रस्ताव मूल्यांकनसमेत तिनै लम्सालले गरेका थिए।

स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्नुपर्ने, दाता र निजी क्षेत्रका गतिविधिसमेत तटस्थ भएर निगरानी गर्नुपर्ने सरकारी अधिकारी नै यसरी निश्चित संस्थासँग जोडिएपछि कसरी सरकारी काम-कारबाही विश्वसनीय होलान् ? अनि, कसरी संसदीय समितिले सत्यतथ्य विवरण पाउला ? यति मात्रै होइन, अहिलेसम्म खासै विवादमा नपरेका सचिव नवीन घिमिरेसमेत लम्सालले खनेको खाल्डोमा पर्छन् कि भन्ने डर मन्त्रालयका कर्मचारीहरूमा छ।
http://www.ekantipur.com/nepal/article/?id=3581http://www.ekantipur.com/nepal/article/?id=3581

No comments:

Post a Comment