Friday, March 22, 2013

प्रभावी पत्नीहरू



  • शक्ति र सत्तामा पुगेका नेता-पत्नीका व्यवहार-शैली

तत्कालीन नेकपा माओवादीले रामबहादुर थापालाई २०५३ सालमा कारबाही गरेपछि उनकी पत्नी नैनकला थापालाई पनि पूर्णकालीन कार्यकर्ता बनाउने निर्णय लियो। सरकारविरुद्ध पार्टी सशस्त्र विद्रोहमा रहेको र नेता-कार्यकर्ता भूमिगत रहेको त्यस समयमा पत्नीलाई पनि राजनीतिमा सक्रिय बनाउने माओवादीको उक्त निर्णय पुरुष र महिलाबीच समानताको सिद्धान्तले अभिप्रेरति थियो। 

यद्यपि, नेपाली राजनीतिमा समानताको यो नै पहिलो उदाहरण भने होइन। चुनौतीका समयमा राजनीतिक दलहरू महिलालाई राजनीतिमा लाग्न प्रेरति गर्थे, जसले राज्यव्यवस्थाविरुद्ध महिला सशक्तीकरणको अर्थ बुझाउँथ्यो। जस्तो : पञ्चायती व्यवस्थाविरुद्ध भूमिगत संघर्षमा रहेका नेपाली कांग्रेस र तत्कालीन नेकपा मालेले यस्तो सिद्धान्त अपनाएका थिए। "त्यस समयमा पत्नीलाई पनि राजनीतिमा उतार्नु आवश्यकताको सिद्धान्तबाट प्रेरति थियो," वाम विश्लेषक तथा नेकपा एमालेका केन्द्रीय सदस्य घनश्याम भुसाल भन्छन्, "तर, खुला राजनीतिमा आइसकेपछि नेता-पत्नी हुनुको सम्बन्ध इज्जत, प्रतिष्ठा र लाभमा परण्िात भयो।" यसमा स्वीकृति र विकृतिका दुवै पाटा छन्। भूमिगत राजनीतिमा सक्रिय कुनै जोडी खुला राजनीतिमा पनि उत्तिकै सक्रिय रहे भने कुनै जोडीका पति राजनीति र पत्नी घरव्यवहारमा सीमित भए। घरव्यवहारमा सक्रिय रहेकाहरूमध्ये पनि कसैले पक्का गृहिणीको भूमिका रोजेर पतिको राजनीतिलाई भरथेग पुर्‍याउँदै आएका छन् भने कोही पति लाभको पदमा रहेको फाइदा उठाउन तल्लीन छन्। "पतिको सिँढी चढेर पत्नीले राज्यको स्याउ टिप्ने प्रवृत्ति देखिनु समानताको सिद्धान्तको चरम विकृत रूप हो," भुसाल भन्छन्, "पतिको सिँढी चढी आफ्नै ढंगको व्यक्तित्व निर्माणको पक्षमा नलागेका केही नेता-पत्नीले राजनीतिको विकृत रूपको प्रतिनिधित्व गर्छन्।" 

यसको सुरुवात कहाँबाट भयो त ? भुसालको भनाइमा यसको जड राजा या राजकुमारसँग विवाहपश्चात् रानी बन्ने र राज्यको मर्यादाक्रममा सीधै दोस्रो स्थान जमाउने परम्परा नै हो। जनतासँग प्रत्यक्ष सम्बन्धित रहेर राजनीति गर्ने नेता र उनका परविारमा पनि सोही राजसी सोच देखिनु नै नेता-पत्नीहरू आफ्ना पतिमाथि हाबी हुनुको मूल कारण हो। खुला राजनीतिमा आइसकेपछि विवाह बन्धनमा बाँधिएका नेता पत्नीले पनि आफ्ना केही अग्रजको सिको गरेको बुझ्न कठिन छैन। यस्तै सिको आफूलाई सिद्धान्ततः माक्र्सवादी र क्रान्तिकारी कित्तामा उभ्याएका नेता र उनका परविारले पनि गर्दै आएका छन्। 

हुन त, यस्तो प्रवृत्ति नेपालका सन्दर्भमा राजनीतिक दलका नेता र तिनका परविारमा मात्र सीमित छैन। निरंकुश पञ्चायती व्यवस्थाका समयमा राजनीतिमा रहेका केही नेता र तिनका पत्नी पनि आफ्ना पतिमाथि यसै गरी हाबी हुने गरेका थिए। जस्तो ः पूर्वप्रधानमन्त्री तुलसी गिरीकी पत्नी सराह योञ्जनमाथि पनि यस्तै आरोप लाग्ने गरेको थियो। तत्कालीन राजा वीरेन्द्रमाथि रानी ऐश्वर्य हाबी हुने गरेको आरोप यहाँनेर स्मरणीय हुनसक्छ। रहस्य नसुल्भिmएको दरबार हत्याकाण्डको मूल कारण रानी ऐश्वर्यको यस्तै जबरजस्तीको उपज रहेको बुझाइ नेपाली समाजमा कमजोर छैन। त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रका प्राध्यापक चैतन्य मिश्र भने यसमा फरक विचार राख्छन्। "पत्नीको पेसा बेग्लै होस् र उनीहरूले पतिको राजनीतिक काममा हस्तक्षेपकारी भूमिका निर्वाह नगरून् भन्नेचाहिँ एउटा पक्ष हुनसक्छ," प्रा मिश्र भन्छन्, "यद्यपि, पतिको राजनीतिमा पत्नीको प्रभाव या भूमिका संसारभर िनै छ, सकारात्मक पक्षमा मात्र यस्तो भूमिका रहनुपर्छ भन्ने मान्यता राख्नु राम्रो हुन्छ।" 

नेताहरूले कस्तो आर्थिक हैसियत भएको परविारसँग वैवाहिक नाता जोडे, एकल या बहु कस्तो विवाह गरे भन्ने कुराले पनि पत्नी हाबी हुने या नहुने भन्ने कुरा निर्धारण गर्ने तर्क समाजशास्त्रकै सहप्राध्यापक मृगेन्द्रबहादुर कार्कीको छ। भन्छन्, "पतिमाथि प्रभावी देखिएका अधिकांश पत्नीहरूको माइतीपक्षको आर्थिक हैसियत ठूलो देखिन्छ भने केहीमा पारविारकि पृष्ठभूमिका कारण कमजोर संस्कार देखिन्छ।"

नेपाली कांग्रेसकै उदाहरण लिउ“m। ०४६ को परविर्तनअघि कांग्रेस नेताका पत्नीहरू पतिका सहयोगी थिए। कांग्रेसको प्रवृत्ति नै हो, परविार र पार्टी नेता-कार्यकर्ताबीच सुमधुर सम्बन्ध। यस्तै, पारविारकि सम्बन्धमा अहिलेसम्म पनि कांग्रेसजन गाँसिएका छन्। पतिका सहयोगीका रूपमा रहेका नेता-पत्नीहरू पनि कांग्रेस नेता र कार्यकर्ताका आमा, काकी, दिदी, भाउजू, बहिनीलगायतका नातामा गाँसिएका थिए/छन्। पतिका सहयोगीका रूपमा मात्र रहेका नेता-पत्नीहरूको पुरानो शैली ०४६ को परविर्तनपछि बनेको अन्तरमि सरकारको पालामा नै तोडिएको हो। अन्तरमिकालमा आपूर्ति तथा निर्माण र सामान्य प्रशासनमन्त्री बनेका मार्सलजुलुम शाक्यकी श्रीमती सरनिा पाण्डेको दबदबा एकाएक बाहिर आयो। पतिलाई दबाबमा राखेर उनले मन्त्रालय सञ्चालन गरेको प्रत्यक्ष हस्तक्षेपको विन्दुबाटै कांग्रेसमा मार्सलजुलुमको गौरवशाली राजनीतिक इतिहासले पतनको बाटो लिएको बुझाइ कांग्रेसवृत्तमा छ। 

मन्त्री बनेका पतिहरूसँग काम लिन तिनका पत्नीहरूलाई प्रभावमा राख्ने प्रचलनले ०४८ सालपछि अझ बलियो रूपमा स्थापित हुने मौका पायो। तर, नेताका पढेलेखेका र जुझारु पत्नीहरूको व्यक्तित्व यसै पनि प्रभावशाली हुने नै भयो। समाजशास्त्री प्रा मिश्र भन्छन्, "अहिलेको समाजमा राजनीतिमा होमिएका नेताका पत्नी घर सम्हाल्नमै सीमित रहनुपर्छ भन्ने कुरा स्वीकार्य हुन सक्दैन।" 

पतिलाई प्रभाव पार्न सक्ने त्यस्ता केही प्रतिनिधि नेता-पत्नीहरू, जो समकालीन राजनीतिमा चर्चामा छन् :


हिसिला यमी 
 श्रीमती, बाबुराम भट्टराई 
"राजनीतितिर नलागेको भए म सामाजिक कार्यकर्ता हुन्थँे होला वा कुनै गैरसरकारी संस्थाको प्रमुख भएर बसिरहेकी हुन्थेँ कि !" पाँच वर्षअघि नेपाल प्रतिनिधिसँगको भेटमा एकीकृत नेकपा माओवादीकी नेतृ हिसिला यमीले यसै भनेकी थिइन्। हालका प्रधानमन्त्री बाबुराम भट्टराईसँग वैवाहिक बन्धनमा बाँधिएपछि यमीको स्वतन्त्र अभीष्टले राजनीतिक रंग पायो। उनी यतिबेला पार्टीको पोलिटब्युरो सदस्य र नेवाः राज्य समितिकी सह-इन्चार्ज छन्। त्यति मात्र होइन, पर्यटन तथा नागरकि उड्ययन, भौतिक योजना तथा निर्माण र भूमिसुधार तथा व्यवस्थाजस्ता मन्त्रालयको अनुभव पनि बटुलिसकेकी छन् उनले। जानकारका अनुसार उनको परख यत्तिमा मात्र सीमित छैन। प्रधानमन्त्री रहेका आफ्ना श्रीमान् बाबुराम भट्टराईलाई समेत प्रभावमा पार्न सक्छिन्, उनी। 

माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वको प्रारम्भमै पूर्णकालीन रूपमा लाग्ने महिलामध्ये हिसिला सम्भवतः सबैभन्दा सुविधासम्पन्न र शिक्षित परविारमा जन्मेहुर्केकी प्रतिनिधि हुन्। बेलायतबाट वास्तुशास्त्रमा स्नातकोत्तर गरेकी हिसिला सशस्त्र द्वन्द्वमा सहभागी हुनु केही समयअघिसम्म पुल्चोक इन्जिनियरङि् कलेजमा प्राध्यापन गररिहेकी थिइन्। सादा र सधैँ एकै खालको जीवनशैली हिसिलाको सबैले 'मार्क' गरेको पाटो हो। उनी आवश्यकता अनुसार दिनरात काममा खट्न सक्छिन्। तर, माओवादी शक्ति र सत्तामा पुगेपछि भने उनको सोच र शैलीमा बदलाव आएको ठान्छन्, उनी निकटहरू नै।

नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा पढ्दा होस् वा पुल्चोक कलेजमा पढाउँदा वा सशस्त्र द्वन्द्वमा सहभागी हुँदा वा त्यसपछि मन्त्री बन्दा नै, उनको जीवनशैली सधैँ सामान्य छ। तडक-भडकपूर्णभन्दा सामान्य पहिरन र प्रस्तुति नै मन पराउने उनी के बाहिर देखिएजस्तै छिन् त ? 

कतिपय हिसिलानिकटहरू भने उनमा पहिल्यैदेखि आफ्ना पति बाबुरामलाई दबाबमा राख्ने बानी रहेको दाबी गर्छन्। जस्तो ः १८ माघ ०६१ मा रोल्पाको फुन्टिबाङ बैठकले बाबुरामलाई साधारण सदस्य मात्र रहने गरी कारबाही गर्दा, 'हिसिलाले पार्टी नीतिविपरीत कार्य गर्न, लेख्न, बोल्नलगायतका गतिविधिमा बाबुरामलाई उचालेको' भन्ने आरोप थियो। 

भूमिगतकालकी ती हिसिलाले माओवादी शक्ति र सत्तामा आएपछि कस्तो व्यवहार गररिहेकी होलिन्, अनुमान मात्र काफी हुन सक्छ। बाबुराम प्रधानमन्त्री भएयता हिसिलाको राजनीतिक सक्रियता र अभिव्यक्तिको शृंखला घटेको छ। तर, प्रधानमन्त्रीको दैनिक कामकाजमा भने उनको प्रभाव बढेको अनुभवीहरूको भनाइ छ। जस्तो ः बाबुराम समूहका एक केन्द्रीय सदस्यको भनाइ पत्याउने हो भने 'बाबुराम इमानदार छन्, उनलाई फसाउन पनि सक्छन्' भन्दै हिसिलाले प्रधानमन्त्रीकहाँ पुग्ने फाइलहरूमा निगरानी राख्दै आएकी छन्। हिसिलाकै सल्लाह मानेर प्रधानमन्त्री भएको सात महिनासम्म बाबुरामले आफ्ना परराष्ट्र सल्लाहकार नियुक्त गरेका छैनन्। त्यसो त हिसिलाले महान्यायाधिवक्ता नियुक्त गर्दा पनि बाबुरामलाई प्रभावमा पारेकी थिइन्। खासमा, प्रधानमन्त्री बाबुराम मुक्ति प्रधानलाई महान्यायाधिवक्ता बनाउन इच्छुक थिएनन्। तर, हिसिलाकै सल्लाहमा प्रधानलाई महान्यायाधिवक्ता बनाइएको स्रोत दाबी गर्छ। 

बाबुरामको धेरैजसो दैनिक भेटघाट र अन्य कार्यतालिका हिसिलाले नै मिलाउँछिन्। सानो टिममा रमाउने र आलोचना सहन नसक्ने उनको स्वभाव छ। उनीमाथि पछिल्ला दिनमा केन्द्रीय सदस्य कुमार पौडेल, सविना अर्याल, क्षेत्रीय ब्युरो सदस्य भूमिनन्द देवकोटा, जानुका पौडेल, फणिन्द्र देवकोटालगायतको समूहसँग सुझाव लिने र त्यही अनुसार बाबुरामलाई चलाउन खोजेको आरोप लागेको छ। 

हिसिलाको प्रभावको अर्को उदाहरण काठमाडौँको बालाजुमा रहेको माक्र्सवादी अध्ययन केन्द्र प्रकरण हो। एमाले अध्यक्ष झलनाथ खनालको सरकारमा माओवादी सभासद् देवी खड्का भौतिक योजना तथा निर्माण राज्यमन्त्री थिइन्, जो बाबुराम पक्षधर हुन्। त्यस संस्थालाई केही सहयोग गर्ने सर्तमा एक व्यवसायीको काम मन्त्रालयबाट भयो, जसका लागि हिसिलाले पनि सिफारसि गरेकी थिइन्। ती व्यवसायीले संस्थालाई पाँच लाख रुपियाँ सहयोग गरेपछि त्यो रकमलाई लिएर संस्थाकी अध्यक्ष कल्पना धमला, कोषाध्यक्ष वासु न्यौपाने र हिसिलाबीच मतभेद भयो। परण्िााम, बालाजुमा रहेको संस्थाको कार्यालयमा ताल्चासम्म लाग्यो, जसलाई पछि धमला समर्थकहरूले फुटाएका थिए। त्यसपछि मात्र केन्द्रको बैठक बस्न सक्यो। 

एक माओवादी नेताका अनुभवमा हिसिलाको स्वभाव 'डोमिनेट' गर्ने खालको नै हो। बाबुराम आफूमातहत रहेर चल्नुपर्छ भन्ने उनको बुझाइ छ। फुन्टिबाङको कारबाही प्रकरणमा उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'कै सामु 'म बेलायतबाट एमई गरेकी, मन्त्रीकी छोरी हुँ, चानचुने सोच्ने प्रयत्न नगर्नुहोला' भनेकी थिइन्। हुन पनि ००४ सालमै उनकी आमासमेत राजनीति र महिला आन्दोलनमा लागेबापत जेल परेकी थिइन् भने बाबु धर्मरत्न यमी ००८ सालमा मन्त्री भएका थिए। ०१६ सालमा काठमाडौँको भुरुङखेलमा जन्मिएकी हिसिला बाल्यकालमा निकै पुल्पुलिएर हुर्किएकी हुन्। 

माओवादीका पूर्वपोलिटब्युरो सदस्य मणि थापाका ठम्याइमा, "हिसिला राजनीतिज्ञ होइनन्। उनी विशुद्ध प्राविधिक व्यक्ति हुन्। माक्र्सवादीभन्दा बढी उनी नारीवादी हुन्। र, त्यही भएकैले पुरुषमाथि हैकम जमाउनुपर्छ भन्ने सोच उनमा हाबी छ।"  यही विशेषताले गर्दा नै उनले बाबुरामलाई दबाब र प्रभावमा राख्ने गरेकी छन्। त्यही भएर होला, बालुवाटारमा पनि बाबुरामलाई भन्दा हिसिलालाई भेट्नेको लर्को बढी हुन्छ। 

दुई वर्षअघि काठमाडौँमा नेवाः मुक्ति मोर्चामा आबद्ध बुद्धिजीवीहरूले बाबुरामलाई प्रमुख अतिथि बनाएर एउटा अन्तरक्रिया गर्न खोजेका थिए। उनीहरू बाबुराम विचार समूहनिकट नै थिए। तर, हिसिलाले नेवारहरूको अन्तरक्रियामा बाहुनलाई प्रमुख अतिथि बनाएर किन ल्याउने भनेर हस्तक्षेप गरनि्। बाबुराम स्वयंलाई पनि नजान सुझाइन्। आयोजकहरूले भने बाबुराम नआउने हो भने कार्यक्रम नै नगर्ने भनेपछि पहिला हिसिला जाने र अन्तिममा बाबुराम जाने गरी कार्यक्रम गरयिो। 

जे भए पनि पढेलेखेकी र समाज राम्ररी बुझेकी उनले राजनीतिका धेरै उकालीओराली छिचोलिसकेकी छन्। बाबुरामनिकटको पत्रिका जनादेशका सम्पादक मनऋषि धिताल भन्छन्, "हिसिलाका बारे बाहिर जे सुनिन्छन्, त्यस्ता कुरामा सत्यता छैन। किनभने, मैले कहिल्यै हिसिलाले बाबुरामलाई कुनै पनि कामका लागि दबाब दिएको देखेको छैन। बरू हिसिलाकै दिदीहरूले समेत बाबुरामलाई भेट्न समय मिलाइदिनुपर्‍यो भनेर हामीलाई भन्ने गरेका छन्।" उनका अनुसार प्रधानमन्त्रीलाई खुइल्याउनुपर्दा हिसिलाको आलोचना हुँदै आएको देख्छन् पार्टीभित्र। 

जसले जे भने पनि राजनीति र परविर्तनको फेरोमा हिसिलाको महत्त्वपूर्ण योगदान छ। तर, माओवादी शक्ति र सत्तामा आएपछि निरन्तर विवादमा आइरहेकी उनलाई यस्ता कुराले फाइदा भने गर्दैनन्। आफ्नाबारे हिसिला भने बोल्न चाहिनन्। नेपालसँगको संक्षिप्त कुराकानीमा उनले यति मात्र भनिन्, "मलाई प्रभावशाली महिला हुने रहर छैन र होइन पनि। त्यसमा पनि बाबुरामजी प्रधानमन्त्रीको कुर्सीमा छउन्जेल म सञ्चारमाध्यमसँग बोल्दिनँ।" 


आरजु देउवा 
 श्रीमती, शेरबहादुर देउवा
जुलिया चाङ् ब्लक नेपालका लागि अमेरकिी राजदूत नभएको भए नेपाली कांग्रेसका हस्ती शेरबहादुर देउवा र गैरसरकारी संस्थामा सक्रिय आरजु राणाबीच विवाह हुन्थ्यो वा हुन्नथ्यो, यसै भन्न सकिन्न। यसै पनि संभ्रान्त राणा परविारकी आरजुको कांग्रेस राजनीतिसँग कुनै साइनो थिएन। ब्लक नै हुन्, जसले उनीहरूका लागि 'लमी'को काम गरनि्। आरजुसँगको विवाहपछि नै देउवा अमेरकिी लाइनको राजनीतिसँग नजिकिए, त्यसअघि कांग्रेसमा अमेरकिी लाइनको बलियो उपस्थिति थिएन। त्यसैले स्पष्ट छ, बेहुलीका रूपमा आरजु एउटा बलियो राजनीतिक लाइन लिएर देउवाको गृहप्रवेश गरनि्। 

गैरसरकारी संस्थामार्फत विकास र सामाजिक क्षेत्रमा क्रियाशील छिन् यतिबेला आरजु। उनी कांग्रेसका तर्फबाट सभासद् हुन् भने पार्टी महाधिवेशन प्रतिनिधिसमेत हुन्। अन्तर्राष्ट्रिय दातासँगको बलियो सम्बन्ध यिनको सबल पक्ष हो। सामाजिक र विकासका क्षेत्रमा आरजुले गैरसरकारी क्षेत्रमा गररिहेको कामबाट देउवाका लागि उनको गृहजिल्ला र देशभर मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत बलियो प्रभाव बनाइदिएकी छन्। पतिको राजनीति बलियो बनाउने कुरामा नै आफ्ना कामलाई मुख्य रूपमा केन्दि्रत गरेको उनी बताउँछिन्। भन्छिन्, "मेरो सामाजिक र विकासका क्षेत्रमा रहेको संलग्नताले उहाँको राजनीतिलाई पनि साथ दिएको छ।"

आरजुको अंग्रेजी भाषामा रहेको पकडले पनि देउवालाई उनीमाथि थप निर्भर गराएकोे छ। आरजु निकटस्थ एक महिला नेतृका अनुसार कुनै विदेशीसँग 'डिल' गर्नुपर्‍यो भने शेरबहादुरले आरजुलाई बोलाउँछन्। विदेशीहरूको कार्यक्रममा कार्यपत्र या मन्तव्यका लागि पनि उनी पत्नीकै सहयोग लिन्छन्। कांग्रसका एक केन्द्रीय सदस्य भन्छन्, "त्यही ज्ञान नै आरजुले शेरबहादुरलाई प्रभावमा पार्ने एउटा मुख्य कारण हो।" जस्तो ः आरजुलाई शेरबहादुरको भन्दा बढी इन्टरनेट सञ्जालको ज्ञान छ र त्यसको व्यवस्थापन पनि उनले नै गरििदएकी छन्। 

आरजुमाथि सरुवा, बढुवा, राजनीतिक नियुक्ति आदिमा शेरबहादुरलाई प्रभावमा पार्ने गरेको आरोप छ, त्यो पनि कांग्रेसभित्रैबाट। यस्ता विषयमा उनको रुचि रहेको उनी निकटस्थहरू नै बताउँछन्। यद्यपि, उनको यस्तो रूचि प्रत्यक्ष देखिँदैन। आफूकहाँ आउने सिफारसिहरू सल्लाहका रूपमा मात्र पतिसँग राख्ने गरेको उनी बताउँछिन्। 

आरजुलाई चिनेजानेकाका शब्दमा भन्ने हो भने, उनी अत्यन्तै बाठी छन्। बाठी यस अर्थमा कि, उनी कतिपय आफ्ना रुचिका विषय अरूलाई पत्तै नदिई पतिद्वारा काम गराउन सक्छिन्। तर, विवाद हुने देखियो भने त्यो रुचि र अभीष्टबाट पछि हटिहाल्छिन्। जस्तो ः मीनेन्द्र रजिाल संस्कृतिमन्त्री हुँदा उनले लुम्बिनी विकास कोषमा गरेको कोषाध्यक्षको प्रस्ताव आरजुले अर्कै मान्छे अगाडि सारेपछि विवादमा पर्‍यो। तर, विवाद हुन नदिन तेस्रो व्यक्तिको विकल्प खोजियो। यसमा आरजुको बठ्याइँले काम गरेको स्रोतको दाबी छ। 

जलविद्युत् आयोजनाका लाइन्सेन्स वितरण, ठूला सम्झौता, सरुवा- बढुवालगायतमा आरजुको संलग्नताको आरोप लाग्दै आएको छ। यस्ता विवादका बाबजुद परविारलाई सम्हाल्ने पाटोमा आरजुको योगदान उल्लेख्य छ। उदाहरणका लागि, विवाहअघिको लथालिंग देउवाको जीवनलाई उनैले व्यवस्थित गरििदइन्। 

खासमा कार्यकर्ताले शेरबहादुरलाई भेटेपछि आरजुलाई पनि भेट्छन्। उनी शेरबहादुर प्रधानमन्त्री भएको समयमा व्यापक चलखेल गर्थिन् भन्नेहरू पनि नभएका होइनन्। यद्यपि, उनको यस्तो चलखेल सभ्य हुने गर्छ, असभ्य व्यवहार प्रदर्शन गरेर देउवालाई लज्जित बनाउँदिनन्। भित्री निर्णयमा आफ्नो भूमिकालाई आरजुले आफ्नो व्यक्तित्वबाट छोप्न सकेकी छन्। आरजु निकटस्थ एक कांग्रेस केन्द्रीय सदस्य भन्छन्, "सत्ता राजनीतिमा असल र खराब जे देखिए पनि आरजुबिना शेरबहादुर अपूर्ण नै छन्।"

'म डोमिनेटिङ् नेचरकी महिला हुँ' - आरजु देउवाआफ्ना पति शेरबहादुर देउवालाई तपाईंले कत्तिको प्रभावमा राख्नुभएको छ ? छैन। उहाँ मलाई बाल टेर्नुहुन्न। धेरै मान्छेले शेरबहादुरजीले मैले भनेको मान्नुहुन्छ भन्ने ठान्छन्। तर, उहाँको इतिहास हेर्ने हो भने कसैलाई नटेरेरै हो, यहाँसम्म आइपुग्नुभएको। युवाहरूबीच उहाँ एकदमै लोकपि्रय हुनुभएको पनि त्यही भएर हो। विवाह गर्दा नै उहाँ ५० वर्षको हाराहारी पुगिसक्नु भएको थियो। ५० वर्ष काटिसकेको मान्छेलाई मैले कति परविर्तन गर्न सक्छु होला ! म पनि मनोवेत्ता हुँ। विवाह गर्दाखेरी नै मलाई लागेको थियो कि उहाँको 'नेचर' परविर्तन गर्न सक्दिनँ। 

विवाहअघि उहाँ कार्यकर्तासँगै रमाउनुहुन्थ्यो, पछि त्यो अवस्था रहेन । यसमा तपाईंको भूमिका छैन र ?श्रीमती घरमा हुनु र नहुनुमा भिन्नताचाहिँ हुन्छ। फेर िम सानो परविारबाट आएको र आफ्नो गोपनीयतामा अभ्यस्त भएको मान्छे। जस्तो ः उहाँ मन्त्री हुँदा र मसँग विवाह हुनुअघि उहाँकै भतिजाले भन्थ्यो, "ठूलो मुमा, हाम्रो घर त शेर-ए-लज।" मान्छे आयो, त्यहीँ खायो, उहाँकै बेडमा सुत्यो। विवाह गरेपछि त्यसो गर्न मिलेन। मेरो बेडमा कोही पनि बस्न नहुने सोचको मान्छे हुँ म। त्यही भएर मलाई बेडरुमसम्म नै मान्छेको पहुँच स्वीकार्य छैन। उहाँले पनि त्यसलाई बुझ्नुभएको छ। 

तर, आमकार्यकर्ताको शेरबहादुर देउवा त रहनुभएन नि विवाहपछि ? होइन, अहिले पनि हाम्रोजति खुला घर कसको छ ? बिहान त हाम्रो घर रेलवे प्लेटफार्मजस्तै हुन्छ, मान्छे नै मान्छे। त्यो अहिले पनि छ। उहाँको उमेर पनि भयो। उहाँले पनि स्वास्थ्यको ख्याल गर्नुपर्छ, त्यसमा चाहिँ मेरो दबाब पक्कै हुन्छ। पत्नीको भूमिका भनेको पतिलाई हेर्ने पनि हो। स्वास्थ्यको हिसाबले जुनजुन कुरा गर्नुहुँदैन, त्यसमा पक्कै पनि मैले उहाँलाई परहेज गराउँछु। 

कार्यकर्ता र कर्मचारीहरू भनसुन गर्न तपाईंकहाँ आउँछन् कि उहाँकहाँ ? पक्कै उहाँकहाँ नै आउँछन्। उहाँलाई भनेपछि मलाई पनि भन्छन्। तर, उहाँले मलाई पहिले नै भन्नुभएको छ कि 'मचाहिँ प्रधानमन्त्री, तिमी प्रधानमन्त्रीपत्नी मात्रै' भनेर। विवाह गरेको एक वर्ष काटेलगत्तै उहाँ प्रधानमन्त्री भइसक्नुभएको थियो। त्योचाहिँ मेरो पनि 'लर्निङ्' हो। किनभने, म पनि एउटा व्यावसायिक महिला हुँ। म विकासको विज्ञ हुँदा, उहाँ त्यो हुनुहुन्न। उहाँ राजनीतिकर्मी र प्रधानमन्त्री हुँदा, म पनि त्यो हुन्न। 

बाहिर त त्यस्तो ठानिँदैन, किन होला ?मान्छेले मेरो नेचर हेरेर त्यसो भनेका हुन्। किनभने, मेरो महिलाको भन्दा पनि पुरुषको नेचर छ। म 'बोल्ड' छु, कोहीसँग डराउँदिनँ, आफ्नो कुरा निर्धक्क राख्छु। बाहिर त यस्तो छे, घरमा पनि यसैले 'डोमिनेट' गर्छे होला भन्ने ठम्याइले काम गरेको हो, त्यसमा। यो पितृसत्तात्मक नेपाली समाजको सोचको उपज हो। जो महिला धेरै बोल्छे, त्यो 'डोमिनेटिङ्' हो भन्ने छ। हुन त म पनि 'डोमिनेटिङ् नेचर'की महिला हुँ। 
मेरो उमेरको मान्छेले मसँग विवाह गरेको भए टिक्ने थिएन। मभन्दा उहाँ धेरै परपिक्व भएको भएर पनि राम्रो समझदारी भएको हो। म विवाह गर्दा ३२ वर्षकी थिएँ। मैले विवाह गर्नासाथ शक्तिशाली बनेँ भन्ने सोचिनँ। किनभने, मैले शक्ति होइन, पति चाहिएकाले बिहे गरेकी थिएँ। मेरो आफ्नै 'करअिर' थियो। राजनीति गर्छु भनेर मैले उहाँसँग विवाह गरेको होइन। बाहिरबाट मान्छेले हेर्दा यसको नेचर यस्तो छ, त्यही नै होला भन्ने ठान्छन्, जुन सत्य होइन। राजनीति गर्नका लागि विवाह गरेको भए म के के भइसक्थेँ होला। उहाँको राजनीतिमा म पनि संलग्न छु किनभने मसँग कुनै छनोट छैन। उहाँको पत्नी भएकीले मान्छे आयो भने हेरििदनुपर्ने, सुनिदिनुपर्ने हुन्छ। भाउजू, दिदी भनेर आउँछन्। मन नलागे पनि मैले काम गरििदनुपर्छ। नत्र त 'कस्तो बढेकी रहिछ, हाम्रो कुरै सुन्दिन' भनेर रसिाउँछन्। कुरा सुन्छु भन्दैमा त्यसको प्रत्यक्ष केही न केही भइहाल्छ भन्ने छैन। तर, नेपाली समाजले मजस्ती महिलालाई पचाउन गाह्रो मान्छ भन्ने कुरा मलाई थाहा छ। 

कस्ता-कस्ता काम आउँछन् ? जागिर खोज्न आउने, सरुवाबढुवा, राजनीतिक नियुक्तिलगायतका सबै खालका भनसुन गर्न आउँछन्। अहिले हाम्रो पार्टीमा भ्रातृसंगठनहरू गठन भइरहेका छन्। त्यसका लागि पनि भन्न आउँछन्, जहाँ मेरो कुरा लागू नै हुँदैन। 'मेरी पत्नीको कुनै पनि राजनीतिक संलग्नता छैन' भनेर एउटा विज्ञप्ति छापिदिनोस् भनेर मैले उहाँलाई भनिसकेँ। 

कहिलेकाहीँ तपाईंले सिफारिस गर्नुभएको गलत मान्छे परेको उदाहरण छैन ?म सिफारसि गर्दिनँ र सुन्दिनँ पनि। आफ्नो एनजीओमा पियन राख्न त म सिफारसि सुन्दिनँ। म व्यावसायिक महिला हुँ र अरूसँग पनि व्यावसायिक हिसाबले नै डिल गर्छु। यो लेखिदिनूस् कि मान्छे सिफारसि गर्न नआऊन्। 

तर, राजनीतिक नियुक्ति, सरुवा, बढुवा र मन्त्री बनाउनसम्म तपाईंको भूमिका हुने गर्छ भनेर तपाईंमाथि आरोप लाग्दै आएको छ नि ?मलाई मान्छेले त्यस्तो शक्तिशाली देखेको ! राजनीतिक नियुक्तिमा मेरो त्यस्तो रुचि छैन। एउटा कुराचाहिँ के हो भने मेरो 'नेटवर्क' राम्रो छ। किनभने, धेरै वर्ष विकासलगायतका क्षेत्रमा काम गरेकाले प्रशस्तै मान्छे चिन्छु। यस्तोमा कोही मान्छे राम्रो छ/देखियो भने यो मान्छे राम्रो छ भनेर चाहिँ भन्छु नै। तर, मैले भन्नेबित्तिकै हुने होइन। अन्तिम निर्णय मेरो हुँदैन, उहाँकै हुन्छ। 

उहाँलाई पार्टी चलाउन पैसा चाहिन्छ र तपाईंले त्यसको व्यवस्थापन गरिदिनुहुन्छ भन्ने आरोप पनि त छ ? मान्छेले त जे पनि भन्छन्। मेरो नाममा अमेरकिामा बसेर एउटा महिलाले भिसा लगाइदिन्छु भनेर ठगेर खाइन्। सार्वजनिक सूचना निकालेर खण्डन नै गर्नुपर्‍यो र प्रहरीमा उजुरी पनि गर्नुपर्‍यो। त्यस्तो त कति हुन्छ कति! नामको एउटा मूल्य पनि हुँदो रहेछ। मौखिक त मान्छेले जे पनि भन्छन्। त्यसको मलाई कुनै मतलब र परवाह छैन। मलाई कतिले मन पराउँछन््, कतिले मन पराउँदैनन्। मेरो कुरा काटेर बस्ने त्यत्रो फुर्सद छ भने काटिरहून्, मलाई मतलब छैन। 

कांग्रेसमा मन्त्रीसमेत भएका केही मानिस पैसाकै कारणले बदनाम पनि भए, त्यस्तालाई के भन्नुहुन्छ ?यो दुःखद कुरा हो। जो यसरी बदनाम भए, उनीहरूले भविष्य सोचेनन्। पैसा त कमाए होलान् तर पैसाले मात्र राजनीति हुँदैन। हुने भए त जति पनि धनी मान्छे थिए, सबैले राजनीति गर्थे। राजनीतिमा छवि महत्त्वपूर्ण कुरा हो। छवि बचाउनलाई पनि केही पैसा चाहिएला। तर, छवि नै भएन भने राजनीति हुँदैन। कतिपय हाम्रै पार्टीका मान्छे पनि होलान्। पैसाको हिसाबले उनीहरूको स्रोत प्रशस्तै भयो होला तर छवि त डामाडोल भयो नि! 

संस्कार सिकाउनुपर्दैन त ?सिकाउन नखोजेको हो र ? सिकाउन थाल्दा उल्टै सराप खाइयो। नाम नलिउ“m तर मन्त्री बन्नेहरूका श्रीमती कसैलाई मैले भनेकी थिएँ, शक्तिशाली मान्छेको वरपिर िबस्न एकदमै गाह्रो कुरा हो। श्रीमतीको भूमिका एकदमै महत्त्वपूर्ण हुन्छ। यसै पनि शक्तिशाली मान्छेको परविारलाई एकदमै धेरै नजर लगाइएको हुन्छ। सकारात्मक भूमिका निर्वाह गर्न एकदमै कठिन हुन्छ। जे पायो त्यही र जसले भन्यो त्यही काम गर्नुहुँदैन भन्दा 'हामीलाई सिकाउने' भनेर पनि भने। उहाँसँग 'कम्प्लेन' पनि गरेछन्। पछि कामचाहिँ उनीहरूले त्यस्तै गरे। कतिपयले उहाँ प्रधानमन्त्री हुँदा आएर मलाई फुक्र्याउने र काम लिने प्रयास नगरेका होइनन्। त्यसले श्रीमान्को करअिरलाई कति ह्याम्पर गर्छ ? नगर्दा नगर्दै त मान्छेले कति आरोप लगाउँछन्, गरेपछि त भन्ने नै भइहाले नि! 

जेहोस् उहाँको करिअरप्रति तपाईं संवेदनशील हुनुहुन्छ होइन ? पक्कै पनि। मेरो श्रीमान्को करअिर उहाँले आफ्नो खुनपसिना बगाएर बनाएको हो। मलाई धेरै धनी हुनु छैन। जुद्धशमशेरकी नातिनी, धन प्रशस्तै छ। अहिले पनि कन्सल्टेन्सी गर्दा मलाई दैनिक पाँच सय अमेरकिी डलर आउँछ। त्यसभन्दा धेरै कति कमाउनू ?

रविलक्ष्मी चित्रकार 
श्रीमती, झलनाथ खनाल

विसं ०३९ मा काठमाडौँबाट पोखरा घुम्न गएका नमिता-सुमिता सेती नदी किनारमा रहस्यमय रूपमा मारएि। त्यही निहुँमा पञ्चायतविरुद्ध आन्दोलन भयो। त्यही आन्दोलनलाई राजधानीमा सशक्त बनाउन तत्कालीन नेकपा मालेका तर्फबाट संयोजक बनाइएकी रविलक्ष्मी चित्रकारको भूमिका महत्त्वपूर्ण थियो। तर, त्यसपछिका कुनै पनि आन्दोलनमा उनी देखा परनिन्। राजतन्त्र नै समाप्त पार्ने ०६२/६३ को आन्दोलनमा समेत उनी कहीँकतै झुल्किनन्। 

झट्ट हेर्दा राजनीतिक परदिृश्यभित्र गुमनामजस्ता लाग्ने यी पात्र अर्थात् रविलक्ष्मी नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालकी अर्धांगिनी हुन्। 

०३२/३३ सालतिर राजधानीमा श्यामप्रसाद शर्माको नेतृत्वमा 'अति गोप्य समूह' नाम दिइएको एउटा संगठन क्रियाशील थियो। त्यही संगठनमार्फत नै रविलक्ष्मी वाम आन्दोलनमा आबद्ध हुन पुगेकी थिइन्। ०३६ सालको आन्दोलनपछि उक्त समूहबाट अरू युवाहरूसँगै उनी पनि नेकपा मालेमा प्रवेश गरनि्। काठमाडौँको नेवार बस्ती टेबहालमा हुर्केकी रविलक्ष्मीको जन्मघरलाई मालेका नेताहरू महत्त्वपूर्ण 'सेल्टर'का रूपमा प्रयोग गर्थे। त्यहीँबाट तत्कालीन मालेका कैयन् कार्यकर्ताले पार्टी सदस्यता पाए। 

झलनाथसँग वैवाहिक बन्धनमा बाँधिएपछि भने विज्ञानमा स्नातकोत्तर रविलक्ष्मी सक्रिय राजनीतिको चक्करबाट क्रमशः ओझेलमा पर्दै गइन्। निकटस्थहरूका अनुसार अहिले त उनी राजनीतिकर्मीप्रति यति विकषिर्त छिन् कि घरमा हुने नेता-कार्यकर्ताको जमघटलाई समेत उनी रूचाउँदिनन्। 

राजनीतिप्रति वितृष्णा भए पनि रविलक्ष्मीले झलनाथमाथि त्यत्तिकै दबाब र प्रभावजन्य व्यवहार गर्ने गरेको एमाले अध्यक्षनिकट व्यक्तिहरू बताउँछन्। ०४७ मा झलनाथ वनमन्त्री भएपछि रविलक्ष्मीकै सिफारसिमा झलनाथले दीपक अमात्यलाई स्वकीय सचिव राखेका थिए। यो क्रम उनी ०६७ मा प्रधानमन्त्री होउन्जेलसम्म चल्यो। झलनाथ प्रधानमन्त्री हुँदा तिनै दीपक उनका प्रमुख स्वकीय सचिव थिए। पत्नीकै सल्लाहमा उनले प्रधानमन्त्री छँदा मिलन तुलाधरलाई परराष्ट्र सल्लाहकार बनाएका थिए। "रविलक्ष्मी सानो समूहमा बस्न रूचाउँछिन् र त्यही समूहले भने अनुसारका काम गर्न पतिलाई दबाब दिने गर्छिन्," झलनाथका एक निकट सहयोगी भन्छन्, "झलनाथ प्रधानमन्त्री हुँदा बालुवाटारमा रविलक्ष्मीको सानो समूह सक्रिय थियो।" त्यतिखेर एकातिर प्रधानमन्त्रीलाई सहयोग गर्ने राजनीतिक समूह थियो भने अर्कातिर रविलक्ष्मीको समूह, जसमा ल्हारक्याल लामा, नन्दबहादुुर सिंह, खेमराज पन्त, दीपक अमात्य, बिबन चखु, होमबहादुर बुढाथोकी, चन्दबहादुर तामाङ र मिलन तुलाधर थिए। स्रोतका भनाइमा, विवादास्पद छविका लामालाई अर्थ राज्यमन्त्री बनाउन रविलक्ष्मीकै प्रमुख भूमिका थियो। 

नेकपा एमालेका केन्द्रीय सदस्य घनश्याम भुसाल रविलक्ष्मीले आफ्ना पतिलाई राजनीतिक नीतिगत मुद्दामा प्रभाव पारेको आफूलाई थाहा नभएको बताउँछन्। एक समय रविलक्ष्मीसँगै राजनीतिमा सक्रिय सहकर्मी पूर्णशोभा चित्रकारका अनुभवमा एक जना नेताकी श्रीमती हुनु भनेको आफैँमा ठूलो जिम्मेवारी हो। भन्छिन्, "रविलक्ष्मीले पनि त्यो जिम्मेवारी पूरा गररिहनुभएको छ। झलनाथजी टिपटप भएर हिँड्नु र सैद्धान्तिक एवं दार्शनिक रूपमा वाचाल हुनुमा रविलक्ष्मीकै योगदान छ।" तर, पटकपटक टेलिफोन गर्दा पनि रविलक्ष्मी भने सम्पर्कमा आउन चाहिनन्। बरू उल्टै एकपटक अध्यक्ष झलनाथ खनालले नै फोन उठाएर बोल्न नसक्ने जानकारी दिएका थिए। 

विना महत 
श्रीमती, प्रकाशशरण महत
१ पुसमा नुवाकोटको चौघडामा कांग्रेसको क्षेत्रीय आमसभा थियो। कार्यक्रममा कांग्रेस वरष्िठ नेता शेरबहादुर देउवालगायतका १५ जना केन्द्रीय सदस्य उपस्थित थिए। प्रकाशशरण महतले उद्घोषकसँग विनालाई समेत आसन ग्रहण गराउन भने। घोषित रूपमा नभए पनि उनलाई बोलाएर मञ्चमा राखियो। विनाले प्रकाशशरणमाथि प्रभाव कायम गरेको बलियो उदाहरण हो यो।

झापाको तोपगाछीकी विना बुढाथोकीको कांग्रेससँगको नाता प्रकाशशरण महतसँग विवाहअघिकै हो। प्रकाशसँगको प्रेम-विवाहपछि नेता-पत्नीका रूपमा नयाँ मोड लिएको मात्र हो। विना पद्मकन्या क्याम्पसमा नेविसंघमा सक्रिय थिइन् भने प्रकाश नेविसंघकै महामन्त्री थिए। नेविसंघमै दुवैबीच प्रेम झांगियो र विवाह भयो। 

प्रकाशशरण ऊर्जामन्त्री भएका बेला पतिको राजनीतिमाथि उनको प्रभाव सतहमा आयो। नेपाल विद्युत् प्राधिकरणमा महानिर्देशक नियुक्तिदेखि कर्मचारी भर्नासम्ममा विनाको चासोले विवाद सिर्जना गर्‍यो। त्यतिखेर प्राधिकरणको कर्मचारी सरूवामा पनि राम्रै चलखेल भएको थियो। प्राधिकरणको तह १ र २ को खुला प्रतिस्पर्धामा त्यस्तै भएको स्रोतको दाबी छ। क्षेत्रीय कार्यालय तहमा खुलाइएको विज्ञापनको पदपूर्तिका क्रममा ठूलै आर्थिक चलखेल भएको दाबी गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि सबै फाइल अख्तियारले नियन्त्रणमा लिएको र भर्ना प्रक्रिया तत्काल रद्द गर्न निर्देशन दिएको छ। सर्वोच्च अदालतमा समेत परेको उक्त मुद्दा अहिले विचाराधीन छ। 

तुलनात्मक रूपमा सीधा लाग्ने प्रकाशले फोनमा कसैसँग कुरा गररिहेको समयमा फोन खोसेरै आफूले 'डिल' गर्ने गरेको देख्नेले यस्ता टिप्पणी गर्नु स्वाभाविक पनि हो। तर, विनाका कतिपय गुण र मार्गदर्शनका कारण प्रकाशलाई राजनीतिमा सहज भएको पनि छ। राजनीति, अझ कांग्रेसभित्रको धेरै कुरा बुझेकी श्रीमती भएकीले प्रकाशलाई कतिपय अवस्थामा निर्णय लिन र मत बनाउन सघाउ पुगेको उनी निकटस्थहरू बताउँछन्। विना नुवाकोट क्षेत्र नम्बर-२ बाट कांग्रेसको महासमिति सदस्य पनि छिन्। 

राजनीतिबाहेक विनाको आफ्नै प्राज्ञिक र सामाजिक धरातल पनि छ। अमेरकिाबाट पढेर फर्केपछि उनी लामो समय सामाजिक क्षेत्रमा क्रियाशील थिइन्। उनले अमेरकिाको न्यु ह्याम्पसायर कलेज -हाल विश्वविद्यालय)मा सामुदायिक विकास विषयमा महिला विकासलाई केन्दि्रत गरेर एमएस गरेकी छन्। स्वदेश फर्केपछि महिलाको स्वास्थ्यसँग सम्बन्धित क्षेत्रमा आठ वर्ष काम गरनि्। सुरक्षित मातृत्व भन्ने संस्थामा मात्र होइन, नेपाल परविार नियोजन संघको एउटा महत्त्वपूर्ण कार्यक्रमका लागि समेत उनी व्यवस्थापक भएर काम गरनि्। त्यति मात्र कहाँ हो र ! विना गीतकार पनि हुन्, साहित्यमा उनको रुचि छ। क्याम्पस जीवनदेखि नै उनी कविता, गीत र कथाहरू लेख्थिन्। ०६१ सालको घटस्थापनाका दिन उनले एउटा गीति क्यासेट निकालेकी थिइन्। 'जीवन यदि जित हो भने म मुस्कुराइदिन्छु, जीवन यदि आगो हो भने त्यसमा म जलिदिन्छु !' उनले लेखेको यो गीतले चाँडै गीति एल्बमको रूप पाउँदैछ। गीत र कविताको संकलनलाई पुस्तकाकार दिने प्रयासमा छिन्, उनी। 

विनासँग धरातल र सम्भावना हुँदाहुँदै पनि विवादहरू छन्। टिप्पणीहरू छन्। र, आलोचना पनि। यही ऋणात्मक पक्षलाई उनले न्यूनीकरण गरनि् भने उनको राजनीतिक र साहित्यिक सम्भावना उज्यालोतिर डोरनिेछ। 

'प्रभाव पारेकी पनि छैन, पार्छु भन्ने पनि छैन' - विना महतमैले पदीय राजनीति गरनिँ। जबकि, ०४२ सालको सत्याग्रहमा जेल पनि गएकी हुँ। उहाँ (प्रकाशशरण महत) नेपाल विद्यार्थी संघको महामन्त्री हुनुहुन्थ्यो। म पनि पद्मकन्या कलेजमा नेविसंघमै सक्रिय थिएँ। त्यही दौरानमा हाम्रो ०४४ सालमा विवाह भएको हो। 

नेतापत्नी हुनुका फाइदाको कुरा गर्दा एउटा पहिचानको कुरा हो। श्रीमान्को इज्जतसँग श्रीमतीको इज्जत पनि गाँसिएको हुन्छ। बेफाइदाको कुरा गर्दा नेताकी पत्नी हुनु त्यति सजिलो छैन। व्यावहारकि कठिनाइ धेरै हुन्छन्। उहाँले परविारका लागि समय दिन सक्नुहुन्न। जेलनेलका कुरा पनि आउँदा रहेछन्। राजनीति भन्नासाथ सुखको पक्ष मात्र हेर्नुहुँदैन। पीएचडी गरेर, मन्त्री भएपछि उहाँसँग विवाह भएको पनि होइन। प्रतिबन्धित कालमा कुटाइ खाने नेतामा उहाँ पनि अग्रपंक्तिमै हुनुहुन्थ्यो। बेफाइदा नै पनि नभनौँ तर जीवनमा आउने कठिन घडीहरू पनि हामीले बेहोर्नुपर्छ। 

कांग्रेस आफैँ आदर्श र कांग्रेसजनको परविार झनै आदर्श हो। त्यो आदर्शलाई कायम राख्नुपर्छ भन्ने मान्यता राख्छु म। यतिखेर म नुवाकोट-२ बाट महासमिति सदस्य छु। त्यसैले राजनीतिमा छैन भन्न मिल्दैन। तर, विवादका कुराबाट त टाढै बस्न पाए हुन्थ्यो भन्ने लाग्छ। दबाब मलाई नै आउने त होइन। तर, श्रीमान् दबाबमा हुनु भनेको श्रीमती पनि दबाबमा हुनु हो। 

उहाँ पदमा हुँदा आउने जायज/नाजायज दबाबमा म अहिलेसम्म संलग्न भएकी छैन। घरमा राजनीतिमा संलग्न साथीहरू आउनुभयो भने उहाँहरूलाई चिया खुवाउने, गफगाफ गर्नेसम्म गर्नैपर्छ। मन्त्री पद आज छ, भोलि छैन। 

नेपाली राजनीतिमा पढेलेखेका बौद्धिक व्यक्तित्वहरू धेरै कम छन्। नेता-पत्नीहरू पनि पढेलेखेका र 'एक्स्पोजर' पाएकाहरू कमै हुनुहुन्छ होला। मैले पनि अमेरकिामा पढेर आएँ। बाहिर पनि करबि आठ वर्ष निणर्ायक तहमै बसेर काम गरेँ। मान्छेको व्यक्तित्व पनि देख्छन् होला। काम गर्न सक्ने मान्छे देखेपछि यसले चाहिँ त्यसो गर्छ होला भन्ने पनि हुन्छ। यो मेरो आफ्नो भोगाइ हो। ७५ प्रतिशतचाहिँ मान्छेको अड्कल र आकलन मात्रै हो। आफ्नो श्रीमान्लाई नराम्रो कुराबाट बचाउन कुन श्रीमतीले चाहँदिनन् ? राजनीतिक कुराहरू सेयर गर्ने बानी नै छैन, उहाँको। त्यस्तो नचाहिने प्रभाव उहाँलाई पारेकी पनि छैन र पार्छु भन्ने पनि छैन। 

उहाँ मन्त्री भएको समयमा मलाई धेरै आरोप लगाइए। यसलाई 'टि्वस्ट' पनि नगरििदनुहोला। मलाई थाहा नै नभएका कति कुराहरू अखबारमा आएका छन्। ऊर्जा मन्त्रालयमा केके निर्णय भइरहेका थिए, मलाई थाहा थिएन। त्यो मेरो व्यवसाय पनि होइन र सरोकारको कुरा पनि भएन। आरोप लगाउनेहरू इष्र्याको भावनाले ग्रस्त छन्। उहाँसँग गरएिको इष्र्यामा म पनि जोडिन्छु। त्यस्तो इष्र्या पार्टीभित्र र बाहिरबाट पनि हुने रहेछ। हामीकहाँ खुट्टा तान्ने प्रवृत्ति असाध्यै बढी छ। कसैले राम्रो काम गर्न खोज्यो भने र ऊ सक्षम छ भने उसका पछि धेरै जना लाग्छन्। त्यो परविेशले श्रीमतीलाई छुँदैन भन्न म सक्दिनँ। 

महासमिति सदस्य भए पनि म पार्टीमा त्यति क्रियाशील छैन। उहाँलाई 'सपोर्ट' गरेरै म खुसी छु। परविारमा श्रीमान्/श्रीमती दुवैले राजनीति गर्नेहरू धेरै कम पनि छन्। मन्त्री हुनासाथ पैसा बोरामा आउने होइन। अझ उहाँको राजनीतिको यात्रा धेरै लामो पनि छ। मिहिनेत गर्ने र काम गर्ने हो। अमेरकिामा पीएचडी गरेर देशका लागि केही गर्छु भनेर फर्केको मान्छे, उहाँ। अवसर त उता पनि धेरै थिए नि ! हामीकहाँ मन्त्री भनेपछि सबै नराम्रो देख्ने प्रचलन पनि छ।

सीता खड्का 
श्रीमती, सीपी मैनाली
'मलाई जसरी पनि आमासँग भेट गराइदिनुपर्‍यो' सीता खड्काले ढिपी गररिहेपछि तत्कालीन झापा विद्रोहका नेताहरू राधाकृष्ण मैनाली, नरेश खरेल, हर्क खड्कालगायतको समूहले उनलाई आमासँग भेटघाट गराउन भनेर इलाम साखेजुङको कार्यक्षेत्रबाट झापा ल्याइदियो। तर, उनीहरू सीतालाई लिएर उनको घर के आइपुगेका थिए, गरामनीस्थित नरयिाबारीबाट सबै पक्राउ परे। पक्राउसँगै राधाकृष्ण मैनालीले १६ वर्ष जेलमा बिताउनुपर्‍यो। त्यतिखेर सीता १४ वर्षकी थिइन्। तीन वर्षको सजाय तोकिएकामा नाबालक भएकैले उनले आधा मात्र सजाय पाइन्। डेढ वर्ष जेलमा बसेपछि माघ ०३१ मा जेलमुक्त भइन्। त्यसको झन्डै ६ महिनापछि साउन ०३२ मा झापा आन्दोलनका एक अगुवा सीपी मैनालीसँग उनको विवाह भयो। र, विवाहको ६ महिना नबित्दै माघ ०३२ मा सीपी पक्राउ परे। चैत ०३३ मा नख्खु जेल 'ब्रेक' गरेर भागेपछि बल्ल उनीहरूको भेट भयो।

सभासद् तथा नेकपा मालेकी वैकल्पिक पोलिटब्युरो सदस्य, सीपी मैनालीकी पत्नी यिनै सीताबारे पार्टी पंक्तिमा अनेक किस्सा सुन्न पाइन्छन्। त्यसमा कहीँ न कहीँ उनले आफ्ना पतिलाई प्रभावमा राखेका प्रसंग पनि समावेश हुन्छन्। हुन पनि उनलाई नजिकबाट चिनेका नेकपा एमालेका एक नेता एवं पूर्वमन्त्री भन्छन्, "भूमिगतकालमा पार्टीको उपल्लो नेतृत्वमा बस्न सीपीमार्फत दबाब दिन्थिन्, सीता। राजनीतिक संलग्नताका आधारमा त उनलाई जिम्मेवारीमा राख्न मिल्थ्यो। तर, उनमा क्षमता र चेतना भने केन्द्रीय समितिको जिम्मेवारी बोक्न सक्ने गरी विकास भइसकेको थिएन।" 

०३९ मा सीपी मैनाली महासचिवबाट हट्नुको झीनो कारण सीताको दबाब पनि हो भन्ने मानिन्छ। जानकारहरूका अनुसार सीताको दबाबकै कारण सीपीले पार्टी बैठकहरूमा उनको अभिभावक आफू मात्र भएको भन्ने ढंगले कुरा राख्थे। जबकि, त्यसबेला सीताको संरक्षण गर्ने पहिलो प्राथमिकता पार्टीको हुन्थ्यो। 

०३७/३८ सालताका राजधानीमा भूमिगत रूपमा बसेका थिए सीपी-सीता। त्यसबेलादेखि नै सीताले आफूलाई पार्टीले उचित सम्मान नदिएको भन्दै सीपीसँग निहँु खोजिरहन्थिन्। एउटा आमकार्यकर्ताका रूपमा होइन कि महासचिवकी श्रीमती भएको नाताले विशेष सुविधा पाउनुपर्छ भन्ने कोणबाट त्यसबेला सीताले दबाब दिने गरेको भुक्तभोगीहरूको अनुभव छ।

०४८ मा सीपी मन्त्री भएपछि सीताको राजधानीको आधुनिक एवं विलासी जीवनप्रतिको मोह बढ्न थाल्यो। क्रमशः उनका आवश्यकताहरू पूरा हुँदै गए। तर, सीपी भने कैयौँपटक विवादमा तानिए। 

जानकारहरूका अनुसार सीतामा आफू मात्र जान्ने/सुन्ने भएको दम्भ छ। मेरो सामुन्ने सबै तल पर्नुपर्छ भन्ने स्वभाव पनि छ। त्यही कारण हुन सक्छ, उनले सीपीलाई आफ्नो प्रभावमा पार्न सकेको। तर, सीता भने यस्ता आरोपको सरासर खण्डन गर्छिन्। भन्छिन्, "मभन्दा सक्षम, नेकपा मालेका संस्थापक महासचिव, मैले उहाँलाई दबाब दिनुपर्ने के जरुरी छ र ?" 


'सीपी नियन्त्रण गर्न सकिने नेता होइनन्' - सीता खड्का 

झापाको गरामनीमा ४ कक्षामा पढ्दै गर्दा १३ वर्षकै उमेरमा २९ कात्तिक ०२९ सालमा पूर्णकालीन कार्यकर्ताका रूपमा राजनीतिमा होमिएकी हुँ। ०२८ सालमा भएको झापा विद्रोहबाट प्रभावित भएर भूमिगत भएकी हुँ। झापा आन्दोलनमा संलग्न तीन महिलामध्ये निरन्तर आन्दोलनमा डटेर आउने म मात्र हुँ। यस हिसाबले परविर्तनको आन्दोलनमा मेरो योगदान कसैको भन्दा कम छैन।

मलाई सीपी मैनालीलाई नियन्त्रणमा राख्ने, महत्त्वाकांक्षी, छुच्ची, पैसाको लोभी भनेर जसले आरोप लगाउँछन्, ती विरोधीहरू मात्र हुन्। झापा विद्रोहका अगुवा, नेकपा मालेका संस्थापक महासचिव, नक्खु जेल ब्रेकका योजनाकार र सिद्धान्तमा सधैँ निडर भएर उभिने सीपीलाई मैले नियन्त्रण गर्छु भन्ने कुरा गलत हो। वास्तवमा सीपी कसैले नियन्त्रण गरेर अडिने नेता होइनन्।

यतिबेला म मालेको वैकल्पिक पोलिटब्युरो सदस्य, अखिल नेपाल प्रगतिशील महिला संगठनको अध्यक्ष र अन्तरपार्टी महिला सञ्जालको सदस्य छु। यो कसैलाई घुक्र्याएर, धम्क्याएर पाएको पद होइन। राजनीतिमा मैले गरेको त्याग र निरन्तरताको परण्िााम हो। तर, विरोधीहरूले भने अझै पनि विभिन्न आक्षेप लगाउन छोडेका छैनन्।

मञ्जु खाँड 
श्रीमती, बालकृष्ण खाँड

बालकृष्ण खाँडसँग विवाह नभएको भए कांग्रेस राजनीतिसँग मञ्जु खाँडको साइनो गाँसिने नै थिएन। किनभने, त्यसअघि उनी राजनीतिका कुनै मञ्चमा थिइनन्। कुनै राजनीतिक पृष्ठभूमि नभएका कारण नै आफूले गरेका सकारात्मक/नकारात्मक कामलाई उनी लुकाउन सक्दिनन्। 

मञ्जुलाई माहौल सिर्जना गर्न आउँछ। यही स्वभावले उनी आफूलाई अग्रपंक्तिमा राख्न सफल छिन्। ०६२/६३ को लोकतान्त्रिक आन्दोलनमा उनी अग्रपंक्तिमा थिइन्। आवश्यकता अनुसार नाता गाँसेर कसैबाट काम लिने खूबी पनि उनीसँग छ। पतिलाई प्रभावमा पारेर काम लिनमा पनि मञ्जु अगाडि नै देखिन्छिन्। जस्तो ः बालकृष्ण मन्त्री हुँदा जन्मेजय तिमिल्सिना र पंकज अधिकारीलाई निजी सहायक राखिनु उनकै रूचि थियो। पतिलाई मनाएर उनी सरकारी मात्र होइन, तरुण दल र पार्टीमा समेत आफ्ना मान्छे अघि बढाउन खोज्छिन्। जस्तो ः उनले कल्याणी रजिाललाई तरुण दल काठमाडौँको अध्यक्ष बनाउन खोजेकी थिइन्। यो बेग्लै कुरा हो कि त्यसमा उनी सफल भइनन्। 

त्यति मात्रै कहाँ हो र ! बालकृष्ण मन्त्री रहेको मन्त्रालयका कर्मचारीबाट पनि उनी काम लिने कुरामा पछाडि थिइनन्। स्रोतको दाबीमा खासगरी यातायात र सिँचाइका इन्जिनियरहरूसँग उनले काम लिइन्। बालकृष्ण मन्त्री नरहेका मन्त्रालयमा पनि उनको पहुँच कमजोर थिएन। कांग्रेस नेता रमेश लेखक श्रम तथा यातायात व्यवस्थामन्त्री हुँदा विशिष्ट श्रेणीको सुविधा लिने गरी यातायात व्यवस्थापनसम्बन्धी उच्चस्तरीय समितिकी संयोजकको नियुक्ति लिन सफल भएकी थिइन्, उनी। उनले राष्ट्रपतिको सल्लाहकार बन्ने प्रयास पनि नगरेकी चाहिँ होइनन्। 

आफूले चढिरहेको चोरीको गाडी प्रहरीको कब्जामा पुग्दासमेत मञ्जुले कसैलाई थाहा नदिई पहुँच र चलाखीकै कारण रातारात समस्या सल्टाएको कुरा पछि मात्र थाहा लाग्यो। पछि त्यो गाडी हतारहतार भन्सार दाखिला गरएिको थियो। 

पछिल्ला वर्षमा जग्गा कारोबारमा मञ्जुको चासो देखिन्छ। उनले आफ्ना पति सिँचाइमन्त्री हुँदा सिँचाइ विभागका महानिर्देशकलाई प्रभावमा पारेर भैँसेपाटीमा खोलामा ड्याम बनाउन लगाइन् र जग्गा प्लटिङ् गराइन्। त्यतिबेला सरुवा, बढुवालगायतका मन्त्रालयका काममा मञ्जुको भूमिकाबारे समाचार सार्वजनिक भएका थिए। 

कांग्रेसमाझ उनी आक्रामक व्यक्तित्वका रूपमा चिनिन्छिन्। खासमा पार्टीमा उनी आफूलाई महिला 'एक्टिभिस्ट'का रूपमा प्रस्तुत गर्छिन्। कांग्रेस वरष्िठ नेता शेरबहादुर देउवा पत्नी आरजुसँग मञ्जुको निकटस्थ सम्बन्ध छ। सोही सम्बन्धका कारण आरजुले मञ्जुलाई नेपाल महिला संघको सभापति बनाउने असफल प्रयास गरेकी थिइन्। उनी नेपाल महिला संघको विघटित केन्द्रीय समितिकी सदस्य पनि हुन् र सिराहाबाट कांग्रेसको महासमिति सदस्य पनि। धक नमान्ने, निडर स्वभाव मञ्जुको परचिय हो। 

जे भए पनि मञ्जुलाई पार्टी पंक्तिभित्र आलोचना र प्रशंसा गर्ने दुवै समूह छन्। यदि उनले कांग्रेसभित्र राम्रो भविष्य खोज्ने हो भने अरू सतर्क भएर अघि बढ्नु बुद्धिमानी हुनेछ। उनको सक्रियतामा यस्तो शालीनता थपियो भने सुनमा सुगन्ध हुनेछ। यस विषयमा कुराकानीका लागि सम्पर्क गर्न खोज्दा देशबाहिर रहेकाले उनीसँग सम्पर्क हुन सकेन। ध

मृदुला लोहनी
श्रीमती, प्रकाशचन्द्र लोहनी

राजधानीको राजपुरोहित खानदानमा जन्मेकी हुन्, मृदुला पाण्डे। संस्कारका हिसाबले नुवाकोटको कट्टर ब्राह्मण परविारका प्रकाशचन्द्र लोहनीसँग उनको परम्परागत शैलीको विवाह भएको हो। 

लोहनीका बाबु नेपालका पहिलो आरसीसी इन्जिनियर हुन्। नेपालमा ढलानको प्रविधि भित्र्याउने उनै थिए। पद्मकन्या क्याम्पसमा मृदुलाले रानी ऐश्वर्यसँगसँगै उच्चशिक्षा लिएकी हुन्। सोही कारण रानी ऐश्वर्य जीवित छउन्जेल मृदुलाको दरबारमा बलियो पहुँच थियो। ०४३ सालको राष्ट्रिय पञ्चायतको निर्वाचनमा रानी ऐश्वर्यसँगको पहुँचले गर्दा प्रकाशचन्द्रको सुरक्षामा सेनाको टोली खटिएको थियो। 

राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र प्रकाशचन्द्रका निकटस्थ एक नेता भन्छन्, "मृदुलामा त्यसपछि नै पतिको राजनीतिमा प्रभाव पार्ने मानसिकता देखियो।" खासगरी प्रकाशचन्द्र आवास तथा भौतिक योजनामन्त्री हुँदा उनकी श्रीमती मृदुलाको प्रभाव देखिएको हो। उनको मुख्य चासो उक्त मन्त्रालय अन्तर्गतको ग्रामीण आवास कम्पनी लिमिटेडले बाँड्ने जग्गामा हुने गथ्र्यो। उक्त कम्पनीले सामथ्र्य भएको व्यक्तिलाई जग्गा बिक्री, निम्न आय भएको व्यक्ति र सुकुम्बासी परविारलाई जग्गा वितरणको काम गर्छ। प्रकाशचन्द्र कम्पनीका पदाधिकारीलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न छाडिदिन्थे। तर, उनकी श्रीमती मृदुला भने कम्पनीका पदाधिकारीलाई प्लटिङ् गरएिको जग्गामध्ये राम्रो जग्गा आफ्नो मान्छेका नाममा गर्न भन्थिन्। त्यसका लागि उनले कम्पनीको बोर्डमा पतिलाई भनेर तेज खरेललाई सदस्य नियुक्त गराइन्। "कम्पनीका पदाधिकारीले मन्त्रीलाई उनकै श्रीमतीका बारेमा उजुरी गर्ने कुरा पनि भएन, नाजायज दबाब दिएर हैरान पार्थिन्," कम्पनीका तत्कालीन एक बोर्ड सदस्य भन्छन्। 

प्रकाशचन्द्र आफू भने भद्र छवि भएका नेता हुन्। तर, जब उनी परराष्ट्रमन्त्री थिए, त्यतिबेला पनि मृदुलाले सिंगो शीतलनिवासलाई नै प्रभावमा पारेकी थिइन्। परराष्ट्र मन्त्रालयका तत्कालीन एक उच्च अधिकारी, जो हाल सेवानिवृत्त भइसकेका छन्, भन्छन्, "त्यतिबेला उनले आफ्ना पतिका निजी सहायकलाई परविर्तन गराइदिइन्।" 

मृदुला र प्रकाशचन्द्रलाई नजिकबाट चिन्नेहरू पत्नीको प्रभाव पतिमा जबरजस्त रहेको स्वीकार्छन्। उनी पतिसँग नेता-कार्यकर्ता बैठकमा भएको समेत ख्याल गर्दिनन्। आफ्ना कारण असजिलो भएको परवाह गर्दिनन्, बैठकमा आएर आफ्ना मात्र कुरा गररिहन्छिन्। पत्नीको स्वभावका कारण प्रकाशचन्द्र प्रभावमा नभई बाध्यतामा परेको उनीहरू बताउँछन्। "मृदुलाको कडा स्वभाव छ," हाल राष्ट्रिय प्रजातन्त्र पार्टीको उच्च तहमा रहेका एक नेता भन्छन्, "मृदुलाले के गर्दै छिन् भन्ने कतिपय अवस्थामा प्रकाशचन्द्रलाई नै थाहा हुँदैन।" उनका अनुसार आफूले रुचाएको मान्छेको काम गरििदन उनी मन्त्री रहेका श्रीमान्ले लज्जित हुनुपर्ने कुरा पनि ख्याल नगरी मातहतका कर्मचारीहरूलाई सीधा फोन गरेर काम गर्न बाध्य बनाउँथिन्। तर, तिनै मृदुला सञ्चारमाध्यमसँग कुरा गर्न रुचाउँदिनन्। नेपालको भेटघाट गर्ने प्रस्तावको टेलिफोन प्रतिक्रियामा भन्छिन्, "राजनीतिसँग मेरो कुनै सरोकार छैन। म बिरामी पनि छु, अहिले कुरा नगरौँ।" 
http://www.ekantipur.com/nepal/article/?id=3591http://www.ekantipur.com/nepal/article/?id=3591
 

No comments:

Post a Comment