Tuesday, June 18, 2013

माओवादी माखेसाङ्लो



निर्वाचनमा जाने सहमतिसँगै दलहरू मोलमोलाइमा



  • ११ कात्तिक : एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा संविधानसभा पुनःस्थापना गर्न कांग्रेस र एमालेसामु लिखित प्रस्ताव ।

  • १४ कात्तिक :  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालद्वारा संविधानसभा/संसद् पुनःस्थापना गरे पनि नगरे पनि निर्वाचनमै जानुपर्ने लिखित प्रस्ताव ।

  • १५ कात्तिक : संविधानसभा पुनःस्थापनाको विकल्प थाती राखी निर्वाचनमै जाने नेपाली कांग्रेसको निर्णय ।

  • १६ कात्तिक : निर्वाचनमा जान प्रमुख चार राजनीतिक शक्ति सहमत ।
कात्तिक दोस्रो सातादेखिका यी राजनीतिक घटनाक्रमले संविधानसभा विघटनपछि अलमलिएको राजनीतिले स्पष्ट मार्ग पहिल्याउने दिशामा सकारात्मक संकेत गरेका छन्। सकारात्मक के भने एकअर्कामा आरोप-प्रत्यारोप गर्न छाडेर दलहरू कम्तीमा फेर िएकपटक सघन छलफलमा जुटेका छन्। छलफल पनि मूलभूत राजनीतिक मुद्दामा केन्दि्रत छ । पुनःस्थापित संविधानसभाबाट संविधान जारी गर्ने विषय त्यागेर निर्वाचनमा केन्दि्रत हुने निर्णय गरेका छन्। 

पाँच महिनासम्म अनिणर्ीत राजनीतिले अब कुन दिशा समात्छ भन्ने निश्चित भएको छलफलमा सहभागी नेताहरूले बताएका छन्। तर, निर्वाचनसम्म पुग्ने मार्गचित्रबारे भने दलहरू एकमत हुन सकेका छैनन्। छलफलले राजनीतिक निकासका लागि आशा जगाए पनि विश्वस्त हुने ठाउँ भने देखिएको छैन।

 निर्वाचनमा जाने सहमतिसँगै वार्तामा बसेका दलहरू मोलमोलाइमा कडाइका साथ प्रस्तुत हुन थालेका छन्। छलफलमा सहभागी केही नेताका अनुसार बाहिर सकारात्मक देखिए पनि भित्र एकदमै तनावको स्थिति छ। किनभने, दलहरू घुमीफिरी सरकारमा केन्दि्रत भएका छन्। १६ र १७ कात्तिकका संयुक्त बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले बाबुराम भट्टराई नेतृत्वको अहिलेकै सरकारलाई राष्ट्रिय सहमतिको स्वरूप दिनुपर्ने प्रस्ताव गरे। त्यसको विकल्पमा स्वतन्त्र व्यक्तिको नेतृत्वमा नयाँ राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने उनको प्रस्ताव छ। तर, विपक्षीहरू यो कुरा मान्न तयार भएनन्। सहमतिको न्यूनतम सर्त भट्टराई नेतृत्वको गठबन्धन सरकारको विघटन र कांग्रेस नेतृत्वको नयाँ सरकार गठनमा कांग्रेस-एमालेको अडान छ। 

प्रचण्डको पछिल्लो प्रस्ताव विपक्षीहरूका दृष्टिमा राजनीतिक इमानदारी र नैतिकताको विपरीत छ। "यसको अर्थ माओवादी तत्काल कुर्सी छाड्न तयार छैन भन्ने हो," नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडू भन्छन्, "माओवादीले वार्तामा देखाएको उत्साह यदि निकासका लागि इमानदार प्रयत्न हो भने उसले सरकार तत्काल छाड्नुपर्छ। होइन भने यो वा त्यो बहानामा सत्ता लम्ब्याउने रणनीति भनेर बुझ्नुपर्ने हुन्छ।" 

माओवादी तत्कालै र सहजै सरकारको नेतृत्व त्याग्न तयार नरहेको आशंका त १७ कात्तिक बिहानै लाजिम्पाटस्थित प्रचण्ड निवासमा बसेको पोलिट्ब्युरो बैठकको निर्णयले पनि उब्जाउँछ। राष्ट्रपतिद्वारा बोलाइएको सर्वदलीय बैठकमा जानुअघिको उक्त बैठकले बजेटबारे सहमति जुटाउनुलाई पहिलो प्राथमिकताका रूपमा अघि सारेको थियो। बैठकलगत्तै पार्टी नेता एवं अर्थमन्त्री वर्षमान पुनको अभिव्यक्ति यस्तो थियो, "राजनीतिक सहमति नभए पनि कात्तिक मसान्तभित्र बजेट ल्याउने निर्णय भयो।" उनका अनुुसार नयाँ चुनाव भए त्यसको तयारीमा लाग्ने र संविधानसभाको पुनःस्थापनाको प्रयास जारी राख्ने निर्णय पनि एमाओवादीले गरेको छ। यसबाट के बुझिन्छ भने माओवादी यतिखेर कि त कडाइका साथ मोलमोलाइ गर्न यसो भनिरहेको छ, कि कांग्रेस नेता बडूको आशंकाजस्तै विपक्षीहरूलाई अलमल्याउने रणनीतिमा लागेको छ। 

बेलाबेलामा सत्तारूढ गठबन्धनको बैठक बसेर जनप्रदर्शनको निर्णय हुन्छ। गठबन्धनको छुट्टै कार्यालय र कर्मचारी छन्। छुट्टै प्रवक्ता नियुक्त गरएिको छ। सरकारको नेतृत्वको दाबी गररिहेका कांग्रेस-एमालेभन्दा बढी नै सक्रियतापूर्वक भेला, बैठक र अन्य राजनीतिक गतिविधि यही मञ्चबाट हुन्छन्। र, कुनै पनि राजनीतिक दल सग्ला छैनन्। त्यसैले सत्तारूढ गठबन्धनका कुनै पनि घटकले अहिलेको अवसर त्यागेर राष्ट्रिय सहमतिका नाममा अन्य शक्तिलाई सहजै सत्ता सुम्पने आधार न्यून देखिन्छ। 

राष्ट्रपति र सडकबाट सुरक्षित हुने हो भने संक्रमणकै बीच लामो समय सत्तायात्रा गर्न सकिन्छ भन्ने माओवादी बुझाइ छ। संवैधानिक शून्यतामै अगाडि बढ्न खोजेको उसका गतिविधिबाट पनि स्पष्ट हुन्छ। सडक र राष्ट्रपति दुई पक्षबाट जोगिन उसले वार्तामा सहभागी हुने र विपक्षीका केही कुरामा सहमतिसमेत जनाउने गररिहेको छ। 

खासमा उसको यो 'लचकता' बजेट र ७ मंसिरको तिथितर्फ लक्षित छ। दलहरूबीच सहमतिमा बजेट ल्याउन सकिएमा सत्ता सञ्चालनको एउटा खड्गो टर्नेछ। साथै, १४ जेठ राती प्रधानमन्त्रीले घोषणा गरेको संविधानसभा निर्वाचनको तिथि ७ मंसिरमा राष्ट्रपतिले हस्तक्षेपको निर्णय गर्लान् कि भन्ने डर सत्तारूढ गठबन्धनमा छ। त्यो मिति गुजार्नका लागि पनि अहिले लचक र सहमति उन्मुख देखिनु एमाओवादीको बाध्यता हो। यो खड्गो टार्न सके थप केही समय सत्ता लम्ब्याउन सकिने उसको दाउ छ।

माओवादी अध्यक्ष प्रचण्डले अर्को चलाखी के गरेका छन् भने १७ कात्तिकको बैठकमा सहमतिको लिखित प्रस्तावसँगै प्रधानमन्त्रीको उम्मेदवार पनि मागेका छन्, कांग्रेस-एमालेसँग। एमालेले सरकारको नेतृत्व गर्ने पालो कांग्रेसको भने पनि कांग्रेसभित्रै यसबारे एकमत छैन। त्यसैले बल विपक्षीको कोर्टमा फालेर केही समय अल्झाउन माओवादी सफल हुने देखिँदै छ।

स्रोतका अनुसार सत्तापक्ष विपक्षीहरूप्रति निकै कडा रवैया अपनाउने सुरमा छ। "जहिले पनि हामी पेलिएर बस्नुपर्ने, अरू -विपक्षी दल)ले चाहिँ हाम्रा कुनै कुरा मान्नुनपर्ने ?" प्रचण्डनिकट एक माओवादी नेता भन्छन्, "बजेटकै सवालमा कुरा गर्दा, यो सरकारको मात्रै नभई सबैको हो। कसले रोक्दो रहेछ हेरौँला।" सरकार कात्तिक मसान्तसम्म राजनीतिक सहमति नभए अध्यादेशमार्फत पूर्ण बजेट जारी गर्ने र मन्त्री थप्ने तयारीमा छ। 

माओवादी सरकार छाड्न तयार नहुन्जेल निकासको सम्भावना एकदमै न्यून छ। त्यसैले अहिलेकै अवस्थामा निकासको विकल्प कमजोर देखिएको छ। एमाले सचिव शंकर पोखरेलका शब्दमा एमाओवादीको धुत्र्याइँ र कांग्रेसको अकर्मण्यताका कारण राजनीतिक संकटको निकास टाढा पुगेको छ। उनकै शब्दमा कांग्रेसका वरष्िठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल प्रचण्डले दिँदै आएको प्रधानमन्त्री पदको प्रलोभनबाट प्रभावित हुनु र सभापति सुशील कोइराला अनिर्णयको बन्दी हुनुले पनि विपक्षीको मोलमोलाइ गर्ने ताकत कमजोर बनेको हो।

कतिपय नेताको बुझाइमा त कांग्रेस संस्थापन अहिले कसैको इसारा पर्खिबसेजस्तो छ। हालको सत्ता गठबन्धनप्रति सहानुभूति जनाउने शक्तिहरूको स्पष्ट संकेत नपाउन्जेल मुख नखोल्ने नीतिमा कांग्रेस संस्थापन रहेको त होइन भन्ने आशंका विपक्षीबीचमै छ। अहिले राष्ट्रिय राजनीति छुट्टै मार्गचित्र प्रस्तुत गरी विभिन्न राजनीतिक पक्षहरूलाई सहमत गराउन सक्ने विपक्षीको अभाव पनि झेलिरहेको छ। 

सत्तारूढ पक्ष, त्यसमा पनि माओवादी कदमको प्रतिक्रियामै विपक्षी दलहरूको धेरैजसो ऊर्जा खर्च भइरहेको छ। प्रचण्डले लिखित प्रस्ताव ल्याएपछि मात्र एमाले वरष्िठ नेता माधवकुमार नेपालले पनि लिखित प्रस्ताव अघि सारे। एमाले नेताहरूका भनाइमा नेपालको प्रस्तावको अर्थ आफूसँग पनि एजेन्डा रहेको देखाउनु र प्रचण्ड चालबाजीको प्रतिवाद गर्नु थियो। भलै निर्वाचनमा जाने कांग्रेसको संस्थागत निर्णयले विपक्षी गठबन्धनलाई केही बलियो बनाएको छ। त्यसलाई कमजोर बनाउन प्रचण्डले प्रधानमन्त्रीको उम्मेदवारको नाम मागेर अर्को पासा फ्याँकेको विश्लेषण पनि गरँिदै छ।

नेताहरूका अनुसार एकीकृत नेकपा माओवादी १४ जेठ रातीसम्म निर्वाचनबाटै अन्य दललाई तह लगाउने सुरमा थियो। तर, मोहन वैद्यलगायत महत्त्वपूर्ण भूमिकामा रहेका नेताहरूको बहिर्गमनसँगै भएको पार्टी विखण्डनले माओवादीलाई धक्का दियो। त्यसपछि उसले बोकेको एकल जातीय पहिचानको एजेन्डाप्रति जनमत सकारात्मक नरहेको कुरा विभिन्न माध्यमबाट प्रकट हुन थाल्यो। अनि अलोकपि्रय र विवादित एजेन्डा बोकेर चुनावमा जान सकिँदैन भन्ने निष्कर्षमा पुग्यो। र, उसले संविधानसभा पुनःस्थापनाको एजेन्डा अघि सार्‍यो।

अहिले पनि एमाओवादीले निर्वाचनका लागि समय अनुकूल ठानेको छैन। एमाले सचिव पोखरेल भन्छन्, "आफू कमजोर भएका बेला यति सजिलै माओवादी चुनावमा जान्छ भन्नेमा विश्वास गर्न सकिँदैन।" यसअघि संविधानसभा निर्वाचनताका गिरजिाप्रसाद कोइराला प्रधानमन्त्री हुँदासमेत माओवादीले आफू अनुकूल परििस्थति नहुँदा विभिन्न बहानामा पटक-पटक निर्वाचनतर्फको यात्रा अवरुद्ध गरेको थियो। अहिले त झन् आफ्नै नेतृत्वको सरकार छ। त्यसैले दुई-चार 'नाटक' नगरी कसरी माओवादी चुनावका लागि तयार होला भन्ने आशंका राजनीतिक वृत्तमा छ। 

१४ जेठयता सरकारका कतिपय निर्णय र कदम हेर्दा राष्ट्रपतिसँग टक्कर लिन खोजेको देखिन्छ। संविधानसभा असफलताको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री भट्टराईले राजीनामा दिन सक्ने र दिनुपर्ने राष्ट्रपतिको बुझाइविपरीत उल्टै निर्वाचन घोषणा गर्‍यो। निर्वाचन आयोगलाई लेखेको पत्रको बोधार्थ मात्रै राष्ट्रपति कार्यालयलाई दियो। राष्ट्रपतिले कामचलाउ घोषणा गरसिकेपछि पनि अध्यादेश पठाएको पठायै गर्‍यो। राष्ट्रपति कार्यालयले फिर्ता पठाएका अध्यादेशलाई पुनः पठायो।

यति मात्रै नभई, राष्ट्रपतिलाई थप चिढ्याउने गरी प्रधानमन्त्री मन्त्रिपरष्िाद् विस्तारको तयारी गर्दै छन्। यसबीचमा विपक्षीहरूसँग सहमति कायम नभए बजेट पनि एकतर्फी रूपमा राष्ट्रपति कार्यालयमा पठाइदिने सत्ता गठबन्धनको तयारी छ। त्यसैले सहमतिबाट नभई राष्ट्रपतिबाट हटाइए हुन्थ्यो भन्ने मानसिकतामा प्रधानमन्त्री पुगेको उनी निकटस्थहरू बताउँछन्। राष्ट्रपतिले हटाए त्यसैका नाममा थप 'लोकतन्त्रको खेती' गर्न पाइने र गुमेको छवि पनि पुनःस्थापित गर्न सकिने बुझाइ बालुवाटारको रहेको स्रोतको भनाइ छ। 

नोटबुक : रामबहादुर रावल

कहाँ गए अक्टोपस ?


संविधान जारी हुन्छ कि हुँदैन ? राष्ट्रिय सहमतिको सरकार बन्छ कि बन्दैन? प्रधानमन्त्री को बन्छ? अब के हुन्छ ? 

एकताका सिंहदरबार, बालुवाटार, नयाँबजार -पछि लाजिम्पाट)तिर भेटिने केही यस्ता पात्र थिए, जो पत्रकारका यस्ता जिज्ञासामा हाजिरीजवाफको जस्तो फटाफट उत्तर दिन्थे। राजनीतिका हरेक प्रश्नमा ठ्याक्कै भविष्यवाणी गरहिाल्थे। यति मात्र होइन, सेनामा कसको बढुवा हुन्छ ? कसको कहाँ सरुवा हुन्छ ? नेपाल प्रहरीको नयाँ महानिरीक्षक को हुन्छ ? मुख्यसचिव कसलाई बनाइन्छ ? यसको उत्तर पनि तिनको जिब्रोमै हुन्थ्यो। तिनको न कुनै औपचारकि पद हुन्थ्यो, न हैसियत। त्यसैले तिनलाई पत्रकारहरू अक्टोपस भनेर चिन्थे। बरू, गाउँघरका धामीझाँक्रीको कुनै न कुनै स्पष्ट मठमा आबद्धता हुन्छ, तह हुन्छ। अरू मान्छेको आस्था हुन्छ। तर, तिनमा त्यो पनि उल्लेख गर्न लायक देखिँदैनथ्यो। 

१४ जेठवरपिर िती अक्टोपस एकछिन एउटा शीर्ष नेताका चेम्बरमा पस्थे, फुत्त अर्को शीर्ष नेताको चेम्बरबाट निस्कन्थे। एकछिनपछि सभामुखको चेम्बरबाट निस्कन्थे र पत्रकार भेला भएको ठाउँमा पुगेर भविष्यवाणी गर्न थालिहाल्थे। संविधानसभा विघटनसँगै ती अक्टोपस कुन दुलोमा पसे कुन्नि ? 

एक फरक प्राणी 
सधैँजसो उही हुलियामा भेटिन्छन्, यी विद्वान्। र, उनका चिन्ता र सरोकार पनि प्रायः उस्तै हुन्छन् ः विकास, प्रकृति संरक्षण, गाउँघर । ललितपुरको सानेपामा लहराले ढाकेको एउटा घर छ। घरबाट दुई-चार सय मिटरको दूरीमा कार्यालय छ, रसिोर्सेस हिमालय। गाउँ-सहर बरोबर यात्रा गररिहन्छन्। धेरै धपेडी छैन। कहिल्यै फुर्सद पनि छैन। सहरका अरू बुद्धिजीवीभन्दा बेग्लै छ उनको दैनिकी। उनी हुन्, प्राध्यापक पीताम्बर शर्मा।

एकताका प्रचण्डले उनलाई राष्ट्रिय योजना आयोगको नेतृत्व दिए। राष्ट्रिय विकासप्रति त्यतिबेलाको सरकार खासै गम्भीर नदेखिएको भन्दै उनी केही दिनमै राजीनामा ठोकेर गाउँतिर हानिए। सहरको कमाइ र बसाइँबाट सन्तुष्ट उनले हालै आफ्नो गाउँको सिरीखुरी विद्यालयलाई दिए। सहरमा पाँच हजार दान गरेर ५० हजारको विज्ञापन गर्नेहरू तमाम भेटिन्छन्। तर, गाउँका जमिनदार पिताको सबै सम्पत्ति सामुदायिक विद्यालयलाई जिम्मा लगाउँदा पनि प्रचार गर्न चाहेनन्। 

पर्वतको फलेवासस्थित भवानी विद्यापीठलाई सबै सम्पत्ति जिम्मा लगाएर भर्खर काठमाडौँ फर्केका उनी यस पंक्तिकारसँग भन्दै थिए, "आफूले स्कुललाई धेरै ध्यान दिन पाइँदैन। कतै त्यो स्कुलको भविष्य राजनीतिले खाइदेला कि भन्ने चिन्ता लाग्छ।" उनकै सरह आम्दानी र आर्थिक हैसियत भएका हरेक नेपाली गाउँप्रति यत्तिकै चिन्तित भइदिए कस्तो हुँदो हो ? 

दसैँका दृश्य
गाउँसहर सबैतिर दसैँले छपक्कै छोपेको छ। सरकारलाई भने यसपालि दसँै लागेको अनुभूति भएको छैन। प्रधानमन्त्री गाउँ डुल्न व्यस्त रहेकाले होला, यसपालि सहरमा विगतमा जस्तो अनुगमन पनि भएन। 

केही सरकारी र अर्धसरकारी संस्थानले दसैँ-तिहारलाई लक्षित गरी सुपथ मूल्य पसल थापेर परम्परा भने धानेका छन्। ती पसलमा छन्, विदेशी मदिरा, विदेशी भाँडाकुडा, विदेशी मसला, आयातित तेल र साबुन। हुम्ला-जुम्लाका भटमास, कोदो किनेर सहरमा बेच्न ल्याइदिएको भए सहरको पैसा गाउँ जान्थ्यो। गाउँले आफ्नो पाखोबारी बाँझै छाडेर खाद्य संस्थानमा लाम लाग्ने थिएनन्। तर यति फुर्सद कसलाई छ र ! हुम्ला-जुम्लामा पठाउन ठिक्क पारएिको चामल सुर्खेतमै सडेछ। जापानले अनुदान दिएको त्यो चामलमा अहिले पालिस गर्न खाद्य संस्थानलाई भ्याइनभ्याइ छ। आशा गरौँ, जुम्लीले पनि जापानी चामलको स्वादमा यसपालिको दसैँ मनाउनेछन्। 

यता, काठमाडौँमा सबैजसो बस व्यवसायी समितिले दसैँलाई लक्षित गरेर नयाँ बस थप्ने घोषणा गरे। एउटा समितिले त ४० वटा नयाँ बस थप्ने भन्यो। हरेक वर्ष यसरी दसैँमा नयाँ थपिन्छन्। नयाँ भन्नेबित्तिकै लाग्थ्यो, गाडी उत्पादकले भर्खर बजारमा पठाएका चिल्ला गाडी होलान्। हरेक वर्ष यही दरमा गाडी थपिने हो भने नेपालमा गाडीको संख्या कति हुँदो हो ? तर, कुरा अर्कै रहेछ। यातायातको भाषामा नयाँ बस भन्नाले वर्षभर िसिन्डीकेटमा नअटाएका, दसैँको बेला मात्र चलाउन पाइने थप गाडी रहेछन्। यस्ता गाडी, जुन आधारभूत पार्टपुर्जा नभए पनि चल्ने। आखिर, दसैँका यात्रुलाई सुविधा त दिनैपर्‍यो। शुभ यात्रा ! 

शुभकामना ! 

वैद्य-वार्ता

उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य नेतृत्वको टोलीले राजनीतिक निकासका लागि दबाब दिन नेताहरू भेट्ने अभियान चलायो। राजनीतिक निकास त्यस्तै हो, दसैँको मौका पारेर हातचाहिँ मिलायो। 

त्यही क्रममा व्यवसायी टोली नेकपा-माओवादीका अध्यक्ष वैद्यकहाँ पुग्यो। वार्ता राजनीतिक निकासभन्दा पनि भारतीय नम्बरप्लेटका गाडी र हिन्दी चलचित्रको निकासमा केन्दि्रत रह्यो। दुई वैद्यको भेट भएपछि ओखतीमूलोको चर्चा नहुने कुरै भएन। व्यापारी वैद्यले भने, "तपाईंहरूको आन्दोलनले हामी सब व्यापारीलाई कब्जियत भयो। हाम्रा सामान उतै थन्किए। दसैँको मौकामा पूरै व्यापार थला पर्‍यो। हिन्दी चलचित्र बजाउन नपाएपछि दसैँ पनि खल्लो हुने भो, सारा नेपालीलाई।" नेता वैद्यले बीचैमा भने, "केको सारा नेपालीको कुरा गर्ने ? तपाईंहरू प्रचण्डबाहेक कसैको उपचार नगर्ने ! म आफँै वैद्य भएर के भो, यसो कहिलेकाहीँ तपाईंहरूको ओखतीमूलो पनि चाहिन्छ नि हामीलाई !" 

हुन पनि, त्यतिका भारतीय चोरीका गाडीमा सरर्र चढ्ने नेताहरू न सरकारमा छन्, न उद्यमी, व्यापारीले पत्याउने। गाउँतिर गएर पहिलाजस्तो धम्काएर खाने अवस्था पनि छैन। गाडी गुडाउनै पर्‍यो। सहरको बसाइ छ। सबै कुरा व्यापारीकै ओखतीमूलोमा चल्नु छ। अनि, व्यापारी वैद्यहरूले अहिलेको अहिल्यै नाफा हेर्न मिल्छ, सरकारी माओवादीलाई मात्रै ओखतीमूलो चढाएर ? यसो प्रतिपक्षीलाई पनि चढाउनुपरेन ? सरकारमा पहुँच नभएका अन्य संगठनलाई ओखतीमूलो गरििदने सामाजिक दायित्व पनि त हो नि उनीहरूको, कसो वैद्य बा !
http://www.ekantipur.com/nepal/article/?id=4384

राईको बहिर्गमन, लिम्बूको आगमन

  • जातीय सन्तुलनको प्रयासमा नेकपा एमाले


नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठले कम्युनिस्टको कुनै जात नहुने भन्दै आफ्नो थर लेख्नै छाडे। उनलाई आदर्श मान्ने कतिपय नेपाली अहिले पनि थर लेख्दैनन्। कतिपय थरको ठाउँमा नेपाली लेख्छन्। तर, तिनै पुष्पलालद्वारा स्थापित पार्टी स्थापनाको साढे छ दशकपछि महाधिवेशनबाट निर्वाचित केन्द्रीय उपाध्यक्षसहित महत्त्वपूर्ण नेता-कार्यकर्ता जातीय मुद्दा बोकेर बाहिरिएका छन्। र, पार्टीभित्रको जातीय समीकरणलाई सन्तुलनमा राख्न पार्टीले सुदूरपूर्व थातथलो भई काठमाडौँमा घरजम गरेका नेता सुवासचन्द्र नेम्वाङलाई राईको ठाउँमा स्थापित गर्दै छ।

राई र लिम्बूको जातीय पहिचानका नाममा पूर्वी नेपाल तनावमै छ। ऐतिहासिक रूपले सन्निकट रहँदै आएका यी दुई जातिका नाममा खुलेका दर्जनौँ संगठन छन्। तिनका आ-आफ्नै अडान र एजेन्डा छन्। मुलुकको संघीयकरणका सन्दर्भमा राई र लिम्बूका अलग राज्य वा एउटै भन्नेमा पनि जातीय राज्यपक्षधर विभाजित छन्। यही मेसोमा उपाध्यक्ष राई पार्टीले जातीय मुद्दा सम्बोधन गर्न नसकेको भन्दै बाहिरिएका हुन्। एमाले भने जातीय प्रश्नलाई उपेक्षा गर्नै नसक्ने मोडमा पुगेको छ।

राईको ठाउँमा स्थापित गर्न लागिएका नेता नेम्वाङ सहरका नेता हुन्। कतिपय एमाले कार्यकर्ताकै भाषामा, उनी 'सहरी अवसरवादी बुर्जुवा' हुन्। पाँचथर फिदिमको नेम्वाङ कुल खानदानमा जन्मेका उनले अभाव र गरिबि कहिल्यै अनुभव गर्नुपरेन। बाजे जमिनदार। बाबु न्यायाधीश। रोजेको खाना, लुगा र शिक्षा पाए उनले। कानुनको प्राध्यापन र वकालत गर्दागर्दै राजनीतिमा पनि अघि बढे। राजनीति गर्दा उनले कमिटी प्रणालीभित्र बस्न कहिल्यै रुचाएनन्। नेतृत्वलाई 'सकेसम्म फिल्डमा नपठाउनूस्, आफ्नै क्षेत्रबाट पार्टीलाई सकेको योगदान गर्छु' भन्ने गरेको उनी सुनाउँछन्। उनले बौद्धिक क्षेत्रबाटै राजनीति गरे। प्राध्यापक संघ र यस्तै पेसागत संगठनका अधिवेशनहरूमा उनी निर्वाचनमण्डलमा बस्थे। वकिलहरूको छाता संगठन नेपाल बार एसोसिएसनमा भने महासचिवसम्म भए।

पञ्चायतकालमा उनकै पहलमा पहिलोचोटि बारको आधिकारकि दस्तावेजमा लेखियो, 'कानुनको शासनका लागि बहुदलीय प्रतिस्पर्धामा आधारति नभई हुँदैन।' त्यही वाक्यांशका कारण उनले नेपाल बारमा राजनीति छिराएको आरोप पनि खेपे। त्यतिखेर लक्ष्मणप्रसाद अर्याल अध्यक्ष थिए, जो पछि सर्वोच्च अदालतमा न्यायाधीश पनि भए। राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा पनि उनले अदालतकै बाटोबाट निरंकुशविरोधी लडाइँ लडे। एफएम रेडियोमा समाचारमाथि रोक लगाउने सरकारी निर्णयदेखि कैयौँ राजबन्दीहरूका बन्दी प्रत्यक्षीकरणसम्बन्धी रटिमा उनले बहस गरे। मानव अधिकार, कानुनको शासनका एजेन्डा बोकेर उनी बौद्धिक क्षेत्रमा क्रियाशील भइरहे।

राईको राजनीतिक क्रियाशीलताको बाटो फरक छ। प्राध्यापक पीताम्बर शर्माका शब्दमा, राई गाउँका 'अग्र्यानिक नेता' हुन्। गाउँलेसँगै धेरै समय हेलमेल गरे। समुदायमा भिजे। लामो समय भूमिगत राजनीतिमा लागे। कम्युनिस्ट दर्शनमा कैयौँ कार्यकर्तालाई पोख्त बनाए। खुला राजनीतिमा आएपछि भने उनी अग्र्यानिक रहेनन्। अर्थात्, निक्खर गाउँले नेताबाट उनमा बिस्तारै उपभोक्तावाद, पुँजीवादजस्ता सहरी संस्कृतिको मिसावट हुन थाल्यो। त्यहीबीचमा मन्त्री भए। मनमोहन अधिकारी नेतृत्वको सरकारमा उनी भौतिक योजना, निर्माण तथा यातायात राज्यमन्त्री थिए। त्यही मन्त्रिपरिषदमा नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भए। सहर र गाउँको पहुँच त्यहीँबाट सुरु भयो, गाउँका नेतालाई राज्यमन्त्री र सहरकालाई पूरा मन्त्री।

त्यति मात्र होइन, नेम्वाङप्रति अधिकारीको बढी भरोसा थियो। पछि सामान्य प्रशासन मन्त्रालय पनि नेम्वाङकै जिम्मा दिए। सीपी मैनालीले स्थानीय विकास मन्त्रालयमा 'गडबडी' गरेपछि त्यसको जिम्मा पनि नेम्वाङमाथि नै आइलाग्यो। ०५२ सालमा नौ महिनामै त्यो सरकार ढल्यो। नेम्वाङ त्यसपछि कहिल्यै मन्त्री भएनन्। राईले भने तीनपटक सत्ताको स्वाद पाए।

यहीबीचमा एमालेका केही नेताहरू मिलेर काठमाडौँको बुद्धनगरमा स्वप्नवाटिका स्कुल स्थापना गरे। त्यसले पनि राईको निक्खरपना खुइलिँदै गयो। राई पार्टी संस्थापनबाट टाढिन थालेको चाहिँ ०३५ बाटै हो, जतिखेर उनी खानी विभागको खनिज अन्वेषणसम्बन्धी एउटा परियोजनामा जागिर छाडेर पार्टीमा भर्खर संगठित भएका थिए। त्यतिखेर पार्टीमा माक्र्सवाद, लेनिनवादका अतिरत्तिm माओत्सेतुङको विचारलाई वाद, सिद्धान्त वा विचारधारा के मान्ने भन्ने विवाद थियो। राई भन्थे, माओविचारधारा होइन, सिद्धान्त भन्नुपर्छ। त्यसमा अमृत बोहराको समर्थन थियो। नेकपा मालेको चौथो महाधिवेशनमा मतदान नै भयो। त्यसमा राई-बोहरा मत पराजित भयो।

पाँचौँ महाधिवेशनबाट मदन भण्डारीले जनताको बहुदलीय जनवादको प्रस्ताव गरे। त्यसमा पनि राई विपक्षमै उभिए। त्यतिखेर सीपी मैनाली, झलनाथ खनाल र राई एउटै कित्तामा थिए। उनीहरू बहुदलीय जनवाद मान्न तयार थिएनन्, नौलो जनवाद भन्थे। छैटौँ महाधिवेशनमा त जबजको कार्यक्रमलाई पार्टीको मार्गदर्शक सिद्धान्त नै बनाइयो। त्यसमा राईको विरोध नै रह्यो। पछि सहाना प्रधान, वामदेव गौतम, सीपी मैनालीलगायतले राष्ट्रवादको नारा लगाउँदै एमालेबाट छुट्टएिर अलग्गै पार्टी गठन गरे। राईलगायत असन्तुष्ट नेताहरू त्यतै आबद्ध भए।

कोसी क्षेत्रमा लामो समय क्रियाशील भएका राईले ०४८ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी-१ मा लड्न खोजे। त्यहाँ पार्टीका वयोवृद्ध नेता मनमोहन अधिकारीलाई सुरक्षित राख्नुपर्ने भन्दै मदन भण्डारीले रोके। त्यसपछि उनले मोरङ-२ मा दाबी गरे। त्यहाँ भरतमोहन अधिकारीलाई उठाउन खोजियो। राईलाई उनकै गृहजिल्ला खोटाङ पठाइयो। त्यहाँ उनले जिते पनि। राज्यमन्त्री भए। कांग्रेस-एमालेका आमनेताहरूजस्तै उनी पनि काठमाडौँकेन्दि्रत भइसकेका थिए। खोटाङ उनलाई टाढा लाग्न थालिसकेको थियो। त्यसैले ०५१ को मध्यावधि निर्वाचनमा उदयपुर ताके। तर, खोटाङमा हरि रोका र परशुराम कार्कीबीचको लुछाचुँडी नमिलेपछि राई खोटाङबाटै उठ्नुपर्ने भयो। तर, उनी खोटाङ गएनन्। नगए पनि उनका नाममा उम्मेदवारी त्यहीँबाट दिइयो, नक्कली हस्ताक्षर गरेर। जनमत भने उनकै पक्षमा देखियो। उनको काठमाडौँ बसाइ जनअनुमोदितजस्तै भयो। ०५६ मा पार्टी फुटिसकेको थियो। उदयपुर-१ मा मालेबाट उठे तर एमालेकै सुरेश कार्कीले उनलाई पराजित गरे।

पार्टी एकीकरणपछि आदिवासी जनजाति पृष्ठभूमिका नेतामा चल्तापुर्जा र वरिष्ठ भएका कारण उनले बढी नै अवसर पाए। तत्कालीन महासचिव माधव नेपालले 'क्रेन' लगाएर उनलाई वैकल्पिक पोलिटब्युरो सदस्य बनाए। त्यसबेलासम्म सगरमाथा क्षेत्रका कुनै पनि कार्यक्रममा इन्चार्ज सुरेश कार्की प्रमुख अतिथि हुन्थे र राई अतिथि मात्र। राई पोलिटब्युरोमा पुगेपछि भने उनी नै प्रमुख अतिथि बन्न थाले। विद्यार्थीकालका समकक्षी कार्की र राई जागिर र पार्टीमा समेत समकक्षी हुन्। ०६२/६३ को परविर्तनपछि पार्टी राजनीतिमा राईको भाग्य झनै चम्किलो बनेर आयो। संविधानसभा निर्वाचनमा उनले रोजेकै क्षेत्र पाए, उदयपुर-१।

बहालवाला सांसद र सोही क्षेत्रका इन्चार्जसमेत रहेका सुरेश कार्कीलाई पछि मन्त्री बनाउने सर्तमा समानुपातिकको उम्मेदवार बनाइयो।  जनजाति समुदायको भएकाले प्रत्यक्ष उम्मेदवार भने अशोक राईलाई बनाइयो। त्यतिन्जेल पार्टी, नागरकि समाज र राष्ट्रिय राजनीतिमा जातीयता राम्रैसँग घुसिसकेको थियो। कारण, जातीय आधारमा संगठन निर्माण र राज्यको स्वरूप प्रस्तावित गरेको माओवादी राजनीतिको मूलधारमा आइसकेको थियो। त्यही प्रभावमा एमालेलगायत सबै दलले जातीय संगठन बनाउने होड नै चलाएका थिए। तैपनि, राई दोस्रो होइन, तेस्रो भए। जित्ने कांग्रेसका नारायण खड्का परे। तर, चुनावलगत्तै स्वास्थ्यमन्त्रीको कुर्सीचाहिँ राईको भागमा पर्‍यो। जातीय सन्तुलन मिलाउनकै लागि बुटवल महाधिवेशनमा उनलाई उपाध्यक्षमा उठाइयो र जिते पनि। त्यही जातीयतामा टेकेर अहिले केही कार्यकर्तासहित उनी बाहिरएिका छन्।

उता, नेम्वाङले ०६२/६३ पछि आफ्नो राष्ट्रिय कद बनाए। अन्तरमि संसद्मा सभामुख भएपछि उनको बौद्धिकता, भद्रता र न्यायिक व्यक्तित्वले परििचत हुने मौका पायो। इलामबाट प्रत्यक्ष निर्वाचन जिते। संविधानसभा अध्यक्ष भएकाले पार्टीको बुटवल महाधिवेशनमा उनले भोट मात्रै हाले, उम्मेदवारी दिएनन्। पार्टीबाट पनि बिदा लिएर बसे। संविधानसभा असफलताको दोष उनको थाप्लोमा पनि परेको छ। त्यसो त नेम्वाङले पार्टी विभाजित हुँदा मूलधार छाडेनन्। त्यसअघि ०४८ र ०५१ मा इलाम, पाँचथर र झापामध्ये जुन क्षेत्र रोजे पनि टिकट दिने पार्टी निर्णय भयो तर उनी उठ्न मानेनन्। दुई कार्यकाल राष्ट्रियसभा सदस्य भए।

उनी एकताका काठमाडौँमा चलेको भाषा आन्दोलनमा पनि सक्रिय थिए। साथमा थिए, पद्मरत्न तुलाधर, मल्ल के सुन्दर, दुर्गालाल श्रेष्ठलगायत। त्यहीबीचमा उनलाई काठमाडौँ नगरपालिकामा मेयर उठ्न तीव्र दबाब थियो। केशव स्थापित उनको उपमेयर बन्न तयार थिए। स्थापित त उनलाई मेयरमा उठ्न आग्रह गर्न गाडी लिएर इलाम पनि पुगेका थिए। तर, नेम्वाङले मानेनन्। भाषिक आन्दोलनका मुद्दामा सहमत भए पनि त्यसैमा आधारति राजनीति गर्न नचाहेर मेयरमा नउठेको उनको भनाइ छ। तर, त्यतिखेर उनी पारिवारिक झमेलामा पनि थिए। बुटवल महाधिवेशनमा पनि उनलाई उपाध्यक्षमा उठ्न दबाब थियो तर सभामुख भएकाले उठ्न मानेनन्। जबकि, यसअघि तारानाथ रानाभाट, रामचन्द्र पौडेल सभामुख भए पनि पार्टी राजनीतिमा उत्तिकै सक्रिय थिए।

भद्र, नम्र, बोलेर नबिझाउने तर भित्रभित्रै असन्तोषको पोको पारेर बस्ने राई पछिल्ला केही वर्षमा यो पार्टीमा बसेर काम छैन भन्न थालेका थिए। त्यसो त राजाको प्रत्यक्ष शासनकालमा पनि पार्टी राजनीतिमा निष्त्रिmयप्रायः थिए। भेट्न पुग्ने कार्यकर्ता र आफन्तलाई पनि राजनीतिमा लाग्ने दिन अब सकिए भन्थे। र, उनी स्कुलमा बढी केन्दि्रत थिए।

केहीअघिसम्म राई 'लाल सलाम' भनेर अभिवादन गर्थे। 'कामरेड' भनेर कार्यकर्तालाई सम्बोधन गर्थे। तर, अहिले लालसलाम र कामरेड दुवै छाडेका छन्। नमस्कार र दाजुभाइ, दिदीबहिनी भन्न थालेका छन्। उनले कम्युनिस्ट पार्टी मात्र होइन, खोटाङसँगको साइनो पनि तोडिसकेका छन्। बरू खोटाङमै गएर माधव नेपालको प्रमुख आतिथ्यमा २६ असोजमा सम्पन्न ठूलो आमसभामा पृथ्वी सुब्बा गुरुङ, शेरधन राई, थममाया थापालगायत जनजाति नेताहरूले उनलाई 'गद्दार'को कित्तामा उभ्याएका छन्।

पूर्वमा लिम्बूवान र खम्बूवानका नाममा जातीय राजनीति हावी भइरहेका बेला केन्द्रमा सुवास नेम्वाङ र जिल्लामा केही युवा जनजाति पृष्ठभूमिका नेताहरूलाई एमालेले प्राथमिकताका साथ अगाडि बढाइरहेको छ। यसले एमाले र यी नेताहरूलाई कहाँसम्म पुर्‍याउँछ, अहिल्यै भन्न सकिँदैन।  http://www.ekantipur.com/nepal/article/?id=4411

 
शक्ति प्रदर्शन छाडेर टाप !

कसैलाई केको धन्दा, घरज्वाइँलाई खानको धन्दा भन्ने उखानको पछिल्लो संस्करण हेर्नु छ भने नेकपा एमालेतिर दृष्टि लगाए हुन्छ। त्यहाँ कसैलाई पार्टी छाडेर जातीय संगठनको वकालत गर्नैमा फुर्सद छैन त कसैलाई कांग्रेसको घरझगडाबाट उछिट्टनि सक्ने प्रधानमन्त्रीको कुर्सी टिप्ने हतारो। 

पार्टीको औपचारकि निर्णय भने सम्पूर्ण शक्ति सरकारविरुद्धको प्रदर्शनमा लगाउने भन्ने छ। त्यही निर्णय अनुसार एमालेको मोर्चा संगठनद्वारा आयोजित शक्ति प्रदर्शनलाई छल्ने गरी पार्टीका वरष्िठ नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपाल भने जापानतिर हान्निएका छन्, १६ असोजमा। २४ असोजमा मात्रै उनी स्वदेश फिर्नेछन्। सायद '१९ गते कोही एमाले घर बस्दैन' भन्ने नारालाई सार्थक बनाउन पो हो कि उनी टाप कसेका ? 

संविधानसभा विघटनपछि विदेश बरालिनमै धेरै समय खर्चेका छन् नेपालले। अमेरकिा पुगेर डेरा खोज्दै भौँतारएिको प्रसंग पनि एमालेवृत्तमा अझै चर्चामा छ। यसको कारण थियो, प्रधानमन्त्रीसमेत भइसकेका र १५ वर्षभन्दा बढी समय पार्टीको नेतृत्व गरेका व्यक्ति विदेशबाट जस्तो निम्तो आए पनि दौडिहाल्ने उनको प्रवृत्ति। 
http://www.ekantipur.com/nepal/article/?id=4358
काफ्ले-काइदा ! 

माओवादी लडाकूका नाममा शिविरमा गएको अर्बौं रुपियाँमा भ्रष्टाचार भएको कुरा विपक्षी संगठनले मात्रै होइन, सोही पार्टीका कार्यकर्ताले समेत उठाउँदै आएका छन्। काठमाडौँमा सम्पन्न विस्तारति बैठकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई यही विषयमा पूर्वलडाकूहरूले संगठित रूपमै आवाज उठाएर आच्छुआच्छु पारे। र, अन्ततः छानबिन समिति बनाएर थुमथुम्याइयो। 

तर, शिविरमा लडाकूको भरणपोषण माओवादी पार्टीको कोषबाट गएको थिएन। त्यो त सीधै राज्यकोषबाट गएको थियो। यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिलेसम्म किन अनुसन्धान गरेन त ? अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख एवं सचिव भगवतीकुमार काफ्लेले आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा भने, "एउटै काम दुईवटा निकायले किन गर्नु भनेर।" क्या गज्जब ! जसले अनियमितता गरेको आरोप छ, उसैलाई छानबिनको जिम्मा ! सचिव काफ्लेका अनुसार एकीकृत माओवादीले हेर्दै छ। उनी भन्छन्, "छानबिनबाट आएको प्रतिवेदन सार्वजनिक होला। त्यसबारे आमनागरकिले चित्त बुझाए ठीकै छ। नत्र हामी पनि हेरौँला।" हुन पनि केको हतार ? यत्रो ठूलो 'गौरवशाली' पार्टी छ। त्यसले नदेखेको भ्रष्टाचार फुच्चे अख्तियारले कसरी देख्ला ? होइन त सचिवज्यू !
http://www.ekantipur.com/nepal/article/?id=4327

दोधारमा दाता

संविधानसभाको विघटनपछि सहायता परिचालन नीति बदल्ने अन्तर्राष्ट्रिय समुदायको तयारी


नेपालस्थित बेलायती अन्तर्राष्ट्रिय सहायता नियोग (डीएफआईडी)ले नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)लाई दिइरहेको सहयोग अन्तर्गत ११ करोड रुपियाँ बराबरको परियोजना सार्वजनिक आलोचनापछि रोक्न बाध्य भयो। जातीयतालाई मलजल गरेको भन्दै राजनीतिक दल, सञ्चारमाध्यम र नागरकि समाजबाट व्यापक विरोध भएपछि उसले सहायता रोकेको हो। तर, उसले विभिन्न माध्यमबाट संविधान निर्माण, संघीयता, शान्ति प्रक्रियालगायतसँग जोडिएका राजनीतिक प्रकृतिका मुद्दामा लगानी भने गररिहेकै थियो। तर, १४ जेठमा संविधानसभाको अप्रत्यासित अवसान भएपछि उसले कतिपय परियोजना र कार्यक्रम स्थगित गरेको छ भने नयाँ कुनै परियोजना सार्वजनिक गरेको छैन। माओवादीका पूर्वलडाकूको पुनःस्थापना, सुरक्षा क्षेत्रको पुनःसंरचना, संघीयकरण, संविधान निर्माण, समावेशीकरणजस्ता मुद्दामा ठूलो सहायता रकम परिचालन गर्ने उसको तयारी पनि तयारीमै सीमित छ।

वाषिर्क ५३ मिलियन पाउन्ड स्टर्लिङ् अर्थात् ७ अर्ब ४१ करोड रुपियाँ बराबरको सहायता नेपाललाई उपलब्ध गराउँदै आएको उक्त नियोगले करबि १५ प्रतिशत रकम राजनीतिसँग प्रत्यक्ष जोडिएका मुद्दामा खर्च गर्छ। यसबाहेक राजदूतले आफ्नै तजबिजमा खर्च गर्न पाउने रकमको हिस्सा पनि उल्लेख्य हुन्छ। विनियोजित बजेटले नपुगे थप सहयोग गर्न पनि तत्पर रहेको कुरा बेलायती मन्त्रीलगायत अधिकारीहरूले पटकपटक नेपालमै आएर घोषणा गरसिकेका छन्। तर, पूर्वयोजना अनुरूप कार्यक्रम गर्न नपाएपछि यसको ठूलो हिस्सा उसकै खातामा रोकिएको छ। बेलायती दूतावासका अधिकारी आफ्नो नियमित कार्य सञ्चालन योजनामा भने कुनै हेरफेर नभएको बताउँछन्।

डीएफआईडी मात्रै होइन, नेपालका सबैजसो दातृ निकाय १४ जेठयताको राजनीतिक अन्योलसँगै अलमलमा परेका छन्। उनीहरूसँग पर्याप्त सहायता रकम भएर पनि कुन मुद्दा र 'मोडालिटी'मा काम गर्ने भन्ने प्रश्नको उत्तर छैन। माओवादी लडाकूको पुनःस्थापना प्याकेजमा सहयोग गर्ने दातृ निकायहरूको तयारीसमेत काम लागेन। कारण, दातृ निकायले पूर्वलडाकूलाई नगद दिन नमानेपछि सरकारले आफैँ राज्यकोषबाट रकम बाँड्यो। त्यसका लागि छुट्टयाएको रकमसमेत अहिले दातृ निकायले खर्च गर्न सकेका छैनन्।

कतिपयले १४ जेठमा संघीयतासहितको संविधान आउने हुँदा प्रादेशिक सरकारका लागि आवश्यक पूर्वाधार निर्माण, कर्मचारीलाई तालिम, निर्वाचन शिक्षाजस्ता कार्यक्रमको तयारी गरेका थिए। त्योसमेत निष्फल भएको छ। "हाम्रो बुझाइ थियो, १४ जेठमा संविधान आउँछ। मुलुक संघीयतामा जान्छ," नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत थोमस गास भन्छन्, "नेपाली समाज र हामी सबैको आशाविपरीत संविधान निर्माण प्रक्रिया सफल हुन सकेन।" उनका अनुसार संघीयकरणका क्रममा प्रदेश सञ्चालनमा आवश्यक पूर्वाधार निर्माणमा सहयोग पुर्‍याउने तयारी गरिएको थियो। अब विकासका अन्य पूर्वाधारमा त्यो रकम लगाउन सकिने उनको भनाइ छ।

अमेरिका, स्वीट्जरल्यान्ड, युरापेली युनियनलगायत नेपालका प्रमुख विदेशी दातृ निकायले आफ्ना पूर्वयोजनाहरूको मूल्यांकन गर्दै आगामी वर्षका लागि दीर्घकालीन योजना तय गर्दै छन्। तर, आगामी योजना तय गर्ने क्रममा उनीहरू अन्योलग्रस्त बनेका छन्। कारण, राजनीतिले कुन बाटो लिने हो भन्ने स्पष्ट छैन। राज्यको पुनःसंरचना प्रक्रियाले कुन दिशा लिने भन्ने पनि यकिन छैन। दलहरूका बीचमा राष्ट्रिय राजनीतिको प्रमुख एजेन्डा नै के हुने भन्ने सहमति बन्न सकेको छैन। संविधानसभा वा संसद्को पुनःस्थापना, निर्वाचनजस्ता विकल्पमा छलफल भए पनि सत्तारूढ र विपक्षी दलबीच मुठभेडको सम्भावना पनि उत्तिकै छ। यसले गर्दा दातृ निकाय कुन क्षेत्रमा, कुन ढाँचामा सहायता परिचालन गर्ने भन्ने टुंगोमा पुग्न सकिरहेका छैनन्।

अमेरिकी अन्तर्राष्ट्रिय विकास सहायता नियोगका निर्देशक डेभिड सी एट्टबेरी १४ जेठको राजनीतिक घटनाका बाबजुद आफ्नो लक्ष्य र दूरदृष्टिका साथ विकास कार्य जारी राखेको बताउँछन्। "नेपालको पहिलो र सबैभन्दा लामो अवधिदेखिको साझेदार भएका नाताले स्वाभाविक रूपमा यहाँको शान्ति र समृद्धिको बाटोमा खडा हुने तत्त्वहरूले हामीलाई चिन्तित तुल्याउँछ नै, जुनसुकै शुभचिन्तकलाई यस्तो हुन्छ," उनी भन्छन्, "यस मुलुकको आर्थिक, राजनीतिक र सामाजिक परिदृश्यको निश्चित प्रभाव हाम्रो लक्ष्य, कार्यसम्पादन क्षमता र नतिजामा पर्छ । यद्यपि, नेपालको विकास लक्ष्य हासिल गर्नका लागि नेपाल सरकारसँग काम गर्न हामी अझै दृढ र प्रतिबद्ध छौँ।"

हच्केका दाता संविधान निर्माण, संघीयता र सामाजिक समावेशीकरणको मुद्दामा दातृ निकायहरू पछिल्ला वर्षमा निकै नै आलोचित भए। जातीयताको मुद्दालाई अनावश्यक उचालेको आरोप उनीहरूमाथि लाग्यो। राजनीतिक दल, नागरकि समाज र सञ्चार माध्यमबाट चर्को आलोचना भएपछि उनीहरू अहिले हच्केका छन्। नेपालस्थित अन्तर्राष्ट्रिय विकास साझेदारहरूको बैठकमा नियमित सहभागी हुने एक अधिकारीका अनुसार दातृ एवं कूटनीतिक निकायप्रति सरकारका पछिल्ला केही गतिविधिबाट उनीहरू झनै बिच्किएका छन्। उनी भन्छन्, "एकातिर सरकारले कडाइ गर्ने, अर्कोतिर राजनीतिक नेतालगायत जिम्मेवार तहबाट दाताको खेदो खन्ने कारण सबै दातृ निकाय झस्किएका छन्।"

सन् २०१३ देखि २०१७ सम्मका लागि तयार गरिएको राष्ट्रसंघीय विकास सहायता खाका (अनड्याफ)मा प्रयुक्त भाषामा सरकारले कडा आपत्ति जनायो। मुलुकमा अहिले 'स्टेटलेसनेस' (राज्यविहीनता) र 'दण्डहीनताको पराकाष्ठा'जस्ता शब्दावली रहेको उक्त दस्तावेजको भाषा हेरफेर गर्न सुझाव दिएपछि केही समय दुई पक्षबीच रस्साकसी नै चल्यो। सघन वार्ता भएपछि उक्त दस्तावेजको लबज लचिलो बनाइएको छ।

दण्डहीनताको अवस्थाप्रति असन्तुष्टि र दबाब प्रकट गर्न राष्ट्रपतिलाई भेट्ने नेपालस्थित अन्तर्राष्ट्रिय नियोग प्रमुखहरूको प्रयासमा भने सरकारले अवरोध खडा गरिदियो। बेपत्तासम्बन्धी अन्तर्राष्ट्रिय दिवसको सन्दर्भ पारेर राष्ट्रपतिलाई सामूहिक भेटका लागि कूटनीतिज्ञहरूले गरेको आग्रहलाई परराष्ट्र मन्त्रालयले अस्वीकार गर्‍यो। त्यसबाट असन्तुष्ट विदेशी कूटनीतिज्ञहरू भेला भएर १४ भदौमा बेलायती दूतावासको 'लेटरप्याड'मार्फत विज्ञप्ति नै जारी गरे। अस्टे्रलिया, डेनमार्क, युरोपेली युनियन, फिनल्यान्ड, प|mान्स, जर्मनी, जापान, नेदरल्यान्ड्स, स्वीट्जरल्यान्ड, बेलायत र अमेरिका राजदूतहरूको संयुक्त भेलाले 'नेपालको रक्तपातपूर्ण १० वर्षमा बेपत्ता पारिएका १ हजार ३ सय नेपालीलाई स्मरण गर्दै' अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता खोजबिन आयोग गठन गर्न ढिलाइ भइरहेकामा गम्भीर सरोकार व्यक्त गर्‍यो।

यही बीचमा नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री रोबर्ट ए ब्लेकले परराष्ट्र मन्त्रालयलाई छलेर नेपाली सेनाका प्रधानसेनापति गौरवशमशेर राणा र तिब्बती शरणार्थी नेताहरूलाई भेटेको प्रसंगले समेत सरकार-कूटनीतिक समुदायबीचको सम्बन्धमा चिसोपना थपिदियो। यी केही घटनाले सरकार-दातृ निकायबीच रस्साकसी नै चलेको देखिन्छ। र, यो अझै कहाँ पुग्छ भन्न मुस्किल छ। तर, सरकारका केही प्रचारमुखी गतिविधि र दातृ समुदायका आशंकालाई एकै ठाउँमा राखेर हेर्ने हो भने पर्याप्त दूरी देख्न सकिन्छ।



सरकारप्रति अविश्वास

१४ जेठपछि दातृ निकायले सबैभन्दा बढी शंकाको घेरामा बाबुराम भट्टराई नेतृत्वको सरकारलाई राखेका छन्। वैधानिक सरकारको खोजी उनीहरूको अहिलेको पहिलो एजेन्डा बनेको छ। संविधानसभाको सदस्य नरहेका र राष्ट्रपतिले नै पदमुक्त घोषणा गरसिकेका कारण प्रधानमन्त्री भट्टराई वैधानिकताको संकटमा रहेको दातृ समुदायको बुझाइ छ। यति मात्र होइन, लोकतान्त्रिक दलहरू विपक्षमा रहेको र राष्ट्रिय सहमति कायम गर्नेतर्फ सरकारले पहल नगरेका कारण पनि माओवादी नेतृत्वको सरकार कतै गैरलोकतान्त्रिक बाटोतर्फ अग्रसर त हुँदै छैन भन्ने आशंकासमेत दाताहरूले गर्न थालेका छन्।

सरकारलाई नियन्त्रण र नियमन गर्ने प्रमुख निकाय संसद् र संवैधानिक निकाय नभएकामा उनीहरूले झनै चिन्ता व्यक्त गरेका छन्। अख्तियार दुरुपयोग आयोग, महालेखा परीक्षकको कार्यालयजस्ता अंग लामो समयदेखि पदाधिकारीविहीन रहेका कारण सरकार अनुत्तरदायी बन्दै गएको उनीहरूको बुझाइ छ। यस्तो अवस्थामा अहिलेको सरकारलाई 'मान्यता' दिएर सहयोग परिचालन गर्न सकिने अवस्था नरहेको निष्कर्ष कतिपय नियोगको छ।

सत्तारूढ पार्टी एकीकृत नेकपा माओवादी र उसको नेतृत्व गम्भीर मानव अधिकार उल्लंघनका घटनासँग जोडिएको, मानव अधिकार उल्लंघनकर्तालाई संरक्षण दिइरहेको र दण्डहीनता अन्त्य गर्नेतर्फ कुनै ठोस प्रयास पनि नगरेका कारणसमेत अन्तर्राष्ट्रिय समुदाय भट्टराई सरकारप्रति असन्तुष्ट छ। संक्रमणकालीन न्यायका लागि उचित विधि र संयन्त्र निर्माण गर्न असफल भएका कारण पनि सरकारप्रति उनीहरूको आलोचनात्मक दृष्टि रहने गरेको छ।

संक्रमणकालीन न्यायको उचित व्यवस्थापन र दण्डहीनता अन्त्य गर्नेतर्फ समेत यो सरकार निष्प्रभावी रहेको निष्कर्ष दातृ समुदायको छ। राष्ट्रिय मानव अधिकार आयोगका सिफारसिलाई बेवास्ता गर्दै आएको र हालै अध्यादेशका रूपमा पठाइएको सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकका कतिपय प्रावधान तथा प्रक्रियाप्रति उनीहरूले गम्भीर सरोकार सार्वजनिक रूपमै व्यक्त गरसिकेका छन्। त्यसकारण उनीहरू चालू परियोजनालाई निरन्तरता दिनेबाहेक नयाँ कार्यक्रम र परियोजनाका लागि उत्साहित भएको देखिँदैन।

यो कुराको अनुभव सरकारी अधिकारीहरूले समेत गरेका छन्। अर्थ मन्त्रालयको वैदेशिक सहायता महाशाखाका उपसचिव टेकबहादुर खत्री भन्छन्, "जबजब सरकारी संयन्त्र र प्रणाली कमजोर हुँदै जान्छ, दाताहरूमा पनि सरकारीभन्दा पनि बाहिरको बाटो समात्न खोज्ने प्रवृत्ति देखिन्छ।" उनका अनुसार अहिले दातृ निकायहरू बारम्बार सोधिरहेका छन्, संसद्, अख्तियार आयुक्त, महालेखा परीक्षक नभएका बेला कसरी व्यवस्थित, पारदर्शी र नियमित रूपमा सहायता परिचालन गर्छौ ? आफ्ना नागरकिको करबाट संकलित सहायता रकमको लेखाजोखा र प्रभावकारिता दातृ निकायले खोज्नु स्वाभाविकै पनि रहेको खत्रीको भनाइ छ।

पूर्ण बजेट आउन नसकेको र आवधिक योजना निर्माण प्रक्रियासमेत कमजोर बन्दै गएकाले पनि दातृ समुदाय बेचैन देखिन्छ। अझ, धेरै नियम-कानुन र बजेटको ठूलो अंश कार्यान्वयन गर्ने स्थानीय निकाय लामो समयदेखि जनप्रतिनिधिविहीन भएका कारणले उनीहरूका आशंकालाई थप बल पुर्‍याइरहेको छ। यसको समग्र प्रतिविम्बन वैदेशिक सहायता परिचालनमा देखिन थालेको छ। त्यसैले पनि हुन सक्छ, अहिले द्विपक्षीय तथा बहुपक्षीय दातृ निकायले सहायता प्रतिबद्धतामा खासै उत्साह देखाएका छैनन्।

गएको आर्थिक वर्षमा १ खर्ब ७ अर्ब रुपियाँ बराबरको सहायता दिने प्रतिबद्धता गरेका दातृ निकायहरू यस आर्थिक वर्षको तीन महिना बित्न लाग्दा पनि पाँच अर्ब सहायता दिन तत्पर देखिएका छैनन्। अर्थ मन्त्रालयको वैदेशिक सहायता महाशाखाको अभिलेख अनुसार भदौ मसान्तसम्म जम्मा ४ अर्ब ८४ करोड रुपियाँ बराबर सहायताका लागि प्रतिबद्धता देखाएका छन्, दाताले। गत वर्षकै अनुपातमा सहायता प्रतिबद्धता आउने हो भने पनि अहिलेसम्म १८ अर्बभन्दा बढी हुनुपर्छ। अर्थका अधिकारीहरूका अनुसार प्रतिबद्धतामा एकदमै कमी नआए पनि दाताले साह्रै जाँगर पनि देखाएका छैनन्। सामान्य अवस्थामा गत वर्षको भन्दा वैदेशिक सहायता बढ्नु नै पर्ने हो तर घट्नु भनेको राष्ट्रिय विकास र सरकारको सक्षमताका लागि राम्रो संकेत होइन।



मोडालिटी फेर्दै

राजनीतिक संक्रमण लम्बिने, परपिक्व र उत्तरदायी सरकार नहुने अवस्थामा दातृ समुदायले आफ्नो सहायता परिचालन मोडालिटी पनि हेरफेर गर्न खोज्दै छ। वैधानिकता र संरचनागत अपूर्णताको प्रश्नले घेरिएको सरकार र सरकारी संयन्त्रप्रति अविश्वासका कारण वैकल्पिक माध्यमबाट आफ्नो सहायता रकम खर्च गर्न खोज्दै छन्, विकास साझेदारहरू । उनीहरू आफ्नो सहायता मोडालिटीमा हेरफेर गर्न चाहिरहेका छन्। राष्ट्रिय बजेट प्रणालीबाट प्रवाह हुने रकममा कटौती गर्दै अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) र संयुक्त राष्ट्रसंघीय नियोग (यूएन एजेन्सी)हरूमार्फत आफ्नो सहायता परिचालन उसको प्राथमिकतामा पर्ने भएको छ। त्यसबाट बचेखुचेको रकम नेपालकै नागरकि समाज अर्थात् गैरसरकारी संस्था (गैसस)हरूबाट प्रवाहित हुनेछ।

राष्ट्रिय बजेट प्रणालीमा समाहित हुन दातृ समुदायले अनिच्छा देखाउने रोग नौलो भने होइन। चार वर्षअघिको सरकारी सर्वेक्षण अनुसार २६ प्रतिशत वैदेशिक सहायता सरकारी प्रणालीभन्दा बाहिर गएर खर्च हुन्छ। यति मात्रै होइन, द्विपक्षीय र बहुपक्षीय दातृ निकायहरूले सरकारी संयन्त्रकै समानान्तर हुने गरी संरचना खडा गर्ने र त्यहीमार्फत नेपालका लागि आएको सहायता रकम खर्च गर्ने गर्छन्। अझ, सबैजसो देशका अन्तर्राष्ट्रिय विकास नियोगहरूले आफ्नै देशका गैरसरकारी संस्था र निजी कम्पनीलाई नेपाल भित्र्याएर तीमार्फत आफ्नो सहायता परिचालन गर्छन्।

०५९ को प्रतिनिधिसभा विघटन, संकटकाल घोषणा र राजाको प्रत्यक्ष शासनका कारण यो क्रम बढेको थियो। त्यतिखेर नागरकि समाज र लोकतन्त्रका लागि संघर्ष गररिहेका दलहरूले समेत त्यसलाई प्रोत्साहित गरेका थिए। ०६२/६३ को परविर्तनपछि नागरकि समाजको दबाबका कारण सरकारले दातृ निकायलाई राष्ट्रिय प्रणाली अंगीकार गर्न दबाब बढाएको थियो। सरकारी अधिकारीहरूका अनुसार कतिपय दातृ निकायले त्यसतर्फ सकारात्मक पाइला चालेका पनि थिए। यद्यपि, स्थानीय निकाय, महालेखापरीक्षक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रत्तिmतालाई देखाउँदै दातृ समुदाय पूर्णतः राष्ट्रिय प्रणालीमा समाहित हुन मानिरहेको थिएन। अहिले फेरि संसद्विहीनता, वैधानिक र विश्वसनीय सरकार नभएको अवस्था दातालाई आफूखुसी गर्ने बहाना बनेको छ।

"सरकारमार्फत गरिएको आजसम्मको लगानीको देखिने उपलब्धि (भ्यालु फर मनी) पनि दातृ समुदायले अहिले खोज्न थालेका छन्," राष्ट्रसंघीय नियोगका एक उच्च अधिकारी भन्छन्, "सरकारी निकायको भ्रष्टाचार र कार्यप्रणालीमा सन्तोष गर्ने ठाउँ छैन। त्यसैले अब अर्को तरिकाले काम गर्ने हो कि भन्ने सोच पलाएको हो।" ती अधिकारीका अनुसार नेपालका गैससहरूप्रति पनि दातृ समुदायको विश्वास छैन। वैदेशिक सहायताको प्रभावकारी परिचालन र सेवा प्रवाहका लागि एकाध नेपाली गैसस मात्र सक्षम छन् तर ती पर्याप्त छैनन् भन्ने बुझाइ दाताहरूको छ। उनीहरूका अनुसार सक्षम मानिएका गैससलाई धेरै काम दिँदा पनि कार्यबोझ बढी भई सेवाको गुणस्तर कमजोर हुन सक्छ। त्यसैले आईएनजीओ र यूएन एजेन्सी प्रभावकारी हुन सक्ने ठम्याइ छ। यूएनमार्फत परियोजना कार्यान्वयन गर्ने हो भने सरकारले पनि विरोध गर्न नसक्ने र काम पनि हुने उनीहरूको विश्लेषण छ। शान्ति कोष, सीसीडी, जलवायु परविर्तन, प्रकोप जोखिम न्यूनीकरणलगायत क्षेत्रमा यो अभ्यास सुरु भइसकेको छ।

दाताले देखेको यो विकल्प पनि विवादमुक्त हुने आधार भने छैनन्। किनभने, यूएन एजेन्सीमार्फत जाँदा एकातिर वैदेशिक सहायता परिचालनसम्बन्धी अन्तर्राष्ट्रिय मान्यताको उल्लंघन भएको भन्दै विरोधमा उत्रिन नागरकि समाज तयार भइसकेको छ। अझ, यूएन प्रणाली नै आफैँमा महँगो र प्रक्रियामुखी भएका कारण सेवा प्रभावकारी हुनेमा आशंका कायमै छ। यसअघि यूएनले आफँै सञ्चालन गरेका कतिपय परियोजना विवादग्रस्त भएका कारण नेपाली समाजमा उसको छवि पनि राम्रो छैन। सहभागितामूलक संविधान निर्माण परियोजना अन्तर्गत बनाइएको संवैधानिक संवाद केन्द्र (सीसीडी) प्रक्रिया र क्रियाकलाप दुवै दृष्टिले विवादग्रस्त बनेको थियो। सरकारले शान्ति कोष स्थापना गरेलगत्तै यूएनले तिनै दातृ निकायको रकममा बाहिर त्यस्तै प्रकृतिको कोष स्थापना गर्दा पनि उत्तिकै आलोचना भएको थियो।

यूएन राजनीतिक प्रकृतिका एजेन्डा लिएर आएको नियोग भएका कारण पनि परियोजना चलाउनु उसको अधिकार क्षेत्र हो कि होइन भन्ने प्रश्न उठ्न सक्छ। "सरकारले नागरकिलाई दिने सेवा, समावेशात्मकता र न्यायमा पहुँच सुनिश्चित गर्न सके/नसकेको हेर्ने पहरेदारसम्म यूएनलाई मान्न सकिन्छ," अर्थ मन्त्रालयका एक अधिकारी भन्छन्, "ठेकेदारजस्तो गरी आफैँ परियोजना चलाउन भने मिल्दैन।" अर्थमन्त्री वर्षमान पुन भने सरकार अरूले भनेजस्तो अनुत्तरदायी नरहेको र दातृ निकायसँग यसबारे संवाद र सम्पर्क भइरहेको बताउँछन्। साथै उनी सरकारी संयन्त्रबाहिर गएर कुनै पनि दातृ निकायले सहायता परियोजना गर्न न त सम्भव देख्छन्, न औचित्यपूर्ण नै। "एनजीओ, आईएनजीओ जिम्मेवार छन् ? कहाँ पारदर्शी छन् ? कहाँ उत्तरदायी हुन्छन् ?" मन्त्री पुन भन्छन्, "बरू अख्तियार, संसद् केही नभए पनि सरकार कतै न कतै उत्तरदायी हुन्छ। कुनै न कुनै बेला सरकारमा रहनेहरूको परीक्षा हुन्छ नै।"





वर्षमान पुन - अर्थमन्त्री

'सरकारी संयन्त्रबाहिर गएर कुनै पनि दातृ निकायले सहायता परिचालन गर्न न त सम्भव छ, न औचित्यपूर्ण। एनजीओ, आईएनजीओ जिम्मेवार छन् ? कहाँ पारदर्शी छन् ? कहाँ उत्तरदायी हुन्छन्? बरू अख्तियार, संसद् केही नभए पनि सरकार कतै न कतै उत्तरदायी हुन्छ। कुनै न कुनै बेला सरकारमा रहनेहरूको परीक्षा हुन्छ नै।





डेभिड सी एट्टबेरी - निर्देशक, अमेरिकी नियोग

'१४ जेठको घटनाका बाबजुद आफ्नो लक्ष्य र दूरदृष्टिका साथ विकास कार्य जारी राखेका छौँ। नेपालको पुरानो साझेदार भएको नाताले स्वाभाविक रूपमा यहाँको शान्ति र समृद्धिको बाटोमा खडा हुने तत्त्वहरूले हामीलाई चिन्तित तुल्याउँछ। यस मुलुकको आर्थिक, राजनीतिक र सामाजिक परिदृश्यको निश्चित प्रभाव हाम्रो लक्ष्य, कार्यसम्पादन क्षमता र नतिजामा पर्छ नै।







आईएनजीओ पनि संकटमा

क्यानाडामा मुख्यालय रहेको फोरम अफ फेडेरेसनले चार वर्षअघि नेपालस्थित स्वीस अन्तर्राष्ट्रिय सहयोग नियोग (एसडीसी)बाट ७ लाख ५० हजार अमेरिकी डलर अनुदान पायो। संघीयतासम्बन्धी गोष्ठी, भ्रमण र अध्ययनमा त्यो रकम खर्च गर्‍यो। तर, अहिले त्यो संस्था आफँैले गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने कि नगर्ने भन्ने अवस्थामा पुगेको छ। तीन विदेशी र तीन नेपाली विज्ञ संलग्न टोलीले गरेको 'आर्थिक संघीयता'सम्बन्धी अध्ययन प्रतिवेदन अन्तिम चरणमा पुगेको छ। तर, संविधानसभाको अवसानसँगै संघीयताको मुद्दासमेत सेलाएको छ। "यस्तो अवस्थामा प्रतिवेदन सार्वजनिक गर्न बोलाइएका व्यक्ति पनि आउँछन् कि आउँदैनन् भन्ने आशंका छ," संस्थाको नेपाल कार्यालयका व्यवस्थापक सागर मानन्धर भन्छन्, "बोलाउँदा पनि के भनेर बोलाउने ? हिजो संघीयताको वकालत गर्ने व्यक्तिसमेत आज अर्कै कुरा गर्ने भइसके।"

१४ जेठमा संघीयता घोषणा होला र त्यसपछि धेरै काम गर्न सकिएला भन्ने बुझाइ फेडेरेसनका सदस्यहरूको थियो। त्यही बुझाइका आधारमा केही महत्त्वाकांक्षी परियोजनाको ढाँचासमेत तयार गरिएको थियो। तीमध्ये पहिलो चरणमा विभिन्न प्रदेशमा खटिने कर्मचारीलाई तालिम दिने परियोजना राखिएको थियो। थप परियोजना र बजेटको तयारी पनि हुँदै थियो। तर, उनीहरूको तयारी त्यतिखेर निष्फल भयो, जतिखेर संविधानसभा संविधान नै नदिईकन बिदा भयो।

यो त एउटा उदाहरण मात्रै हो, शान्ति प्रक्रिया, संविधानसभा, संघीयकरणजस्ता मुद्दा बोकेर आएका धेरै विदेशी संस्था अहिले कामविहीन बनेका छन्। समाज कल्याण परिषद्का निर्देशक मदन रिमाल भन्छन्, "अब त्यस्ता संस्था निरन्तर रहन्छन् कि रहँदैनन् भन्ने पनि ठेगान छैन। परियोजना अवधि सकिएका त्यस्ता आईएनजीओले नयाँ परियोजना सम्झौता पनि गरेका छैनन्।"

इन्टरनेसनल आइडिया (स्वीडेन), सेफरवल्र्ड (बेलायत), नेसनल डेमोक्रेटिक इन्स्िटच्युट (अमेरिका)लगायतले यसबीचमा संविधान निर्माण, शान्ति प्रक्रिया र संघीयताका मुद्दामा धेरै सक्रियता देखाएका थिए। तीमध्ये केहीले आगामी निर्वाचनलाई लक्षित गरी कार्यक्रम तय गरेका छन् भने कतिपय कामविहीन छन्। ती संस्थाको सहयोगबाट चलेका केही नेपाली संस्थासमेत असहाय बनेका छन्। कुनै बेला काठमाडौँमा महँगा फ्ल्याट र घर भाडामा लिएर बसेका त्यस्ता संस्थाले अहिले खर्च कटौती गर्न स-साना कोठा लिएर सामान थन्क्याएका छन्। यी यस्ता संस्था हुन्, जो ०६२/६३ को आन्दोलनपछि जन्मेका हुन्। कतिपय भने माओवादीको सशस्त्र आन्दोलन चलिरहँदा शान्तिको एजेन्डा लिएर स्थापित भएका थिए। 

लाचार चार : निर्वाचनमा जाने सहमतिपछि पनि अझै राजनीतिक अन्योल



"हामी (मधेसवादी-माओवादी गठबन्धन)ले भनेजस्तो संघीयता तपाईंहरूले मान्नुभएन। अब संविधानसभा भंग हुन्छ। संविधान बन्दैन। भंग भइसकेपछि संविधानसभा पुनःस्थापना पनि हँुदैन। संविधानसभाको पुनःनिर्वाचन गर्नुपर्छ। चुनाव पनि बाबुराम भट्टराईकै नेतृत्वको सरकारले गराउँछ। तपाईंहरूले सरकारको नेतृत्व पनि दाबी नगर्नूस्, पाउनुहुन्न। जबसम्म नेतृत्वको दाबी गर्नुहुन्छ, तबसम्म निर्वाचन पनि हुँदैन।"

संविधानसभा भंग भइसकेको थिएन। दलहरू सहमतिकै लागि प्रयास गररिहेका थिए। नेताहरू बाहिर बोल्दा सहमति हुनै लाग्यो, सबै कुरा मिलिसक्यो भनिरहेका थिए। संघीयताको मुद्दामा रस्साकसी चलिरहेका बेला ११ जेठ बिहान नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निवास महाराजगन्ज पुगेका तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले यिनै कुरा सुनाए कोइरालालाई।

ठाकुरले त्यस्तो कुरा किन र के आधारमा बोले भन्नेबारे छुट्टै बहस हुन सक्ला। तर, ती शब्द एकपछि अर्को गरी राष्ट्रिय राजनीतिका घटनाक्रमसँग मिल्दै गइरहेका छन्। उनले भनेजस्तै गरी संघीयतामा कुरा मिलेन। संविधानसभा भंग भयो। संविधानसभाको अर्को निर्वाचन घोषणा भयो। प्रधानमन्त्री भट्टराईले नै त्यो घोषणा गरे तर संविधानसभा असफलताको नैतिक जिम्मेवारी दिँदै राजीनामा दिएनन्। र, राष्ट्रपति रामवरण यादवले पदमुक्त घोषणा गरसिक्दा पनि उनी कुर्सीबाट हल्लिने कुनै छाँटकाँट देखिँदैन। बरू, उनका सल्लाहकारहरू सार्वजनिक रूपमा भनिरहेका छन्, यही सरकारले निर्वाचन गराउँछ।

नभन्दै, सत्ता साझेदार दलहरूको मोर्चाले निर्वाचनमा जाने निर्णय गरेको छ। अब त्यसलाई मन्त्रिपरिषदबाट पनि सरकारले एकपक्षीय रूपमा अनुमोदनको निर्णय गर्छ कि अन्य दलहरूसँगको किचलोलाई पर्खिन्छ भन्ने हेर्नु छ। यी दुवै विकल्पले सत्तासीन पक्षकै चाहनाको भने पक्षपोषण गर्नेछ। किनभने, विपक्षी सहमत नभई निर्वाचन सम्भव छैन, निर्वाचनका लागि सर्वदलीय चुनावी सरकारको अडानमा विपक्षी छन्। यो विवाद जति लम्बिन्छ, आफ्नो सत्तायात्रा नै लम्बिन्छ भन्ने सरकारी पक्षको बुझाइ छ।

असफल कसरत
संविधानसभा भंग भएपछिको सुनसानका बीच केही पूर्वसभासद्हरू पुनःस्थापनाको पक्षमा सक्रिय भए। संविधानका सबै विवाद मिलिसकेको, संविधान जारी गर्न मात्र बाँकी रहेको भन्दै ती पूर्वसभासद्हरूले हस्ताक्षर अभियान चलाए। बृहत् भेला आयोजना गरे। पुनःस्थापनाकै वकालतका क्रममा विभिन्न दलका शीर्ष नेता र राष्ट्रपतिसम्मलाई भेटे। तर, सिन्धुपाल्चोकको बाह्रबीसेमा आयोजित कांग्रेस जिल्ला सभापतिहरूको ठूलो मत पुनःस्थापनाको विपक्षमा प्रकट भयो। यद्यपि, कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल पुनःस्थापनाकै पक्षमा पछिसम्मै उभिइरहे। देउवा त अझै पनि पुनःस्थापनाकै पक्षमा छन्।

यही बीचमा नेकपा एमालेले स्थायी समितिको बैठकबाट निर्णय नै गरी पुनःस्थापनाविरुद्ध आफूलाई उभ्यायो। साथै, उसले आफ्ना निवृत्त सभासद्हरूलाई पार्टी निर्णयविपरीत गएर नबोल्न र गतिविधि नगर्न निर्देशन जारी पनि गर्‍यो। तर, कांग्रेस-एमालेका निवृत्त सभासद्हरूले हस्ताक्षर अभियान रोकेनन्।

संविधानसभा पुनःस्थापनाको बहसलाई एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि तताएकै हुन्। राजधानीकै एक होटलमा सत्तापक्षीय दल र छानिएका नागरकि अगुवासँगको अन्तरक्रियामा उनले पुनःस्थापनाको विकल्पमा छलफल गर्न सकिने बताए। त्यही कार्यक्रममा प्रधानमन्त्री भट्टराईसँग उनको कुरा बाझियो। तर, त्यसपछिका सार्वजनिक अभिव्यक्तिमा प्रधानमन्त्रीले मुलुकले निकास पाउने सर्तमा पुनःस्थापना भए पनि आफू बाधक नबन्ने बताउन थाले। त्यही शैलीमा कांग्रेस र एमालेका नेताहरूसमेत प्रस्तुत नभएका होइनन्।

कांग्रेसका देउवा र पौडेल प्रधानमन्त्रीका दाबेदार भएकाले संविधानसभा पुनःस्थापनाको छोटो बाटोबाट आफ्नो आकांक्षा पूरा हुने अपेक्षामा थिए। नेता देउवाले त त्यही अनुसार आन्तरकि र बाह्य शक्तिहरूसँगको संवादलाई समेत तीव्र पारे। संविधानसभा पुनःस्थापनाकै मुद्दामा एमाले अध्यक्ष झलनाथ खनालको प्रस्तुति पनि नरम थियो। हस्ताक्षर अभियानमा लागेका पूर्वसभासद्हरूमा खनाल पक्षधरकै बाहुल्य थियो। पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ अझै पुनःस्थापनाको विकल्प नरहेको बताइरहेका छन्। संविधानसभा निर्वाचनकै लागि पनि संसद् अपरहिार्य रहेको नेम्वाङलगायत केही कानुनविद्को भनाइ छ।

यसबीचमा एकातिर संविधानसभा पुनःस्थापनालाई एकीकृत नेकपा माओवादीको एजेन्डाका रूपमा लिइनु र अर्कोतिर आफ्नो सत्तारोहण सहज नदेख्नुले कांग्रेस-एमालेलाई निर्वाचनमा एकोहोरनि बाध्य पार्‍यो। यसबाट सत्तारूढ दलहरूलाई झनै सजिलो बनाइदिएको छ। कारण, सत्तारूढ प्रमुख दुवै दल टुक्रिएका छन्। पुनःस्थापना हुँदा उनीहरू संसद्मा कमजोर भएर सत्ता गुम्ने डरबाट मुक्त भएका छन् भने आफूले चाहे अनुसारको संविधान जारी गर्न नसकिने हो कि भन्ने आशंका पनि हटेको छ।

राष्ट्रपति यादवले पनि पुनःस्थापनाप्रति अनिच्छा मात्रै देखाएनन्, कडा सर्तसमेत अघि सार्दै निर्वाचनका लागि दबाब दिए। उनले दलका नेताहरूलाई पटक-पटक अदालतको आदेशलाई विचार गर्न आग्रह मात्रै गररिहेका थिएनन्, पुनःस्थापनामा नै जाने हो भने पहिले नै विवादित मुद्दाको टुंगो लगाउनुपर्ने, त्यसमा कम्तीमा दुईतिहाइ सभासद्को हस्ताक्षर हुनुपर्ने, दलहरूको सहमति र हस्ताक्षरमा अन्तर्राष्ट्रिय समुदायलाई समेत साक्षी राखिनुपर्ने सर्त राखेका थिए।

यी सबै प्रक्रिया पूरा गरेपछि पनि 'एमिकस क्युरी'को शैलीमा न्यायाधीश वा कानुनका विशेषज्ञहरूको राय लिएर मात्र पुनःस्थापनाबारे आफूले निर्णय लिने राष्ट्रपतिको भनाइ थियो। राष्ट्रपतिका यस्ता सर्त सुनेपछि दलका नेताहरूले भदौ मसान्तभित्र संविधानका विवादित विषयमा सहमति जुटाउन प्रयत्न गर्ने वचन दिएका थिए। त्यसमा असफल भएपछि दलहरू निर्वाचनमा जान बाध्य भए।

राष्ट्रपतिले तेस्र्याएका सर्तले पुनःस्थापनामा उनको व्यक्तिगत अनिच्छा मात्रै होइन, कानुनी रूपमा पनि सहमत हुने ठाउँ देखिरहेका थिएनन्। शीतल निवास निकट स्रोतका भनाइमा, "अदालतको आदेशका विरुद्धमा गएर चालिने राजनीतिक कदमको अंग बन्नु नपरोस् भन्नेमा राष्ट्रपति यादव थिए।" जनस्तरबाट पनि पुनःस्थापनाप्रति खासै आवाज नउठेका कारण पनि दलहरू ताजा जनादेशको विकल्पबाट भाग्न नसक्ने अवस्था आयो।

चार वर्षसम्म संविधान बनाउन नसकेको अपजस बेहोररिहेका सभासद्हरूको पुनःस्थापना एजेन्डामा जनमत त देखिएन नै, संविधानसभा निर्वाचनमा पराजित भएका नेताहरूको बाहुल्य हरेकजसो दलमा भएका कारण पनि पुनःस्थापनाको मत बलियो बन्न सकेन। संविधानसभाको अन्तिम दिन देखिएका तनाव र भएका बहसले संघीयताको संवेदनशीलतालाई पनि लक्षित गररिहेका थिए। त्यसप्रति बाह्य शक्तिहरूले समेत गम्भीरतापूर्वक चासो देखाइरहेका थिए। राज्य पुनःसंरचनाको मुद्दामा जातीयताको सवाल चर्किन थालेपछि दुवै छिमेकी मुलुकले आफ्नो सरोकार देखाएको बुझिन्छ। त्यसले पनि १४ जेठ रातीसम्म दलहरूलाई निर्णयमा पुग्न अप्ठ्यारो परेको र अहिले संविधानसभा पुनःस्थापनामा पनि त्यसले पर्याप्त भूमिका खेलेको देखिन्छ (हेर्नूस् पृष्ठ २६, संघीयताको भूराजनीति)।

चुनावको अप्ठ्यारो 

३ असोजमा प्रमुख चार राजनीतिक शक्तिको संयुक्त बैठकमा पुनःस्थापनाको बहस छाडेर निर्वाचनमा जाने मत त मिल्यो तर ५ असोजमा यसबारे गम्भीर छलफल गरी प्रक्रियाको टुंगो लगाउने भनिएको बैठकमा माओवादी र कांग्रेसका शीर्ष नेता नै गएनन्। त्यसपछि शीर्ष नेतारूको बैठक पनि अनिश्चित बन्यो र सत्तारूढ दलहरूको मोर्चा छुट्टै बैठकको तयारीमा लाग्यो। यसबाट के स्पष्ट हुन्छ भने कसरी निर्वाचनसम्म पुग्ने र मतदानको दिन कहिले आउँछ भन्ने जवाफ अहिलेसम्म कसैसँग छैन। निर्वाचनका लागि विपक्षी कांग्रेस-एमालेले चुनावी सरकारलाई सहमतिको पहिलो सर्तका रूपमा तेस्र्याएका छन् भने सत्तारूढ दलहरू सजिलै सत्ता हस्तान्तरण गर्ने पक्षमा छैनन्। राजनीतिक खिचातानीबाहेक कतिपय संवैधानिक, कानुनी र प्रशासनिक जटिलताका कारण पनि निर्वाचन सहज र निकट देखिँदैन। यसले गर्दा मुलुक थप राजनीतिक जटिलता र अनिश्चयतिर बढिरहेको देखिन्छ।

नयाँ निर्वाचनमा जाने त भने तर कस्तो निर्वाचन भन्नेमा दलहरूबीच आ-आफ्नै बुझाइ छ। कतिपय नेताले संसद्को निर्वाचन गर्नुपर्ने, दुईपटक कसरी संविधानसभाको निर्वाचन हुन सक्छ पनि भनिरहेकै छन्। तर, सर्वोच्च अदालतको आदेश, यसअघि सरकारले गरेको घोषणा, संविधानसभाले मात्र संविधान बनाउन सक्ने अन्तरमि संविधानको प्रावधानलगायत कारण संविधानसभाकै निर्वाचनमा सहमति बन्ने सम्भावना देखिन्छ। तर, संविधानसभा निर्वाचनका लागि गम्भीर कानुनी अड्चनहरू छन् (हेर्नूस् बक्स, संविधानमा अड्चन)।

संविधानसभा निर्वाचनका लागि गर्नुपर्ने संविधान संशोधन प्रक्रियाबारे गम्भीर विवाद छ। राष्ट्रपतिले मन्त्रिपरष्िाद्को सिफारसिमा बाधा अड्काउ फुकाउको आदेशबाट संविधान संशोधन गर्न हुन्छ कि हुँदैन भन्नेमा विभाजित मत छ। धारा १४८ मा व्यवस्थापिका-संसद्को दुईतिहाइ बहुमतले संविधान संशोधन गर्न सकिने उल्लेख छ। त्यसबाहेक अन्यत्र संविधान संशोधनबारे कुनै व्यवस्था छैन। धारा ८८ (१)मा अध्यादेश जारी गर्न सकिने व्यवस्था भए पनि त्यो ऐनसरह लागू हुने भनिएको छ। त्यसले पनि संविधान संशोधनको बाटो रोकेको छ। अहिले सबैका आँखा धारा १५८ को बाधा अड्काउ फुकाउको व्यवस्थामा केन्दि्रत छन्। त्यसमा 'यो संविधान कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारसिमा आदेश जारी गर्न सक्ने' उल्लेख छ। यसले संविधान कार्यान्वयनको बाटो मात्र खोज्ने तर संविधान नै संशोधन गरी अर्को व्यवस्था राख्न नसक्ने पूर्वसभामुख नेम्वाङको तर्क छ। भन्छन्, "बाधा अड्काउबाट संविधान संशोधन गर्न खोजिए त्यो प्रकारान्तरले मन्त्रिपरिषदले संशोधन गरेको ठहर्छ। मन्त्रिपरिषदले संविधान संशोधन गर्न थाल्ने हो भने हामी कहाँ पुग्छौँ ?"

फेरि, बाधा अड्काउ फुकाउको आदेश एक महिनाभित्र अनुमोदन गर्नुपर्ने व्यवस्था छ र यसलाई बाध्यात्मक व्यवस्थाका रूपमा व्याख्या गरिन्छ। कारण, यसअघि यही व्यवस्थामा टेकेर पटक-पटक लोकतान्त्रिक व्यवस्थामाथि प्रहार भएका घटना छन्। एकातिर संविधानविपरीत हुने, अर्कोतिर नजिर बस्ने डर एक तहमा छ। अझ, १५ जेठ ०६५ मा गणतन्त्र घोषणा गर्दा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बाधा अड्काउ फुकाउको व्यवस्था प्रयोग गर्दा सबै राजनीतिक दलका नेताहरूले संविधानसभामै 'यसलाई नजिर मानेर फेरि यस्तो नहोस्' भनेर भाषण रेकर्ड गराएका छन्।

अनेक आशंका
निर्वाचनमा जाने भन्ने सहमतिमै कति दिन अड्छन् भन्नेमै आशंका कायम छ। त्यसमाथि प्रमख चार राजनीतिक शक्तिले गरेको निर्णय मान्य नहुने भन्दै मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी र उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम, नेपालले चेतावनी दिइसकेका छन्। यसले पनि निर्वाचनतर्फको यात्रालाई थप असहज बनाउने संकेत गरेको छ।

राजनीतिक दलहरूले निर्वाचन गर्ने निर्णय गर्दा संविधानसभाले आजसम्म गरेका उपलब्धिपूर्ण निर्णय र सहमति जोगाउने सुनिश्चितता दिलाउन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न पनि छ। गणतन्त्र, संघात्मकता, धर्मनिरपेक्षता, समावेशी राज्य नीति, स्वतन्त्र न्यायपालिकाजस्ता मुद्दामा भएका निर्णय र सहमतिहरू संकटमा पर्ने हुन् कि भन्ने आशंका कतिपय जिम्मेवार नेताहरूकै छ। उनीहरूका भनाइमा, भोलि आउने प्रतिनिधिले हिजोका निर्णय र सहमतिलाई बाध्यकारी नठान्न सक्छन् र यी सबै शून्यमा जान सक्छन्। "यो गम्भीर चुनौती र अप्ठ्यारो छ, दलहरूका अगाडि," पूर्वसभामुख नेम्वाङ भन्छन्, "यसअघि हासिल भएका महत्त्वपूर्ण उपलब्धि कसरी संस्थागत गर्ने भन्ने ठूलो राजनीतिक र कानुनी प्रश्न अहिले उठेको छ।" उपलब्धिलाई जोगाउने हो भने आजसम्मका सहमति र उपलब्धिलाई आगामी संविधानसभा वा व्यवस्थापिकाका लागि मार्गनिर्देशक सिद्धान्तका रूपमा अन्तरमि संविधानमै राख्न सकिने उनको सुझाव छ। उनको प्रश्न छ, "के दलहरू यसमा सहमति गर्छन् ?"

अर्को व्यावहारकि प्रश्न उठेको छ, आजसम्म दलहरूबीचको असहमतिकै कारण संविधानसभा निर्णयहीन भयो। दलहरूको शीर्ष नेतृत्वले सहमति गर्न नसक्दा नै संविधानसभा विघटन भयो। चार राजनीतिक शक्तिका चार नेताले मिलाउन नसकेका विवादलाई मेची-महाकालीसम्मका घरघरमा पुग्दा सुल्झन्छ नै भन्ने पनि आधार छैन। बरू त्यतिखेर व्यवस्थापन नहुने ठाउँमा पुग्न नदिनेतर्फ पनि दलहरूले कसरत गर्नुपर्नेछ। हिजो संविधानसभा असफल हुनुको प्रमुख कारण निर्देशक सिद्धान्त निर्धारण गर्न नसक्नु थियो। फेरि पनि बाध्यात्मक व्यवस्था संविधानमा नगरी शून्यबाट सुरु गर्ने र अनिश्चयतिर बरालिने क्रम दोहोरिने त होइन ?

यिनै जटिलताका बीच पेचिलो बनिरहेको र आजसम्म सबैभन्दा प्राथमिकताको विषय बनेको छ, सरकार। हालको सत्तारूढ गठबन्धनलाई सत्तासुखको स्वाद एकातिर छँदै छ, अर्कोतिर छँदाखाँदाको सरकार राष्ट्रिय सहमतिका नाममा अरूलाई सुम्पने तर भोलि आउने सरकारले निर्वाचन गराउँछ नै भन्ने के आधार छ भन्ने परेको छ। राजनीतिक नेतृत्वमा ताजा जनादेशमा जाने र अनुमोदित भएर आउनेभन्दा पनि कसरी सत्ता पहिला आफ्नो हातमा लिने भन्ने नै प्राथमिकताको विषय बन्ने गरेकाले पनि यस्ता आशंका जन्मिएका हुन सक्छन्। ती आशंकालाई चिर्नका लागि पनि चार राजनीतिक शक्तिले प्रयास गर्नुपर्ने अवस्था छ।

जसरी १४ जेठ राती घोषणा गरिएको निर्वाचनको तिथि निर्वाचनका लागि थिएन भन्ने कुरा अहिले सरकार र सत्तारूढ दलका अभिव्यक्ति र प्रस्तुतिबाट स्थापित भएको छ, फेरि पनि घोषणा मात्रै हुने तर निर्वाचन नहुने बाटोतिर मुलुक लाग्दै त छैन भन्ने चिन्ता कतिपय राजनीतिशास्त्रीको छ। "केही गरी दोस्रोपटक पनि घोषणा अनुसार निर्वाचन भएन भने मुलुकलाई अप्ठ्यारोबाट जोगाउन को अघि सर्छ भन्ने अहिले नै भन्न सकिन्न," राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल भन्छन्, "देउवाको निर्वाचन घोषणाजस्तो त हुने होइन भन्ने आशंका जन्माउँदै छ, पछिल्ला घटनाक्रमले।"

८ जेठ ०५९ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षीलाई छल्न संसद् विघटन गरी आमनिर्वाचन घोषणा गरेका थिए तर त्यो निर्वाचन कहिल्यै भएन र १९ माघमा तत्कालीन राजा ज्ञानेन्द्रले हस्तक्षेप गरेका थिए। वरिष्ठ अधिवक्ता एवं कांग्रेसका पूर्वसभासद् राधेश्याम अधिकारी भने राष्ट्रिय सहमतिको सरकारलाई निर्वाचन प्रयोजनका लागि विधायिकी अधिकार दिएर निर्वाचन गर्न सकिने औँल्याउँछन्। भन्छन्, "जान सकिने र जानुपर्ने बाटो नै यही हो।"


"बाधा अड्काउबाट संविधान संशोधन गर्न खोजिए त्यो प्रकारान्तरले मन्त्रिपरिषद्ले संशोधन गरेको ठहर्छ। मन्त्रिपरिषद्ले संविधान संशोधन गर्न थाल्ने हो भने हामी कहाँ पुग्छौँ ?"- सुवासचन्द्र नेम्वाङ, पूर्वसभामुख





संविधानमा अड्चन

अन्तरिम संविधानको धारा ४३ -क)मा राज्यको दायित्व अन्तर्गत ०६४ भित्र स्वतन्त्र र निष्पक्ष संविधानसभाको निर्वाचन गराउन ध्यान केन्दि्रत गर्ने उल्लेख छ । तर, अहिले ०६९ साल भइसक्यो । संविधानमा अर्को निर्वाचन गर्ने कुनै प्रावधान छैन । अहिले कुन कानुन अनुसार निर्वाचन गर्ने हो भन्ने अन्योल नै छ । धारा ६३ मा संविधानको अधीनमा रही सरकारले तोकेको मितिमा संविधानसभाको निर्वाचन हुने भनिएको छ तर त्यो ०६४ भित्र तोक्नुपर्ने व्यवस्था संविधानमा छ । यस अनुसार सरकारले एकपटक मात्र संविधानसभा निर्वाचन तोक्न सक्छ । यसका लागि संविधान संशोधन अनिवार्य छ । अझ, संविधानमा संविधानसभा सदस्य ६०१ हुने, २०४ प्रत्यक्ष र अरू समानुपातिक तथा मनोनयनबाट चयन गरिने व्यवस्था छ । निर्वाचन प्रणालीबारे फेरि बहस गर्नुपर्नेछ ।

धारा ६३ (३) 'क’ मा निर्वाचन क्षेत्र निर्धारणको व्यवस्था छ । त्यसमा पछिल्लो जनगणनाको सन्दर्भ दिएर आयोग बनाउने उल्लेख छ । अहिले ०६८ को जनगणनाको प्रारम्भिक तथ्यांक सार्वजनिक भइसकेको छ भने परिष्कृत तथ्यांक पनि सार्वजनिक हुने क्रममा छ । धारा १५४ (क)मा क्षेत्र निर्धारण आयोग बनाउने उल्लेख छ र ३ -क)मा ०५६ मा निर्धारित क्षेत्रमा प्रशासकीय जिल्ला यथावत् राखी, मधेसमा जनसंख्याको अनुपातमा क्षेत्र तय गर्ने भनिएको छ । यसबारे आगामी संविधानमा राखिने प्रावधानमै लामो बहस भएको थियो । अहिले पनि दलहरूबीच तीव्र मतभेद छ । पुनः हुने संविधानसभा निर्वाचनमा सजिलै सहमति जुट्ने ठोस आधार देखिँदैनन् ।

धारा ६३ -७)मा संविधानसभा निर्वाचन प्रयोजनका लागि ०६३ मंसिरमा १८ वर्ष पुगेको व्यक्ति मतदाताका लागि योग्य हुने भनिएको छ । ६ वर्षपछि हुन लागेको निर्वाचनमा मतदातासम्बन्धी यो व्यवस्था अद्यावधिक नगरी धरै छैन । त्यसका लागि संविधान संशोधन त जरुरी छ नै, मतदाता नामावली पनि अद्यावधिक गर्नुपर्छ । त्यसले पनि थप समय लिनेछ । अहिले अद्यावधिक गर्दा १५ लाख नयाँ मतदाता थपिने अनुमान छ ।

धारा ६४ मा संविधानसभाको कार्यकाल चार वर्षको हुने उल्लेख छ । के फेरि पनि चार वर्षका लागि संविधानसभाको निर्वाचन गर्ने हो ? यसबारे दलहरू अनुत्तरित छन् । कतिपय नेताहरूले पाँच वर्षका लागि नयाँ विधायिका निर्वाचित गर्नुपर्ने र त्यसले सीमित अवधिका लागि संविधानसभाको काम गर्ने भनेका छन् । तर, कहाँ पुगेर सहमति हुने हो भन्ने निश्चित छैन । निर्वाचन तिथिको कम्तीमा १ सय २० दिनअघि यी संवैधानिक र कानुनी जटिलता फुकाए मात्र सम्भव रहेको निर्वाचन आयोगले यसअघि नै भनिसकेको छ । तर, यो अड्चन कुन प्रक्रियाबाट फुकाउने भन्नेमा पनि दलहरूबीच विमति नै छ ।


संघीयताको भूराजनीति

भारतीय चासो : १६ भदौमा विराटनगर पुगेका नेपालस्थित भारतीय राजदूत जयन्त प्रसादले सञ्चारकर्मीहरूसँग भलाकुसारी गरे। भोलिपल्ट राजदूतलाई उद्धृत गर्दै समाचार आयो, 'नेपालको समृद्धि एवं समानुपातिक विकासका लागि नेपालमा संघीयता आवश्यक छ तर जातीय वा भाषाका आधारमा नभई आर्थिक एवं सामाजिक आधारमा संघीयता कायम गर्नुपर्छ।'

आफूलाई उद्धृत गर्दै प्रकाशित समाचारमा भने जयन्त प्रसादले चित्त बुझाएनन्। नेपालमा जातीय वा भाषिक आधारमा संघीयता हुनुहुँदैन भनेर आफूले नबोलेको र सञ्चारमाध्यमले बंग्याएको उनको गुनासो थियो। त्यसअघि काठमाडौँको सेन्टर फर साउथ एसियन स्टडिज र चेन्नईको सेन्टर फर सेक्युरिटि एनालिसिसद्वारा काठमाडौँमा आयोजित एक सम्मेलनमा राखिएका संघीयतासम्बन्धी आफ्ना धारणालाई उनले लेखका रूपमा ढालेर १६ भदौमा प्रकाशित पनि गरे। उनले नेपालमा जारी संघीयतासम्बन्धी बहसमा मार्गनिर्देशक बन्न सक्ला भनेर आफूले धारणा नदिएको बताए पनि भारतले विगतमा संघीयताका सम्बन्धमा बेहोरेको घरेलु समस्याभन्दा नेपालमा अझ बढी चुनौतीपूर्ण रहेको औँल्याएका छन्।

नेपालमा जातीय स्वरूपको संघीयता आवश्यकता रहे/नरहेको बारे भने उनले केही उल्लेख गरेका छैनन्। अर्थात्, जातीय वा भाषिक आधारको संघीयता तराईमा नहुने आफ्नो आशयलाई सिंगो देशका सम्बन्धमा जोड्न खोजिएको उनको गुनासो रहेको स्रोतको भनाइ छ। बाह्रबुँदे समझदारीका एक पात्र भारतीय कूटनीतिज्ञ श्यामशरणले समेत तराईमा प्रदेशहरू निर्माणका आधारका रूपमा आर्थिक-सामाजिक तत्त्वलाई अगाडि सार्दै आएका छन्। तराईलाई नेपालको पहाडी भूभागभन्दा भिन्नै समाज र अर्थतन्त्र भएको भूगोल मान्दै आएको आरोप भारतमाथि लाग्ने गरेको छ। तर, पहाडमा जाति र भाषाका आधारमा प्रदेश निर्माणको पक्षमा रहेको भारत तराईमा मैथिली, अवधी, भोजपुरी आदि भाषाहरूका आधारमा प्रदेश निर्माणको पक्षमा नदेखिइनुलाई स्वाभाविक मान्ने जमात पनि ठूलै छ। किनभने, ती भाषा बोल्नेको संख्या भारतमै ठूलो छ र त्यहाँ पनि भाषाका आधारमा छुट्टै प्रदेश निर्माणको माग भूसको आगोको शैलीमा सल्किन थालेको छ।

त्यसो त मधेसमा एक वा दुई प्रदेश र पहाडमा कम्तीमा आठ प्रदेशको पक्षमा रहेको उसले छिमेकी चीनले चाहेजस्तो उत्तर-दक्षिण संघीयताको पक्षमा नरहेको छनक दिइसकेको छ। उसले आफूनिकट रहेका भनिएका केही मधेसवादी दलका नेतामार्फत मधेसमा प्रदेश सीमांकनका सम्बन्धमा आफ्नो चाहना सार्वजनिक गरसिकेको छ। संघीयताका सम्बन्धमा हाललाई राज्य पुनःसंरचना आयोगको प्रस्ताव अनुसार १० प्रदेशलाई नै मानेर अगाडि बढ्नुपर्ने उसको संकेत छ।

केही मधेसवादी दलले सीमाका विषयमा आफ्ना असन्तुष्टि जाहेर गर्दै आएका छन्। झापा र मोरङ तथा कैलाली र कञ्चनपुरलाई अलग गर्ने पक्षमा मधेसवादी दलहरू देखिँदैनन्। उनीहरूले मधेसमा होइन, पहाडमा जातीय पहिचानको मुद्दालाई प्राथमिकतामा राखेका छन्।

मधेसमा जातीय वा भाषिक रूपमा प्रदेश गठनको विपक्षमा रहेका मधेसवादी दलहरू त्यहाँ भौगोलिक आधारमा प्रदेश गठनको पक्षमा रहेको बुझ्न कठिन छैन। नेपालको पहाडी क्षेत्रमा मधेसविरोधी जनमत रहेकाले पहाडलाई जातिगत आधारमा धेरै प्रदेशमा विभाजन गर्दा 'पहाडे राष्ट्रवाद' खण्डित हुन्छ भन्ने मधेसी गठबन्धनको बुझाइ छ।

तराईजस्तै पहाडलाई पनि आफ्नो प्रभावभित्र राख्नका लागि गठबन्धनले मधेसी र जनजातिलाई एक ठाउँमा ल्याउन गरेको प्रयासलाई यही कडीसँग जोडेर हेर्ने गरन्िछ। मधेसीबिना जनजाति र जनजातिबिना मधेसी अधुरो हुने छिमेकी सूत्रले बहुसंख्यक क्षेत्री, बाहुन संयुक्त मधेसी मोर्चाको नजरबाट किनारा परेका छन्। "नेपालको आन्तरकि विषय अन्तर्राष्ट्रियकरण भयो, संघीयताको सवालमा भारतले ०४६ सालको जनआन्दोलनअघि नै वेदानन्द झाहरूमार्फत मधेसमा आफ्नो पकड जमाउन खोेजेकै थियो, अहिले त्यो प्रस्फुटित भएको मात्र हो," परराष्ट्र मामिला विज्ञ भेषबहादुर थापा भन्छन्, "चीनले पनि हिमाली क्षेत्र एक प्रदेश भन्यो भने के हुन्छ ? जातीय पहिचान कायम राख्ने नाममा देशकै पहिचान गुम्ने खतरा बढ्यो।"

पहाडमा पाँचभन्दा बढी प्रदेश निर्माण हुन सके राजनीतिक रूपमा पनि तराईदेखि सीधै पहाडसम्म आफ्नो सहज पहुँच र त्यसकै आधारमा प्रभाव पनि रहने भारतीय बुझाइ छ। तराई र पहाडका प्रदेशहरूलाई केन्द्रले भन्दा बढी आर्थिक सहयोग दिएर उनीहरूको केन्द्रप्रतिको निर्भरता कम गर्न सकिए तिनीहरूलाई आफ्नो इच्छा अनुसार चलाउन सकिने र प्रदेशका स्रोतसाधन उपयोग गर्न सकिने उसको ठम्याइ भएको आशंका गर्नेहरू पनि छन्।

यसबाहेक पहाडमा हुने जातीय प्रदेशहरूमा आफ्नो प्रभाव देखाएर उत्तरका छिमेकीलाई दक्षिणका छिमेकीले झस्काउन खोजेको हो कि भन्ने आकलन पनि गरन्िछ। चीनसँग सीमा जोडिएका मुस्ताङलगायतका हिमाली जिल्लामा भारतको प्रवेशलाई लिएर चीन उसै पनि चिन्तित छ। तिब्बतलाई लिएर चीनलाई अल्झाइरहने अर्को छिमेकको चासोसँग अमेरिका लगायत युरोपेली राष्ट्रहरूको पनि स्वार्थ गाँसिएको छ भन्ने कुराबाट आफू जानकार रहेको संकेत उत्तरी छिमेकीले दिँदै आएको छ।

तिब्बतका दलाई लामालाई शरण दिएको भारतका लागि 'स्वतन्त्र तिब्बत'को कार्ड प्रयोग गर्दै चीनसँग व्यापारकि भाइचारा कायम राख्ने कि तिब्बती कार्ड छाड्ने निक्र्योल नगर्दासम्म उसले चीनसँग सीमा जोडिएको नेपाली भूभागमा आफ्नो प्रभाव विस्तारमा तत्काल पूर्णबिराम लगाउने देखिँदैन। १ हजार ७ सय ५१ किलोमिटर खुला सिमाना, सामाजिक, सांस्कृतिक सम्बन्ध, भारत निर्भर नेपाली अर्थतन्त्रलगायतका कारण मधेस भारतका लागि दीर्घकालीन रणनीतिक महत्त्वको मानिन्छ। सुरक्षाको दृष्टिले पनि भारतका लागि यो खुला सिमाना टाउको दुःखाइ बन्दै आएकाले उसले त्यहाँ चासो देखाउनु अस्वाभाविक होइन।

यसैले मधेसलाई आफ्नो 'एरेना'भित्र राख्न सके आफू अनुकूलको राजनीति कायम गर्न सकिन्छ तथा सुरक्षा रणनीति, आफू अनुकूलका ठूला आयोजना र उद्योग निर्माणमा सहज पहुँच हुन सक्छ भन्ने भारतीय बुझाइ छ। अझ उसको दृष्टिमा नेपाल उसको प्रभाव क्षेत्रमा छ। तर, उसका लागि 'बैरी देश र संस्थाहरू'ले नेपाली भूमि टेकेर मधेस हुँदै भारतीय नक्कली मुद्रा, हतियार र विस्फोटक पदार्थ पैठारी तथा आतंकवादी क्रियाकलाप गररिहेको गुनासो दक्षिणी छिमेकीको रहँदै आएको छ।



चिनियाँ चासो :  उता उत्तरी छिमेकी चीनले पनि नेपालको संघीयताका सम्बन्धमा आफ्नो चासो सार्वजनिक रूपमै प्रकट गरसिकेको छ। जस्तो : मध्य असारमा नेपाल भ्रमणमा आएका दक्षिण एसिया हेर्ने चिनियाँ उपमन्त्री आई पिङ्ले जातीय विभाजनमा नजान गरेको कूटनीतिक आग्रहको अर्थ नेपालमा जातीय संघीयता आफ्नो देशका लागि स्वीकार्य छैन भन्ने थियो। उनको धारणाले नेपाली राजनीतिमा तरंग ल्याउनु स्वाभाविकै थियो, प्रधानमन्त्री बाबुराम भट्टराई स्वयंले त्यस धारणाबाट नेपालको आन्तरकि राजनीतिमा हस्तक्षेप भएको आरोप लगाए। यद्यपि, चीन भ्रमणमा गएकी प्रधानमन्त्री-पत्नी हिसिला यमीले पिङ्ले उक्त धारणाको खण्डन गरेको जानकारी उनीसँगको भेटपछि सार्वजनिक गरनि्। अर्थात्, पिङ् स्वयंको मुखबाट त्यसको खण्डन भएन, तेस्रो पक्षबाट मात्र खण्डनको दाबी गरियो।

आफूले निकै संवेदनशील मानेको स्वायत्त क्षेत्र तिब्बतसँग जोडिने नेपालका प्रदेशहरूका सम्बन्धमा चीन निकै गम्भीर देखिन्छ। डोल्पामा भएको पछिल्लो एक घटनाले पनि त्यसको पुष्टि हुन्छ। गृह मन्त्रालय स्रोतका अनुसार गत १३-१८ भदौमा उपल्लो डोल्पाको नाङखाङ उपत्यकास्थित साल्दाङ गाविसमा नागरकिता घुम्ती टोली पठाउने तयारी भएको थियो। त्यहाँको चे-गुम्बामा हरेक १२ वर्षमा लाग्ने कोरा हान्ने -तीर्थस्थलको फेरो मार्ने) मेला सोही समयमा परेको थियो।

तिब्बती सांस्कृतिक परम्परा अनुसार हरेक ड्रागन वर्षमा उक्त गुम्बामा १२ वर्षे मेला लाग्छ। यस वर्षको मेलामा बौद्ध धर्मगुरु छेतेन रब्जान रिम्पोछेलाई प्रमुख अतिथि बनाइएको थियो। उनी तिब्बती धर्मगुरु दलाई लामाका निकटस्थ हुन् र तिब्बती शरणार्थी पनि। उक्त कार्यक्रमका विरुद्धमा गाविस, प्रमुख जिल्ला अधिकारी, गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालय र काठमाडौँस्थित चिनियाँ दूतावासमा समेत उजुरी परेको थियो। उजुरीमा प्रमुख अतिथि छेतेन रब्जान रिम्पोछे चीनविरोधी गतिविधिमा संलग्न रहेको, उनले धार्मिक कार्यक्रमका लागि रकम उठाएर दुरुपयोग गर्ने गरेको र मेला आयोजक समितिका संयोजक निमा लामा आपराधिक पृष्ठभूमिका व्यक्ति भएको उल्लेख छ।

गृह स्रोतका अनुसार उपल्लो डोल्पामा हुने धार्मिक/सांस्कृतिक गतिविधिलाई आफ्नो देशविरुद्ध हुने क्रियाकलापका रूपमा चीनले हेर्दै आएको छ। सोही कारण उक्त मेलामा सरकारका कार्यक्रम समावेश नगर्न र त्यहाँका गतिविधि निगरानी गर्न काठमाडौँस्थित चिनियाँ दूतावासले आग्रह गरेको थियो। यस वर्ष उक्त धार्मिक मेलालाई पर्यटकीय रूप दिने तयारीमा डोल्पावासी लागेका थिए। उक्त कार्यक्रममा सहभागी हुन एकीकृत नेकपा माओवादीका नेता पोस्टबहादुर बोगटी र शक्ति बस्नेत, नेकपा एमालेका नेता गोकर्ण विष्ट र नेपाली कांग्रेसका नेता गगन थापालाई समेत आमन्त्रण गरएिको थियो। चिनियाँ दूतावासको आपत्ति रहेको जानकारी पाएका बोगटी, बस्नेत र विष्ट डोल्पा नै गएनन्। त्यसको जानकारी नपाएका थापा भने कार्यक्रमस्थलसम्म पुगेर फर्किए।

गृहसचिव नवीन घिमिरे भने कार्यक्रममा सहभागी नहुन आफूले डोल्पाका प्रमुख जिल्ला अधिकारीलाई कुनै निर्देशन नदिएको दाबी गर्छन्। भन्छन्, "मकहाँ चिनियाँ दूतावासको आपत्ति आएको छैन, गाउँगाउँमा गएर सेवा पुर्‍याउने गृहको कार्यक्रम नै हो, कार्यक्रम नगर्नू भनेर निर्देशन पनि दिएको छैन।" स्रोतका अनुसार गृहसचिव घिमिरेले नै विवादास्पद कार्यक्रममा नजान निर्देशन दिएपछि नागरकिता टोली पठाउने कार्यक्रम स्थगित गरिएको हो।

आफूसँग सीमा जोडिएको नेपालका हिमाली भेगका प्रत्येक गतिविधिमा चीनको नजर रहँदै आएको छ। यस्तो 'पोजिसन'मा रहेको चीन नेपालको संघीयताको आडमा आफ्नो भूमिमाथि अरू कसैले धावा बोल्छ कि भन्ने पिरलोमा छ। यसैले पनि नेपालको संघीयताको मोडलमा उत्तरी छिमेकको चासो सार्वजनिक रूपमै प्रकट हँुदै आएको हुन सक्छ। पूर्वपरराष्ट्रमन्त्री चक्र बाँस्तोला भन्छन्, "आफ्नो सीमा जोडिएको हिमाल र पहाडलाई संघीयताको आडमा प्वाल पार्ने र त्यही आडमा तिब्बतमार्फत आफूलाई तनाव दिने कुरा चीनले किन मान्थ्यो ?"

नयाँ संविधान निर्माणका क्रममा अरू शक्ति राष्ट्रहरूले जस्तै उत्तरी छिमेकले पनि सुरुदेखि नै आफ्नो चासो काठमाडौँको नेतृत्व वर्गमा राख्दै आएको स्रोत बताउँछ। खासगरी प्रदेशहरू छुट्याउँदा तिब्बतसँग जोडिएको आफ्नो सुरक्षा चासो हेरयिोस् भन्ने उसको आग्रह थियो। चार वर्षमा आएका राज्य पुनःसंरचनासम्बन्धी थुप्रै प्रस्ताव अध्ययन गरी चिनियाँ अधिकारीहरूले संविधान निर्माणमा महत्त्वपूर्ण जिम्मेवारीमा रहेका नेता र व्यक्तिहरूलाई भित्री रूपमा सुझाव दिँदै आएको स्रोतको दाबी छ।

पछिल्लो समय जातीय प्रदेश बन्ने सम्भावना देखिएपछि त्यसले तिब्बतसँग सीमा जोडिएको हिमाली क्षेत्रमा नेपालको नियन्त्रण कमजोर हुने र चीनविरोधी चलखेल झन् बढ्ने ठानेर चीनको शान्त कूटनीति सार्वजनिक चासोमा प्रकट हुन थालेको देखिन्छ।

यसै पनि चीन सुरुदेखि नै संघीयता होइन, विकेन्द्रीकरणको पक्षमा थियो। तर, नेपाली राजनीति संघीयताबाट पछि नहट्ने देखेपछि ऊ आफूलाई खलबल्याउने संघीयताको विरोधमा रह्यो। उसले तराईमा एक वा दुई प्रदेश मात्र हुने तर पहाडमा आठ/दशवटासम्म, त्यो पनि जातीय आधारमा प्रदेश निर्माणको खुलेरै विरोध गर्दै आएको छ। संविधानसभा भंग हुनुको पछाडि उत्तरी छिमेकको सक्रियता पनि प्रमुख कारक मानिन्छ। कांग्रेस र एमालेलगायत दलले पनि जातीय संघीयताको मोडलमा जाँदा आफ्नो राजनीतिक भविष्य सकिने डरले संविधानसभा भंग गर्नुमै कल्याण देखे। यहाँनेर चीन तथा कांग्रेस, एमालेलगायतका राजनीतिक दलको स्वार्थ मिल्यो। जातीय संघीयताका विरुद्घमा सडकमा ओर्लिएको आक्रामक प्रदर्शनले पनि संविधानसभा भंग गराउन भूमिका खेलेको थियो।

"संघीयता वा अरू कुन मोडलमा जाने भन्ने कुरा नेपाली जनताका लागि स्वीकार्य हुनुपर्‍यो, बिर्सन नहुने कुरा के हो भने नेपालका लागि पहाड नै मुख्य शक्ति हो, पहाडमा विभिन्न जातिका नाममा प्रदेश निर्माण ठीक होइन, त्यसरी कायम गरिने प्रदेशहरूबीच जातीय गृहयुद्घ भएमा छिमेकीको नाताले हामीले के गर्ने भन्ने चीनको चिन्ता छ," चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मी भन्छन्, "मधेसमा एक वा दुई प्रदेश र पहाडमा उत्तर-दक्षिण कायम नगरी धेरै जातीय राज्य निर्माण गर्दा आफ्ना विरोधीहरूले खेल्न सक्छन् भन्ने चीनको बुझाइ छ, यसैले चीन उत्तर-दक्षिणको संघीयता चाहन्छ।"

नेपालका पहाडी र हिमाली क्षेत्रलाई साना जातीय प्रदेशमा विभाजन गर्ने प्रस्तावलाई स्वतन्त्र तिब्बत गतिविधिका लागि उर्वर भूमि तयार गर्ने बाह्य योजनाका रूपमा अथ्र्याएर चीन झस्किँदै आएको छ। संविधानसभा विघटन हुनु केही दिनअघिदेखि नै चीनले मधेसमा एक वा दुई प्रदेश बनाउने प्रस्तावले दलाई लामालाई चीनविरोधी गतिविधि सञ्चालन गर्न सहयोग पुग्ने अर्थमा बुझ्यो। अमेरकिा र भारतबीच रणनीतिक साझेदारीतर्फ संकेत गर्दै चिनियाँ राष्ट्रपति हु जिन्ताओले 'मधेसलाई दिल्लीले आफ्नो बलियो प्रभावभित्र राख्न खोजेको' टिप्पणी यसअघि नै गरसिकेका छन्।

यसै पनि, कतिपय जनजाति नेतालाई पछिल्लो समय दक्षिणको छिमेकी दूतावासले गरेको मानमनितोबाट पनि उत्तरी छिमेकी दूतावास बेखबर छैन। चीनले पछिल्लो समय एमालेको संस्थापन पक्ष र नेकपा-माओवादीमार्फत आफ्नो चासो प्रकट गर्दै आएको छ। उसले एकीकृत माओवादी, कांग्रेस र मधेसी मोर्चालाई भारतनिकट ठान्छ।

संघीयताले आ-आफ्ना स्वार्थमा धक्का नलागोस् भन्ने चाहनाले नै संघीयताको साँचो यी दुवै छिमेकी मुलुकको हातमा पुगेको छ। त्यति मात्रै होइन, कतिपय पश्चिमी गैरसरकारी संस्थाहरू नेपाललाई प्रयोग गर्दै छन् भन्ने गुनासो चीनको छ। त्यो हो, नेपाललाई जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र क्षेत्रीय धारहरूमा आधारति संघीय गणतन्त्रमा लैजाने। यसबाट नेपाल विखण्डनमा जाने सम्भावना रहन्छ भन्ने बुझाइ चिनियाँ पक्षको छ। नेपालको विखण्डन आफ्ना लागि खतरापूर्ण रहेको चिनियाँ बुझाइ छ। दक्षिण कोरियाका लागि पूर्वराजदूत कमल कोइराला भन्छन्, "संघीयतालाई लिएर चीन, भारत र अरू देशका बीच आ-आफ्नै स्वार्थको लडाइँ छ, हामी त्यसको सिकार भइरहेका छौँ।"

यसैमा सहमत छन्, जापानका लागि पूर्वराजदूत केदारभक्त माथेमा पनि। भन्छन्, "नेपालको संघीयतामा छिमेकीले चासो देखाउनु अस्वाभाविक होइन तर त्यसको हावा आफ्नो घरमा नछिरोस् भन्ने हाम्रो नीति हुनुपर्छ, नेपाल राज्य कमजोर भए त्यसको असर दुवै छिमेकीलाई पर्न सक्छ।"


"चीनले पनि हिमाली क्षेत्र एक प्रदेश भन्यो भने के हुन्छ? जातीय पहिचान कायम राख्ने नाममा देशकै पहिचान गुम्ने खतरा बढ्यो।"- भेषबहादुर थापा

परराष्ट्र मामिला विज्ञ









"मधेसमा एक वा दुई प्रदेश र पहाडमा उत्तर-दक्षिण कायम नगरी धेरै जातीय राज्य निर्माण गर्दा आफ्ना विरोधीहरूले खेल्न सक्छन् भन्ने चीनको बुझाइ छ, यसैले चीन उत्तर-दक्षिणको संघीयता चाहन्छ।"- मदन रेग्मी

अध्यक्ष, चीन अध्ययन केन्द्र




"आफ्नो सीमा जोडिएको हिमाल र पहाडलाई संघीयताको आडमा प्वाल पार्ने र त्यही आडमा तिब्बतमार्फत आफूलाई तनाव दिने कुरा चीनले किन मान्थ्यो ?"- चक्र बाँस्तोला

पूर्वपरराष्ट्रमन्त्री



 छिमेकमै भर

संघीयतामा कुरा मिल्न नसकेपछि नयाँ संविधान जारी नगरी संविधानसभा अवसान भएको थियो। संघीयतामा विदेशी चासो, त्यसमा पनि छिमेकी मुलुक चीन र भारतको चासो सम्बोधन नगर्ने हो भने संघीयतासहितको संविधान बन्ने सम्भावना कम देखिँदै आएको छ। प्रमुख राजनीतिक दलका नेताहरूले समेत संघीयतामा चीन र भारतको सुरक्षा चासोलाई सम्बोधन नगरे संविधान बन्ने सम्भावना कम देखेको दुर्भाग्यपूर्ण स्थिति छ।

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संघीयतामा जाँदा उत्तर र दक्षिणका चासोलाई ध्यान दिनुपर्ने सार्वजनिक रूपमै व्यक्त गरसिकेका छन्। चाहे एमाले अध्यक्ष झलनाथ खनाल होऊन् वा मधेसी मोर्चाका नेताहरू, उनीहरूले संघीयतामा छिमेकीको चासोलाई सम्बोधन गरिनुपर्ने, नत्र मुलुक संघीयतामा जान नसक्ने बताइसकेका छन्।

२० भदौमा नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य पूर्णबहादुर खड्काले संघीयताका विषयमा छिमेकी चीन र भारतसँगै वार्ता गरेर समस्या सुल्झाउन जोड दिए। उनले त भने नै, "चीन र भारतले आफ्नो राष्ट्रिय सुरक्षाको प्रतिकूल देखिने अवस्थासम्म संविधान बन्न सहयोग गर्दैनन्।"

अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारीको आशय पनि यस्तै थियो। भण्डारीले भने, "संघीयतासम्बन्धी निर्णय नेपालका राजनीतिक दल र तिनका नेताहरूको हातमा नभएर बेइजिङ् र दिल्लीको हातमा पुगेको छ। हिमाल, पहाड र तराईमा कति प्रदेश बनाउने भनेर हामीले माओवादीसँग होइन, चीन र भारतसँग वार्ता गर्नुपर्छ।"
 http://www.ekantipur.com/nepal/article/?id=4321

Friday, June 14, 2013

बाजा बजाएर छापा !

अब सरकारले कालाबजारी तह लगाउने भएछ। अपराधी र गुन्डाहरूको त दोहोलो काढ्ने भएछ। नपत्याए, प्रहरीलगायत सरकारी निकायका घोषणा हेर्नूस्! अपराधी र गुन्डा नियन्त्रणका लागि प्रहरीले फेहरस्ित नै सार्वजनिक गर्‍यो। वाणिज्य विभागले पनि हत्तपत्त कालाबजारीलाई तह लगाउने घोषणा गर्‍यो। यसअघि उच्च माध्यमिक शिक्षा परष्िाद्ले निजी उच्च माविहरूले कुस्त आम्दानी भित्र्याएपछि त्यसैगरी तामझाम देखाएको थियो, अनुगमनका नाममा।

हुन पनि यो मुलुकमा नियामक वा कानुन कार्यान्वयन गराउने निकायले आफ्नो काम वर्षमा एकचोटि गरे पुग्छ। त्यसैले उनीहरू कामभन्दा पहिले योजनाको तामझामपूर्ण प्रचार गर्छन् अनि झ्याली पिटेको शैलीमा छापा मार्न जान्छन्। अजब नेपालमा गजब काइदा!
http://www.ekantipur.com/nepal/article/?id=4206

विवाहेतर सम्बन्ध : विखण्डनको बीउ


दाम्पत्यबाहिर बरालिने जोडीको पारिवारिक जीवन धरापमा


प्रतिष्ठित एक अन्तर्राष्ट्रिय गैरसकारी संस्था (आईएनजीओ)को वित्त विभागमा कार्यरत एक महिलाको काठमाडौँका पुरुषसँग प्रेमविवाह भयो, २०५७ सालमा। पत्नीको राम्रो कमाइ, पतिको प्रशस्त पुख्र्यौली सम्पत्ति। पुतलीजस्ती प्यारी छोरी। झट्ट हेर्दा 'सानो परिवार, सुखी परिवार' जस्तो लाग्छ। तर, यस जोडीको दाम्पत्य जीवन भने सुखी रहेन। 

आफ्नो जागिर नभएकाले ती पुरुषले काभ्रेको बनेपामा घर सजावटका सामानको पसल थापे। पसलमा एक युवतीलाई कर्मचारीका रूपमा राखे। पत्नी लामो समय कार्यालयकै काममा व्यस्त रहने, बेलाबेला स्वदेशकै विभिन्न क्षेत्र र विदेशसमेत गइरहने। घर, अफिस, सामाजिक व्यवहार, छोरीको हेरचाह सबै गर्दा सधैँ व्यस्तता र थकान। 

पतिको झुकाव भने तिनै कामदार युवतीप्रति बढ्न थाल्यो। सुरुमा व्यावसायिक सम्बन्ध हुँदै बिस्तारै ती दुई प्राणी कति नजिक भए भने शारीरकि सम्बन्ध पनि सामान्य बन्दै गयो। आफ्नो घर र पत्नी दोस्रो प्राथमिकतामा पर्ने भइहाल्यो।

ती पुरुषले घरपरविारलाई दिने समयमा कटौती गर्नुलाई पतिको व्यस्तताकै रूपमा बुझिन्, पत्नीले। ती युवतीसँग हुने टेलिफोन वार्ता, मोबाइल सन्देश, कहिलेकाहीँ गाडीमा सँगै रहेको देखिनु पनि उनका लागि सामान्य थियो। व्यापारमा बढी समय लगाउँदा आम्दानीका साथै सामाजिक प्रतिष्ठा बढेकै ठान्थिन्। आफ्नो काममा व्यस्त रहने उनले न पतिको पिछा गर्न सकिन्, न त्यसो गर्नु आवश्यक नै ठानिन्। तर, उनको दाम्पत्यमा तेस्रो व्यक्तिले प्रवेश गरसिकेको थियो। 

सात वर्षसम्म कुनै आशंका नगरेकी पत्नीले अन्ततः चाल पाइन्, पसलमा सहयोगीका रूपमा राखेकी तिनको पेटमा आफ्ना पतिको गर्भ हुर्किरहेको। त्यसयता उनीहरूको दाम्पत्यमा धाँजा फाटेको छ। पति ती युवतीलाई ससम्मान घर भित्र्याउने तरखरमा छन् भने पत्नी न घर बस्नु, न छाडेर जाने अवस्थामा।

नेपाली समाजमा विवाहेतर सम्बन्धका कारण दाम्पत्य जीवन कसरी धरापमा पररिहेको छ भन्ने ज्वलन्त उदाहरण हो, यो। पतिपत्नीको फरकफरक क्षेत्रको व्यस्त दिनचर्याले परिवारको संरचनालाई नै कसरी खोक्रो बनाइरहेको छ भन्ने दृष्टान्त पनि छ यसमा। विवाहेतर सम्बन्ध नेपाली समाजमा अपवाद रूपमा होइन, समग्र प्रवृत्तिका रूपमा स्थापित हुने तरखरमा छ। दाम्पत्य सम्बन्ध जति कसिलो, रसिलो र विश्वासिलो बन्नुपर्ने हो, त्यति पनि हुन सकेको छैन।

जिल्ला अदालत, प्रहरी कार्यालय, राष्ट्रिय महिला आयोग, अधिकारवादी संघसंस्थादेखि प्रधानमन्त्री तथा मन्त्रिपरष्िाद् कार्यालयसम्म न्यायका लागि गुहार्न पुग्नेहरूको संख्याले पनि विवाहेतर सम्बन्धको आकार र मात्रालाई देखाउँछ, जसले आफ्नो जीवनसाथी वा संगिनी अर्कैसँग समय बिताउन थालेका कारण आफू पीडित भएको गुनासो गररिहेका हुन्छन्। ती निकायमा पुगेका घटना केलाउने हो भने समाजमा विवाहेतर सम्बन्धका कारण छँदाखाँदाका युगल जोडी मात्रै छुट्टँिदै छैनन्, यसैका कारण परिवारमा थप तनाव, हिंसा, झैझगडाले समेत विकराल रूप लिइरहेको देखिन्छ। जस्तो : दाङमा कार्यरत एक सरकारी अधिकृत आफू जहाँजहाँ सरुवा हुन्छन्, पत्नी र छोरा पनि साथै लैजान्छन्। तर, उनको लगाव भने अर्कै युवतीतिर बढी छ। ती युवती पनि सरकारी जागिरमै छिन्, जससँग बारम्बार भेट गररिहन्छन् ती अधिकृत।

हाल हिमाली क्षेत्रको महिला विकास कार्यालयमा सुपरभाइजर रहेकी ती युवती अहिले फरक जिल्लामा पुगे पनि यसअघि उनीहरू एकै ठाउँमा कार्यरत थिए। ती दुईको हिमचिमले पत्नी भने चर्को मानसिक तनावमा छिन्। उनका भनाइमा, पतिले न पहिलेजस्तो प्रेम गर्छन्, न त सम्मान नै। आफूलाई हेला गर्न थालेको महसुस भएपछि उनी महिला आयोगलाई गुहार्न पुगेकी छन्।

राष्ट्रिय अनुसन्धान विभागका एक अधिकृतकी पत्नीले त पतिको बाहिरी सम्बन्धका कारण आफू भौतिक यातना र दुव्र्यवहारको सिकार हुनुपरेको उजुरी गरेकी छन्, आयोगमा। हुन पनि ती महिला अहिले घर न घाटको अवस्थामा छिन्। उनीसँग सुमधुर सम्बन्ध छँदै ती अधिकृतले चिनेको एक व्यक्तिलाई ऋण दिन भन्दै कागजमा सही गर्न लगाए। त्यसको एक महिना नबित्दै सोही कागज देखाउँदै पतिले 'तँलाई मैले अंश दिइसकेँ, अब हाम्रो सम्बन्ध सकियो' भन्दा पो छाँगाबाट खसेजस्तै भइन्। अंश दिएपछि सम्बन्धविच्छेद भएसरह मानिन्छ। सरकारी जागिरे महिलासँग ती अधिकृतको उहिल्यैदेखि सम्बन्ध रहेको धेरै ढिलो चाल पाइन्।



 

पत्नीपीडित पुरुष पनि
यो त भयो पुरुषको विवाहेतर सम्बन्धका कुरा। पत्नीको त्यस्तै अवैध सम्बन्धका कारण पीडित बनेका पुरुषको संख्या पनि कम छैन। इराक छिर्दा सर्लाहीका सञ्जय महतको सपना पत्नीलाई सुखसँग पाल्ने र छोरीलाई स्तरीय शिक्षा दिनेबाहेक केही थिएन। यही सपना बोकेर उनले जोखिम मोलेरै नेपालीका लागि प्रतिबन्धित मुलुक इराक गएर पसिना बगाए। दुई वर्षपछि नेपाल फर्किंदा उनीसँग न पत्नी घरमा थिइन्, न त आफूले पठाएको पैसा नै। फोन गर्दा 'अबदेखि मलाई नखोज्नू, मैले नयाँ साथी पाइसकेँ' भनेर जवाफ फर्काइन्। न्यायको खोजीमा महत महानगरीय प्रहरी परसिर ललितपुरको शरणमा पुगेका छन्।

युवाहरू वैदेशिक रोजगारमा जाने क्रमसँगै विवाहेतर सम्बन्धमा पनि बढोत्तरी आएको छ। विदेशबाट पठाएको रकममा स्वदेशमा रहनेले मोजमस्तीपूर्ण जीवन जिउने र त्यही क्रममा विवाहेतर सम्बन्ध राख्ने गरेको ललितपुर प्रहरी परसिरका उपरीक्षक वसन्तराज पन्त बताउँछन्। भन्छन्, "अब प्रहरीले समेत हेरेर नभ्याउने अवस्था आइसक्यो।" विदेश जाने महिलाको भन्दा पुरुषको संख्या बढी भएकाले यस्ता घटनामा पुरुष बढी पीडित हुने गरेको प्रहरीको भनाइ छ। 

नेपालमा विवाहेतर सम्बन्धबारे छुट्टै अनुसन्धान भएको छैन। त्यसैले विवाहेतर सम्बन्धको आकार र यसले पारेको सामाजिक प्रभावका सम्बन्धमा यकिन गर्ने कुनै पनि सूचकांक उपलब्ध छैन। तर, समग्र पारविारकि विवादका मुद्दा मुलुकभरका जिल्ला अदालतमा आर्थिक वर्ष ०६७/६८ मा २८ हजार ४ सय २१ थिए। तीमध्ये पतिपत्नीको सम्बन्ध प्रमुख रूपमा जोडिने मुद्दा जारी, नाता कायम, बहुविवाह, माना चामल र सम्बन्धविच्छेद पर्छन्। यी मुद्दा मात्रै ९ हजार ४ सय ६५ थिए। त्यसैगरी प्रहरी प्रधान कार्यालय, महिला तथा बालबालिका सेवा निर्देशनालयमा ०६८/६९ मा २ हजार २ सय ५० घरेलु हिंसाका घटना रेकर्ड भएका छन्। यी सबै घटना विवाहेतर सम्बन्धका कारण नभए पनि अधिकांशमा दम्पतीकै कारण हुन्छन्। अधिवक्ता केशवराज अर्याल भन्छन्, "लोग्नेस्वास्नीको झगडाको अधिकांशतः यौन नै प्रमुख कारण हुन्छ। असन्तुष्टिका अरू धेरै कारण हुन सक्छन् तर त्यसको परण्िाामचाहिँ विवाहेतर सम्बन्ध हुन्छ।"

घर-समाजका सबै घटना प्रहरी र अदालतसम्म पुग्दैनन्। समाजका निकै कम घटना मात्रै सरकारी निकायमा पुग्छन्। त्यसमा पनि दम्पतीको मामिला व्यक्तिगत भन्दै गाउँघरमै सामसुम पार्ने गरन्िछ। त्यसैले माथिको तथ्यांक छिटपुट घटनाको मात्रै हो। यति हुँदा पनि वाषिर्क हजारौँ दम्पती अदालत र प्रहरीसम्म उपचार खोज्न पुग्छन्। अझ, करबि ६ हजार दम्पती कानुनी रूपमा छुट्टन्िछन् भने वर्षमा साढे तीन सय महिलाले आफ्नो श्रीमान्को विवाहेतर सम्बन्धलाई वैधता दिन अस्वीकार गरेको देखाउँछ। र, यो दर बर्सेनि उकालो लागिरहेको छ -हेर्नूस्, रेखाचित्र)। यसले पनि जीवनभर सँगै रहने कसम खाएर गरनिे विवाहहरू दुर्घटनाग्रस्त हुने क्रम एकपछि अर्को बढेको प्रस्ट्याउँछ। प्रकारान्तरले यो पनि विवाहेतर सम्बन्धको बढ्दो क्रमकै द्योतक हो।





'लिभिङ् टुगेदर’को तनाव
प्रहरी र महिला आयोगमा परेका घरेलु हिंसाका उजुरीमध्ये अधिकांश पतिपत्नीको बाह्य सम्बन्धकै कारण उब्जिएका विवाद छन्। आयोगकी अध्यक्ष शेष चाँदतारा भन्छिन्, "आयोगमा परेका उजुरीमध्ये ९० प्रतिशत बाह्य सम्बन्धकै उपज हुन्।" आयोगमा आर्थिक वर्ष ०६७/६८ मा घरेलु हिंसा र महिला हिंसामा ३ सय ३७ उजुरी परेका थिए। डेढ वर्षअघि महिला आयोगका लागि 'लिभिङ् टुगेदर'बारे अनुसन्धानका क्रममा तीन किसिमका बाह्य सम्बन्ध राख्ने विवाहित व्यक्तिहरू भेटिएको पूर्वनायव महान्यायाधिवक्ता चेतनाथ घिमिरे बताउँछन्। ती हुन्, रोजगारका लागि सहर छिरेका पुरुष, वैदेशिक रोजगारका लागि बाहिरएिका र उच्च मध्यमवर्गीय महिला। 

घिमिरेका अनुसार गाउँबाट सहर छिरेका पुरुष शारीरकि आवश्यकताका लागि त्यस्तो सम्बन्ध गाँस्छन् भने पति वैदेशिक रोजगारमा गएका महिलाहरू शारीरकि आवश्यकतासँगै सुरक्षाको लालसाले। "पति विदेश गएपछि महिलाले आफूलाई असुरक्षित ठान्ने रहेछन्। त्यसैले कुनै पुरुषको सहायता खोज्छन्," घिमिरे भन्छन्, "त्यसपछि उनीहरू सँगै रेस्टुराँ र सिनेमा हल पुग्छन्। अनि, अन्तरंग सम्बन्धसमेत कायम गर्छन्।" बाह्य सम्बन्धमा रहेका उच्च तथा मध्यम वर्गीय महिलाले भने पतिबाट यौन सन्तुष्टि पाउन नसकेका कारण विकल्प खोजेको अनुसन्धानका क्रममा खुलेको थियो। "यीमध्ये पनि बढीजसोले पतिले चाल नपाउने गरी धनाढ्य व्यक्तिसँग सम्बन्ध कायम गरेको पाइयो," घिमिरे थप्छन्।

समाजको चरत्रि, संरचना, आर्थिक क्रियाकलापमा व्यक्तिको पहुँचमा आएको फेरबदलले पनि धेरैलाई आफ्नो वैवाहिक सम्बन्धको घेरा तोड्ने अवसर र प्रेरणा दिइरहेको छ। विवाह, यौन, प्रेम, दाम्पत्य सम्बन्धबारे कतिपय पुराना मान्यता भत्किँदै छन् भने नयाँ स्थापित भइसकेका छैनन्। धर्म र पापको अवधारणाले समाजलाई धेरै हदसम्म अनुशासनमा बाँधेको थियो। तर, अहिले ती मान्यता हराउँदै छन्। कुनै बेला सबैजसो नेपालीको पेसा कृषि थियो। पतिपत्नी प्रायः सँगसँगै कार्यक्षेत्रमा हुन्थे। कम्तीमा दिनभर िआ-आफ्नो काममा खटिए पनि साँझ जसरी पनि एकठाउँमा भेला हुन्थे। भावना साटासाट गर्थे। मनमा लागेका कुरा ठाउँको ठाउँ भन्न सक्थे। ती अवसर आपसी आशंका मेट्ने वा प्रस्टीकरण दिने अवसर पनि थिए। सजिलो-अप्ठ्यारो, क्रिया-प्रतिक्रिया, सुख-दुःख हरेक चरणमा साथै हुन्थे। हदै भए १० देखि ५ बजेसम्मको सरकारी जागिर खान्थे। तर, आजका दम्पतीको दैनिकी र कार्यक्षेत्र मात्रै बदलिएको छैन, सोचाइ र व्यवहारमै आनका तान फरक परेको छ। 

त्यसमा पनि रोजगारमुखी बन्दै गएको दम्पती कामको सिलसिलामा धेरै समयका लागि टाढाटाढा पनि पुग्न थालेका छन्। रात, दिन, नजिक, टाढा नभनीकन उनीहरू आफ्नो काममा खट्छन्। "हरेक मान्छेलाई गाँस, बास, कपासपछि प्रेम, यौन र भावनात्मक सम्बन्धको खाँचो पर्छ," प्रजनन स्वास्थ्य परामर्शदाता रेखा जोशी भन्छिन्, "लामो समय पति वा पत्नीसँग टाढा हुँदा जो नजिक छ, उसैसँग भावनात्मक र संवेगात्मक लगाव बढ्न पुग्छ।" घर-परिवारलाई पर्याप्त समय दिन नसक्नु विवाहेतर सम्बन्धको एउटा कारण मान्छिन्, जोशी। 

नयाँपन खोज्दै सम्बन्ध
अधिकारकर्मी एवं अधिवक्ता सपना प्रधान मल्ल दाम्पत्य सम्बन्ध र मायाको अभिव्यक्ति निरस भएमा मानिसहरू नयाँपनको खोजीमा अरूको संगतमा पुग्ने गरेको बताउँछिन्। "हामीमध्ये धेरैले सम्बन्धलाई पुनःताजगी दिइरहेका हुँदैनौँ। मेरै त हो नि, जसरी राखे पनि भइहाल्छ नि भन्ने सोचिरहेका हुन्छौँ," उनी भन्छिन्, "तर, मान्छेको मन नयाँ कुराप्रति आकषिर्त हुन्छ र यही चाहनाले उसलाई बाह्य सम्बन्ध स्थापित गर्न प्रेरति गररिहेको हुन्छ।" 

उनको विश्लेषणमा, महिलाका आर्थिक क्रियाकलापमा पहुँचसँगै स्वतन्त्रतासमेत ल्याइदियो। गृहिणी र खेतीपातीको काममा खुम्चिएका महिलालाई थोरै संख्यामा भए पनि कामकाजी तथा आत्मनिर्भर बनाइदियो। "बाह्य सम्पर्क बढेपछि त्यसले सम्बन्धको संरचनामा समेत असर गर्ने नै भयो," उनी भन्छिन्, "अहिले महिलाहरूले मेरो अर्को व्यक्तिसँग सम्बन्ध छ, त्यसैले म सम्बन्धविच्छेद गर्न चाहन्छु भनेर ठाडै जाहेरीसमेत दिन थालेका छन्।" 

अधिकारप्रतिको सचेतना, सम्मानपूर्ण व्यवहारको अपेक्षा, व्यक्तिगत इच्छाविपरीत कुनै पनि कार्य नसहने मान्यता र अवधारणाले सम्बन्ध बढी स्वच्छन्द बन्दै गएको मल्लको ठहर छ। महिला आयोगकी सदस्य मोहना अन्सारी दोहोरो सम्बन्ध राख्ने महिला र पुरुष दुवैलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने पक्षमा छिन्। भन्छिन्, "युरोपतिर सम्बन्धविच्छेदलाई खुकुलो बनाइएको छ तर पतिपत्नी सँगै हुँदाहुँदै बाहिर सम्पर्क गर्न छूट छैन।" 

सहरका भित्री गल्लीदेखि जंगल र खेतका बीच, नदीका किनार, पहाडका टाकुरासम्म फैलिएका होटल, लज, रेस्टुराँ र रसिोर्ट विवाहेतर सम्बन्धका लागि उचित गन्तव्य बनेका छन्। कतिपयले बाह्य सम्बन्धकै लागि महँगा अपार्टमेन्टसमेत भाडामा लिएको पाइन्छ। केही उद्यमी-व्यवसायी तथा सार्वजनिक चिनारी भएका सेलिबि्रटीहरूले गोपनीयताकै लागि आफ्ना यौनसाथीलाई निश्चित अवधिमा भारतका विभिन्न सहर, थाइल्यान्डको बैंकक, मलेसिया, सिंगापुरलगायत मुलुकमा समय बिताएर समेत सम्बन्धलाई निरन्तरता दिइरहेका छन्। 

काठमाडौँका उच्च घरानियाँभित्र कुन हदसम्मका घटना भेटिएका छन् भने पति र पत्नीले सहमतिमै फरक यौनसाथी रोजेर राख्ने गरेका छन्। "झट्ट हेर्दा ती व्यक्ति अहिले पनि पतिपत्नीजस्ता देखिन्छन्। एउटै गाडीमा भोजभतेर वा पारिवारिक जमघटमा सामेल हुन्छन्," एक वरष्िठ अधिवक्ता भन्छन्, "तर, घर पुगेपछि उनीहरू अलग-अलग सुत्छन्।"

समाजको एक तहमा छाक टार्नका लागि यौन व्यवसायमा लाग्नुपर्ने बाध्यता छ। कतिपय पुरुषले पत्नीलाई नै देहव्यापारमा लगाएका घटना पनि सार्वजनिक नभएका होइनन्। "तर, समाजको तल्लो वर्ग र सडकमा के कति भएको छ भन्ने कुराले खासै अर्थ राख्दैन र यसले विवाहेतर सम्बन्धको प्रमुख प्रवृत्तिको प्रतिनिधित्व पनि गर्दैन," महानगरीय प्रहरी अपराध महाशाखाका वरष्िठ उपरीक्षक देवेन्द्र सुवेदी भन्छन्, "उच्च आर्थिक हैसियत भएको वर्ग जुन छ, त्यहाँ यो समस्या डरलाग्दो छ।" 




हाई प्रोफाइलका विचलन
उच्च आर्थिक हैसियत र शक्तिको आडमा हुर्किएको विलासी प्रवृत्ति विवाहेतर सम्बन्धको सबैभन्दा उर्वर ठाउँ बनेकामा प्रजनन स्वास्थ्य परामर्शदाता जोशी पनि सहमत छिन्। काठमाडौँमा देखिएका हाई प्रोफाइलका पछिल्ला केही घटनाले समेत यसको पुष्टि गर्छन्। जस्तो : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का छोरा प्रकाश विवाहित पत्नी र छोरालाई छाडेर विद्यार्थी नेतृ बिना मगरसँग भूमिगत छन्। सशस्त्र प्रहरीका नायब महानिरीक्षक रञ्जन कोइरालाले आफ्नी पत्नी गीता ढकालको हत्या गरेको आशंकामा प्रहरीले पक्रेपछि खुल्यो, उनको सम्बन्ध वैदेशिक रोजगार व्यवसायरत महिलासँग रहेछ। 

उता, स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीकी पत्नी योगमाया बुटवल, लक्ष्मीनगरका रामबहादुर कार्कीसँग बस्ने गरेको तथ्य धेरै पछि खुल्यो। ०४५ मा रायमाझीसँग प्रेमविवाह गरेकी योगमाया बन्जाडे (सीमा)ले ०६२ सालदेखि कार्कीसँग सम्बन्ध रहेको र आफूले तीन-चार महिनाअघि मात्र विवाह गरेको कुरा रूपन्देही अदालतमा कार्कीविरुद्ध अंशमुद्दा दायर गरेपछि खुल्यो।

एकातिर विवाहितसँगको सम्बन्ध तोड्न नचाहने र अर्कातिर लुकिछिपी बाह्य सम्बन्ध पनि राख्ने प्रवृत्ति नै समस्याको जड बनेको छ। यसमा कुनै व्यक्ति विशेषको आचरण मात्रै जिम्मेवार छैन, यो समाजको प्रवृत्ति नै बन्दै छ। तर, आफ्नो वैधानिक संस्था र सम्बन्धलाई खल्लो बनाएर सन्तुष्टि र फेसनका नाममा बाहिर बरालिने यही प्रवृत्ति पारिवारिक विखण्डनको कारक बनेको छ। जोशी भन्छिन्, "देखासिकी, भोगविलास र अल्पज्ञानका कारण धेरै पतिपत्नी यसतर्फ लागेका छन् तर यौन जीवनलाई राम्ररी बुझ्ने हो भने यसरी बरालिनै पर्दैन।" 

विवाहेतर सम्बन्ध र कानुन
सामान्यतः जुनसुकै मुलुकको कानुन र समाजमा विवाहेतर सम्बन्ध बर्जित छ। नेपाली समाजले पनि यस्तो सम्बन्धलाई मान्यता दिएको छैन। तर, कानुन भने खुकुलो बन्दै छ। ०५८ अघिसम्म पत्नीले अर्को पुरुषसँग करणी गराएको ठहरेमा स्वतः सम्बन्धविच्छेद हुने कानुन थियो। मुलुकी ऐन २०२०, लोग्नेस्वास्नीको महलको २ नम्बरमा भएको उक्त व्यवस्था संशोधनपछि अर्को पुरुषसँग विवाह गरेमा मात्रै स्वतः सम्बन्धविच्छेद हुने व्यवस्था आयो। त्यसपछि परपुरुषसँग सम्बन्ध राख्दैमा सम्बन्धविच्छेद नहुने तर्क गर्न थालिएको छ। यद्यपि, करणी गराएको प्रमाणित गर्न सजिलो छैन, जुन गोपनीयताको हकविरुद्ध हुन्छ। पत्नीका हकमा पनि पतिले परस्त्रीसँग करणी गरेको ठहरेमा सम्बन्धविच्छेद गर्ने एउटा आधार हुने उल्लेख छ।

वैवाहिक सम्बन्धमा पनि बलात्कार हुने भन्दै कानुनमा तीनदेखि ६ महिनासम्म कैद र जरविानाको व्यवस्था छ। "यसले पतिपत्नीको यौनसम्बन्धलाई सीमित पारेको छ," अधिवक्ता केशवराज अर्याल भन्छन्, "यसले पनि पुरुषलाई अन्य विकल्प खोज्नुपर्ने अवस्थासम्म पुर्‍याएको छ।" कतिपय कानुनले सम्बन्धविच्छेद गर्न नमिल्ने तर पतिपत्नी छुट्टएिर बस्ने व्यवस्था गरेका छन्। पतिले खानलगाउन दिएन भनेर अंश दाबी गर्न मिल्ने कानुन छ। अदालतमा अंश मुद्दा परेपछि अलग बसेको वा मानोचुलो छुट्टएिको मानिन्छ।

महिलाले अर्कोसँग विवाह गर्नेबित्तिकै स्वतः सम्बन्धविच्छेद हुन्छ तर पुरुषको हकमा जतिसुकै असन्तोष भए पनि उसले छोडपत्र गर्नै नपाउने अवस्था छ। महिलाले नचाहे करबिकरबि विच्छेद असम्भव छ। अधिवक्ता अर्याल भन्छन्, "पत्नीबाट असन्तुष्ट पुरुषले अर्कोसँग सम्पर्क गर्न पाउँदैन तर पत्नीको विवाहेतर सम्बन्धचाहिँ विवाहमा परण्िात हुन्छ।"

'यसकारण बाहिरी हिमचिम’- रेखा जोशी

भोक, तिर्खा लागेजस्तै शरीरले यौन पनि माग गर्छ। कुनै वर्ग वा समुदाय छुट््याउँदैन यौन व्यवहारले। तर, उच्च/मध्यम वर्गका मानिस देशविदेश घुमिरहेका हुन्छन्। उनीहरूले यौन मनोविज्ञान र यौन दर्शन बुझेका हुन्छन्। देशविदेशको यात्राले गर्दा पति वा पत्नीबीच लामो समयसम्म सम्बन्ध नहुन सक्छ। यस्तो अवस्थामा सुरक्षित तवरले सम्बन्ध राख्न तयार हुन्छन्।

यौनिकतामा प्रेम पनि महत्त्वपूर्ण पक्ष हो। पतिबाट यौन सुख पाए पनि कुनै महिलाले प्रेम नपाएको हुन सक्छ। त्यो कुरा उसले कार्यालयको सहकर्मीबाट पाएको हुन सक्छ। उसलाई हेरेर, सँगै खाएर वा यस्तै अन्य क्रियाकलापद्वारा प्रेमको वाष्पीकरण भइरहेको हुन सक्छ। यहाँ यौन हुनैपर्छ भन्ने छैन। अर्को अवस्थामा शारीरकि सम्बन्ध नै हुन्छ। उनीहरूले एचआईभी, यौनरोग, अनिच्छित गर्भबारे राम्ररी बुझेका छन्। यी तीनवटै कुराको तालमेल मिल्दा समस्या आउँदैन भन्ने जानेका हुन्छन्। अनिच्छित गर्भ रहेपछि त्यो कुरा बाहिर प्रचारमा आउँछ। तल्लो वर्गका मानिसको 'अफेयर' चाँडै बाहिर आउने कारण यही हो।

धेरै दम्पती सँगै बस्दा पनि यौन जीवनमा सन्तुष्ट हुँदैनन्। प्रेमको अनुभूतिको अभाव वा सहधर्मीको अरूसँग सम्बन्धका कारण पनि यसो भएको हुन सक्छ। पत्नीले पतिबाट यौन मात्रै होइन, सुरक्षा वा अभिभावकत्व पनि खोजिरहेकी हुन्छिन्। यी कुरा नपाउँदा स्वतः दुवै बिस्तारै टाढिन्छन्। आफूलाई मूल्यांकन गर्छन्। सहधर्मीमा समस्या देख्छन् र विकल्प खोज्छन्।

एउटालाई चाहना भएका बेला अर्कोलाई मन नलाग्ने, अरू नै बहाना बनाउने कारण पनि दम्पतीबीच असन्तुष्टि बढ्छ। कसैको व्यवहार नै हिंसात्मक हुन्छ, अर्कोलाई त्यो मन पर्दैन। र, भद्र साथी खोज्छ। कतिपय यस्तो राम्रो होइन भन्ने अनुभूत गरेर पुरानैकहाँ फर्किन पनि सक्छन्। 

केही भने यौनप्रतिको भ्रमका कारण बाहिर बरालिन्छन्। जस्तो : लामो समयसम्म यौन क्रियाकलाप भए मात्रै चरम सुख पाइने, यौनांग ठूलो हुनुपर्ने, रूपरंग राम्रो हुनुपर्ने आदि। तर, मनका कुरा खोल्न सक्ने साथीबाट सन्तुष्टि पाउन सकिन्छ भन्ने बुझ्दैनन्। सबथोक बुझेको ठान्नेले पनि यौनबारे नबुझेको हुन सक्छ। कतिपय आफूलाई नियन्त्रण गर्न सक्दैनन् र यौन नै सबै चीज हो भन्ने ठान्छन्। आधुनिकताका नाममा पनि गलत बाटोतिर गइरहेका छौँ।

अस्थिर राजनीति पनि यसको एउटा कारक हो। खुलेआम यौन बेच्न हुने वा नहुने भन्नेबारे राज्यले सोच्न पाएकै छैन। नियम बनाउन सकेकै छैन। जे पनि गर्न पाइन्छ भन्ने मानसिकता छ। बालबालिकालाई नैतिक शिक्षा र संस्कार सिकाउने कसैलाई फुर्सदै छैन। यसले भोलिको पिढी कस्तो हुने हो भन्ने चिन्ता छ। 
(प्रजनन स्वास्थ्य परामर्शदाता जोशीसँगको कुराकानीमा आधारति।)


'विचलन हो स्वच्छन्द सम्बन्ध’
यौनलाई सामाजिक मान्यता प्रदान गर्न विवाह आवश्यक परेको हो। अर्थात्, निश्चित व्यक्तिबीच मात्र यौन सम्बन्ध रहोस्, वंशको निरन्तरता होस्। विवाहले यौनलाई नियमित त गर्‍यो तर नियन्त्रण गरेन। त्यसैले विवाहेतर सम्बन्ध पनि स्थापित भयो। आमरूपमा समाजले यसलाई अनैतिक र अमर्यादित मानेको छ।

केही जातिमा मीत लगाएपछि एक रातका लागि पत्नी साट्ने चलन छ। सहरका कुलीनहरूमा पत्नी साट्ने पार्टी नै हुन थालेको पनि सुनिएको छ। यो उग्र उपभोक्तावादी व्यवहार हो। अति आधुनिक हुने नाममा यस्तो भइरहेको छ। बाध्यताले होस् वा अरू कारण, आफ्नै पत्नीलाई यौनजन्य व्यवसायमा लगाएको पनि पाइन्छ। पत्नीलाई पठाएर आम्दानी गर्ने पनि छन्, समाजमा। यसैले अमर्यादित, अनैतिक र प्रतिबन्धित भन्दाभन्दै पनि व्यवहारमा रहेको र समाजले कुनै न कुनै रूपमा मान्यता दिएको कुरा हो यो। 

यतिबेला २० देखि ४० वर्ष उमेरका लाखौँको संख्याका पुरुष बाहिर छन्। ती बाहिर हुँदैमा विवाहेतर सम्बन्ध हुन्छ नै भन्ने होइन। तर, यसले प्रमुख रूपमा आधार प्रदान गरेको छ। गाउँबाट सदरमुकाम, सहर, राजधानी हुँदै विदेशसम्म पुगेको बसाइँसराइको प्रवृत्ति, एकल परविार र बढ्दो सहरीकरण विवाहेतर सम्बन्धका लागि अरू आधार हुन्। गाउँबाट सहर आउँदा कुनै व्यक्ति/परविार एक्लो आउँछ, उसको समाज, सामाजिक सम्बन्ध र कतिपय सामाजिक मान्यतासमेत उतै छाड्छ। उसका विधि र व्यवहार सामाजिक, मर्यादित र नियमित छन् कि छैनन् भनेर निगरानी राख्ने कोही हुँदैन। ऊ जोसँग डराउनुपर्ने हो, त्यो नभएपछि स्वच्छन्द बन्छ। त्यसैले बदलिँदो पारविारकि संरचना विवाहेतर सम्बन्धको अर्को आधार हो।

मान्छेलाई सामाजिक प्राणी भन्न त छाडेका छैनौँ तर ऊ कति वैयक्तिक, आत्मकेन्दि्रत र भोगी बन्दै छ भने उसलाई अरू मान्छेले के सोच्छन्, के गर्छन् भन्ने कुराको कुनै पर्वाह हुँदैन। हरेक व्यक्तिमा यो मेरो जिन्दगी हो, मलाई अरू कसैको वास्ता छैन भन्ने सोचाइ विकसित भएको छ। यही कारण 'यो उसको मामला हो' भनेर बेवास्ता गरििदने समाज पनि तयार भइसकेको छ। सहर र बजारमा यस्तो जनसंख्या हुन्छ, जहाँ समुदायको निगरानी हुँदैन। कहिलेकाहीँ छापा मार्नेबाहेक प्रहरीले समेत निगरानी गर्न सक्दैन। एउटा ठूलो घरमा थुप्रै परिवार बसेका हुन्छन्। एउटा कोठाको गतिविधिबारे चासो राख्ने फुर्सद अर्को कोठामा बस्नेलाई हुँदैन। को आउँछ, को जान्छ भन्ने समेत न घरबेटीलाई चासो हुन्छ, न छिमेकीलाई।

वैवाहिक सम्बन्ध वा संस्थाले मात्रै ती आवश्यकता पूरा गर्ने सामथ्र्य गुमायो। त्यसको विकल्पमा अरू संस्था निर्माण भएका छैनन्। सबै अनियन्त्रित आवश्यकता पूर्ति गर्ने संस्था हुन सम्भव पनि छैन। अनि, सामाजिक र सांस्कृतिक मान्यताबाहिर गएर यौनजस्तो जैविक आवश्यकता पूरा गर्ने क्रम बढ्यो। 

विवाह गरसिकेको तर दम्पती सँगै नबसेको लाखौँको जनसंख्या छ। समाजको निगरानीबाट सजिलैसँग बच्न सक्ने अवस्था छ। परविार, समाज, परम्परा, संस्कृतिसँग केही मतलब हुन छाड्यो। बरू, उमेर छउन्जेल, बैँस छउन्जेल मोज गर्ने हो भन्ने सोचाइ बढ्दै छ। विवाहेतर सम्बन्धमा पनि निश्चित व्यक्तिसँग मात्र सम्बन्ध हुन्छ। एक तहमा प्रेम र स्नेहको मात्रा छ। अर्को भने एकदमै भोगी, विलासी र उग्र छ। जसले जोसँग पनि सम्बन्ध राख्छ। तेस्रोचाहिँ किनबेचको तहमा छ। थुप्रै विवाहिता महिला यौन बेच्न बसेका छन् भने कैयौँ विवाहित पुरुष तिनका ग्राहक छन्।

यस्ता कुरामा समुदायले सधैँ निगरानी गर्न सक्दैन। आमा समूह बनाएर हिँड्न पनि सम्भव छैन। गाउँमा त कतिले गाली गर्छन्, जिब्रो टोक्छन्, मेलापँधेरामा कुरा गर्छन्। त्यसले नियन्त्रण र निगरानी हुन्छ। तर, अब समाज भन्ने नै रहेन। मान्छे समाजबाट टाढा गएर व्यक्तिमा सीमित भयो। अनौठो त के भने, विकसित, पुँजीवादी र उपभोक्तावादी संस्कृतिका मानक मानिने मुलुकमा पनि यहाँजस्तो छैन। कम्तीमा पतिपत्नी सँगै रहेको अवस्थामा ती मुलुकमा अर्को व्यक्तिसँग सम्बन्ध हुँदैन। एउटा मन परेन भने प्रक्रिया पुर्‍याएर उसलाई छाड्छन् र अर्कोसँग जान्छन्। त्यहाँ पुनः विवाह धेरै हुन सक्छन् तर वैयक्तिक तहमा आफ्नो नैतिकता र निष्ठालाई ख्याल गर्छन्। कतिले विवाहेतर सम्बन्धलाई पश्चिमी सभ्यता, संस्कृति वा आधुनिकता भन्छन्। यो हुँदै होइन।

नर्वेमा हुने औपचारकि विवाहमध्ये ६० प्रतिशत विच्छेद हुन्छन्। लिभिङ् टुगेदर वा विवाहअघिको सम्बन्ध यसमा पर्दैन। जहाँ विवाह नगरी सँगै बस्न र बच्चा जन्माउन पाइन्छ। ती बच्चालाई पनि राज्यले स्वास्थ्य, शिक्षाको अवसर दिन्छ। राज्यलाई कर तिर्ने, सम्मान गर्ने, विवाहित पति वा पत्नीप्रतिको निष्ठामा सम्झौता गर्दैनन्। गरे भने त्यो अनैतिक ठहर्छ। हाम्रो समाज आडम्बरी छ। बाहिर मर्यादा, मान र आदर्शका कुरा गर्ने तर वैयक्तिक तहमा नैतिक/निष्ठावान् देखिन नसक्ने। त्यसैको एक कडी हो, विवाहेतर सम्बन्ध। यो विचलन हो। यसले पारिवारिक विखण्डन ल्याउँछ। (मानवशास्त्री ढकालसँगको कुराकानीमा आधारति)