Friday, June 14, 2013

सर्वोत्कृष्ट प्लस टू : Top 10 Ten Plus Two Colleges in Nepal


  • रामबहादुर रावल

Top 10 Plus Two Colleges in Nepal 

माओवादीको सशस्त्र विद्रोह समाप्तिपछिका चार वर्ष राजनीतिक रूपले अस्थिर रहे पनि सामाजिक तहमा आशा र उत्साहका वर्ष थिए। यही अवधिमा गठन भएको संविधानसभा नयाँ संविधान लेख्न अभ्यासरत थियो भने १० वर्ष हतियारबद्ध आन्दोलन गरेको विद्रोही शक्ति शान्तिपूर्ण राजनीतिको मूलधारमा समाहित भएको थियो। यति हुँदाहुँदै पनि शिक्षा क्षेत्रले यसबीचमा शान्तिको सास फेर्न पाएन। बन्द र हडतालका घटना उत्तिकै भइरहे। राज्यले उच्च माध्यमिक शिक्षाको संरचना र भविष्यबारे उचित निर्णय लिन नसक्दा उच्च मावि सञ्चालकहरू अन्योलमै रहे। उच्च माध्यमिक शिक्षा सुरु भएको २० वर्षमा पनि अस्थायी सम्बन्धनलाई स्थायी बनाउने प्रक्रिया थालिएको छैन। बन्द, हडतालका कारण मात्रै नभई कतिपय अवस्थामा परीक्षाअगावै प्रश्नपत्र बाहिरएिको कारणले पनि उच्च मावि -प्लस टू) र विद्यार्थीहरूले राम्रो नतिजा हासिल गर्ने लक्ष्यमा धक्का खेपे। यति हुँदाहुँदै पनि केही उच्च माविहरूले खाने मुखलाई जुँगाले छेक्दैन भन्ने उखानलाई चरतिार्थ गरििदए। 

सर्वोत्कृष्टको प्रतिस्पर्धामा रहेका उच्च माविहरूले पहिलाको भन्दा आफूलाई अब्बल सावित गर्ने प्रयास गरेको देखियो। विद्यार्थी र विद्यालयको बढ्दो आकारसँगै यसबीचमा प्रतिस्पर्धा पनि एकदमै चर्को बन्दै गएको छ। 

यसपालि पनि नेपालको छनोटमा सर्वोत्कृष्टको अग्रपंक्तिमा प्रसादी एकेडेमीले नै आफ्नो नाम सुरक्षित राखेको छ। प्रसादी सर्वोत्कृष्टको सूचीमा पहिलो भएको यो पाँचौँ वर्ष हो। यसैगरी, गत वर्ष मात्रै सर्वोत्कृष्ट १० को सूचीमा चढेको सेन्टमेरजि उच्च माविले यसपटक पनि पुरानै दोस्रो स्थानमा कब्जा जमायो। प्रसादीले ०६५ देखि ०६८ सम्म चार वर्षका आठवटा नतिजामा औसत ९८ दशमलव ८२ अंक प्राप्त गर्‍यो भने सेन्ट मेरजिले करबि दुई प्रतिशत कम ल्याई प्रसादीलाई पछ्यायो। काठमाडौँ मोडल उच्च माविले सेन्टमेरजिसँग झीनो अंकको अन्तरले पोहोरकै तेस्रो स्थानमा चित्त बुझाउनुपर्‍यो। सेन्टमेरजि र काठमाडौँ मोडलको अंक क्रमशः ९६ दशमलव ८५ र ९५ दशमलव ६१ अंक रह्यो। चौथो स्थानमा भने गत वर्षसम्म प्रतिस्पर्धाका लागि मापदण्डमै नपरेको एनसीसीएस उच्च मावि चढेको छ, जसले ९४ दशमलव ३७ अंक प्राप्त गर्‍यो। 

गत वर्ष आठौँ नम्बरमा परेको विराटनगरको कलेज अफ बिजनेस एन्ड सोसल स्टडिजले यसपालि उल्लेख्य प्रगति गरेको देखियो, जो ९२ दशमलव ०२ अंक ल्याएर तीन स्थान माथि उक्लियो। उता गत वर्ष चौथो स्थानमा परेको विराटनगरकै मेरल्ियान्ड उच्च मावि यसपालि ८९ दशमलव ९३ अंकका साथ आठौँ स्थानमा झर्‍यो। चार वर्षको औसत नतिजामा खासै अन्तर नभए पनि नयाँ उच्च मावि एनसीसीएस सर्वोत्कृष्ट सूचीको चौथो नम्बरमा चढेका कारण युनाइटेड एकेडेमी गत वर्षको भन्दा एक स्थान तल झरेको छ। पोखराको सगरमाथा उच्च मावि गत वर्षकै सातौँ स्थानमै रह्यो भने गत वर्ष दसौँ स्थानमा रहेको ग्लोबल म्यानेजमेन्ट कलेज यसपालि एक स्थान माथि उक्लिन सफल भयो। गत वर्ष नवौँ स्थानमा रहेको लिटिल एन्जल्स उच्च मावि यसपालि एक स्थान तल झर्‍यो। विगत वर्षमा उत्कृष्ट १० को सूचीमा रहँदै आएको नेसनल स्कुल अफ साइन्सेस भने यसपालि टप टेनको सूचीबाट बाहिरएिको छ। 

गत वर्षका २५ राम्रा विद्यालयको सूचीबाट यसपालि पाँच वटा बाहिरएिका छन्। उपत्यकाबाहिरबाट सिरहा, लहानको एभरेस्ट इन्टरनेसनल उच्च माविले पहिलोपल्ट राम्रा उच्च माविको सूचीमा आफ्नो नाम दर्ता गरेको छ। चितवन, विराटनगर र पोखराको उपस्थिति सन्तोषजनक रहे पनि झापा, रुपन्देहीलगायतका उच्च माविले यसपालि पनि निराशाजनक प्रदर्शन गरे। उता बनेपाको सिद्धार्थ इंग्लिस उच्च मावि झीनो अंकको फरकले मात्रै राम्रा उच्च माविको सूचीमा पर्न सकेन। 

सामुदायिक विद्यालयको प्रदर्शनका दृष्टिले यो वर्ष पनि निराशाजनक नै रह्यो। यद्यपि, दार्चुलाको गोकुलेश्वर उच्च मावि, पोखराको अमरसिंह उच्च मावि, रौतहटको जनज्योति उच्च मावि, काठमाडौँ त्रिपुरेश्वरस्थित विश्व निकेतन उच्च मावि, भक्तपुरको बागीश्वरी उच्च मावि औँलामा गन्न सकिने नाम हुन्, जसले विगत चार वर्षमा राम्रो नतिजामा स्थिरता कायम गर्न सके। तर, ती निजी उच्च माविका तुलनामा निकै तल छन्।

छनोट विधि
उत्कृष्ट छनोटका क्रममा उच्च माध्यमिक शिक्षा परष्िाद्ले कक्षा ११ र १२ को शैक्षिक सत्रको अन्त्यमा लिने परीक्षाको नियमिततर्फको नतिजालाई प्रमुख आधार मानिएको छ। न्यूनतम १ सय १९ विद्यार्थीलाई परीक्षामा सहभागी गराउने उच्च मावि मात्रै छनोट सूचीमा परेका थिए। यो ०६७ मा कक्षा ११ र १२ को परीक्षामा भाग लिएका विद्यार्थी संख्यालाई विद्यालय संख्याले भाग गरी आएको अंक हो, जसले औसत विद्यार्थी संख्यालाई जनाउँछ। ०६८ मा विद्यार्थी र विद्यालयको संख्यामा केही फरक परे पनि औसत विद्यार्थी संख्या गत वर्षको भन्दा बढ्ने स्थिति नभएकाले पुरानैलाई आधार मानिएको हो। 

०६५ देखि ०६८ सम्मको कक्षा ११ र १२ को नतिजा प्रतिशतमा विश्लेषण गरी ती सबैको औसत अंकका आधारमा अन्तिम प्राप्तांक निकालिएको छ। थोरै विद्यार्थी पढाएर शतप्रतिशत नतिजा हासिल गर्ने विद्यालय पनि नभएका होइनन्। तर, औसत विद्यार्थी नपढाउने त्यस्ता विद्यालय छनोट सूचीमै परेनन् भने केही न्यूनतम मापदण्डभित्र परेर पनि उतारचढावपूर्ण नतिजाका कारण समग्र मूल्यांकनमा खरो उत्रन सकेनन्। त्यसैले मुलुकभरबाट राम्रा विद्यालयमा छानिएका यी यस्ता विद्यालय हुन्, जसको उत्तीर्ण दरमा धेरै उतारचढाव छैन।


१. अनवरत अब्बल : प्रसादी एकेडेमी, मानभवन, ललितपुर

बिहान ओछ्यानबाट बाहिरएिलगत्तै उनी सरासर ललितपुरको मानभवनस्थित प्रसादी एकेडेमीमा आइपुग्छन्, जहाँ करबि १ हजार २ सय किशोरकिशोरी आफ्नो भविष्य खोजिरहेका हुन्छन्। ती विद्यार्थीका बानीव्यवहार र भावभंगिमाको अवलोकन गर्छन्, उनी। विद्यार्थीको खुसीमा खुसी थप्छन्। हाँसोमा हाँसो मिलाउँछन्। बेलाबेलामा विद्यार्थीमा पढाइप्रति लगाव र उत्साहको सञ्चार गर्न रोचक र प्रेरक प्रसंगहरूको व्याख्या दिन्छन्। कसैको मुखमुद्रामा अस्वाभाविकताको अंश फेला परे परामर्शको प्रक्रिया अगाडि बढाउँछन्। अभिभावकसँग छलफल गर्छन्। कक्षा क्रियाकलापमा के पुग्यो, के पुगेन भनेर उनले 'राउन्ड' नमारेको दिनै हुँदैन। कसले पढ्नमा उत्साह दिएको छ, कसको अनुहार मलिन छ, कसको व्यवहार शंकास्पद छ ? कसलाई के कुराको खाँचो पर्‍यो ? कुनै विद्यार्थी कुलतको नजिक पो पर्‍यो कि ? उनको हरक्षणको चिन्ता यही नै हुन्छ। साँझ नपरुन्जेल उनी विद्यालयमै हुन्छन्। अनावश्यक रूपमा आउने टेलिफोनका घन्टी उनका लागि प्राथमिकताका विषय बन्दैनन्। अभिभावकलगायत विद्यालयसँग सम्बन्धितबाहेक अन्य प्रकारका भेटघाट र सहभागिता उनका लागि दोस्रो प्राथमिकताका विषय हुन्। मानौँ, उनी एक माली हुन्, जसले हरक्षण बगैँचाको ख्याल राख्छ। उनी हुन्, विक्रम राई अर्थात् प्रसादी एकेडेमी उच्च माविका संस्थापक। 

एकल कार्यक्रम, एकल व्यवस्थापन यो विद्यालय सञ्चालनको मूल सूत्र हो। प्लस टूको एक मात्र कार्यक्रम सञ्चालन गरेको प्रसादीमा विद्यार्थी संख्यामा पनि खासै उतारचढाव आएको छैन, जसरी नतिजामा स्थिरता कायम छ। आजसम्म यस विद्यालयको विद्यार्थी उत्तीर्ण दर ९५ प्रतिशतबाट तल झरेको छैन। पछिल्लो चार वर्षको नतिजा हेर्ने हो भने पनि करबि ९९ प्रतिशत विद्यार्थी नियमित उत्तीर्ण भएका छन्। यही कारणले नेपालको छनोटमा लगातार पाँच वर्षदेखि सर्वोत्कृष्ट स्थान ओगट्न सफल रहँदै आएको छ।

दैनिक शिक्षण अनुगमन, विद्यार्थी-शिक्षक-अभिभावकबीच निरन्तर अन्तरक्रिया र हरेक विद्यार्थीको वैयक्तिक निगरानी नै आफ्नो सफलताका मूल आधार रहेको प्रसादीका प्रमुख राईको ठम्याइ छ। "विद्यार्थीलाई पढ्नका लागि कहिल्यै दबाब दिँदैनौँ। पढ्नुपर्छ भन्ने भावना मात्रै जगाइदिन्छौँ," राई भन्छन्, "यहाँबाट बाहिरइिसकेपछि पनि स्वाध्ययनको क्षमता हासिल गरेर विद्यार्थी जान्छन्। र, जहाँ गए पनि सफल बन्न सक्छन्।" अतिरत्तिm क्रियाकलापलाई दोस्रो प्राथमिकतामा राख्ने प्रसादी औपचारकि पाठ्यक्रममा आधारति पढाइमै सम्पूर्ण रूपले केन्दि्रत हुनुपर्ने मान्यतामा सञ्चालित छ। 

२. सामूहिक प्रयासको प्रतिफल : सेन्ट मेरिज उच्च मावि, जावलाखेल, ललितपुर

विद्यार्थी राम्रो हुनका लागि शिक्षक राम्रो हुनुपर्छ। विद्यार्थीलाई उत्साहित बनाउन शिक्षक नै उत्साहित बन्नुपर्छ। शिक्षकलाई उत्प्रेरति गर्न संस्थागत पहल आवश्यक पर्छ। अन्ततः सामूहिक प्रयासबाट नै सिंगो विद्यालयको सफलता सम्भव हुन्छ। सेन्ट मेरजि उच्च माविका शिक्षकहरूको निचोड हो यो। 

त्यसैले विद्यार्थीका हरेक क्रियाकलापमा शिक्षकलाई जिम्मेवार ठहर्‍याइन्छ। शिक्षकहरूमा पनि विभिन्न विषय र समूह अनुसार संयोजक तोकिएका छन्। शैक्षणिक गतिविधिबारे तिनै संयोजक र प्राचार्यबीच नियमित छलफल हुन्छ। नियमित शिक्षक तालिम हुन्छ। प्राचार्य सिस्टर मारििलन सीजे आफँै पनि हरेक विद्यार्थीसँग भेटेर विद्यार्थीका भावना बुझ्छिन्। राम्रो काममा धाप दिन आफँै पुग्छिन्। समस्या समाधानका लागि आफँै अघि सर्छिन्। "यसो गर्नाले विद्यार्थीका समस्याले चर्को रूप लिन पाउँदैन र अपनत्वको भावना पनि बढ्छ," प्राचार्य सीजे भन्छिन्, "विद्यार्थी गलत बाटोमा जान सक्ने अवस्था देखिए सकेको प्रयास हामी गर्छौं, नसके अभिभावकको पनि सहयोग लिन्छौँ।"

कुनै विद्यार्थी अनुपस्थित हुँदा विद्यालयले घरमा फोन गरेर सोधपुछ गर्ने चलन छ। शनिबारबाहेक अरू दिन मुस्किलले बिदा दिइन्छ। विद्यार्थीमा आत्मविश्वासको विकास गराउनका लागि अतिरत्तिm क्रियाकलापलाई पनि उत्तिकै स्थान दिइन्छ। छात्रा मात्रै पढ्ने यस उच्च माविमा दुईतिहाइ शिक्षक महिला नै रहेका छन्। हरेक वर्ष नयाँनयाँ प्रेरक उद्धरणलाई आफ्नो नारा बनाउँदै आएको यस विद्यालयले यस वर्ष 'तिमी उत्तम काम गर, भगवान्ले तिमीलाई साथ दिनेछन्' भन्ने नारा लिएको छ। 

नैतिक शिक्षामा पनि उत्तिकै जोड दिने यो विद्यालय क्रिस्चियन मिसिनरी अन्तर्गत सञ्चालित छ। "जैविक र मनोवैज्ञानिक कारणले पनि यो उमेरमा नैतिक शिक्षा बढी महत्त्वपूर्ण हुन्छ," प्राचार्य सीजे भन्छिन्, "त्यसैले आफ्नो कर्तव्य र दायित्वप्रति सचेत हुँदै आगामी जीवनको मार्ग पहिल्याउन सक्ने नागरकि तयार गर्नु हाम्रो उद्देश्य हो।" 

३. विद्यार्थी अनुरूपको शिक्षा : काठमाडौँ मोडल उच्च मावि, बागबजार, काठमाडौँ

नपढ्न पाइँदै नपाइने, पढ्नका लागि जस्तो सहयोग पनि पाइने। बागबजारस्थित काठमाडौँ मोडल उच्च माविका सन्दर्भमा विद्यार्थीमाझ चलेको भनाइ हो यो। हुन पनि यहाँ पढ्न, जान्न र उत्तीर्ण हुन पाउने विद्यार्थीको अधिकार हो भन्ने मान्यतामा हरेक शिक्षकलाई प्रतिबद्ध गराइन्छ। त्यही मान्यता अनुसार बिदाको समयमा समेत विद्यार्थीले शिक्षककहाँ आफ्ना समस्या राख्न सक्ने व्यवस्था गरएिको छ। 

बाहिरी तडकभडकमा विश्वास नगर्ने यस उच्च माविले विद्यार्थीलाई दिएको ज्ञान, सीप र धारणालाई व्यवहारमा उतार्नका लागि प्रशस्त मात्रामा अभ्यास गराउँछ। विद्यार्थीमा आत्मविश्वासको विकास गराउन र विषयवस्तुलाई गहिरो गरी बुझाउन उनीहरूलाई नै अग्रसर गराई अत्यधिक प्रयोगात्मक र अन्तरक्रियामुखी क्रियाकलाप गराइन्छ। त्यसैले प्रयोगशाला गतिविधि, रपिोर्ट राइटिङ्, पावरप्वाइन्ट पि्रजेन्टेसन, स्थलगत अवलोकनले यहाँका शैक्षिक क्रियाकलापमा उल्लेख्य हिस्सा ओगट्छ। यसले विद्यार्थीको शैक्षिक भविष्यमा मात्रै नभई व्यावहारकि जीवनमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने कार्यकारी निर्देशक रामेश्वर अर्याल बताउँछन्। 

विद्यार्थीले रोजेको भावी लक्ष्य अनुसार विद्यार्थीलाई पूर्वतयारीसमेत गराइन्छ। जुन क्षेत्रमा विद्यार्थी जान चाहन्छ, त्यही अनुसारको तयारी यस उच्च माविले गराउँदै आएको छ। स्वदेश र विदेशमा उच्च शिक्षा अध्ययनका लागि अत्यधिक मात्रामा आफ्ना विद्यार्थीले प्रतिस्पर्धाका माध्यमबाट छात्रवृत्ति प्राप्त गरेकामा आफूलाई बढी गर्व महसुस भएको अर्यालको भनाइ छ। 

विद्यालयदेखि उच्च माध्यमिक र क्याम्पस तहका विभिन्न कार्यक्रमसहित पाँचवटा शैक्षिक संस्था सञ्चालनको अनुभवका आधारमा यसका सञ्चालकहरू अनेक कार्यक्रम, सफल व्यवस्थापनको उदाहरण भएको दाबी गर्छन्। यो कुरा नतिजाबाट पनि प्रमाणित भइसकेको छ, हरेक वर्ष सर्वोत्कृष्ट उच्च माविहरूको अग्रपंक्तिको सूचीमा नाम लेखाएर।

४. व्यावसायिक शिक्षाको आधार थलो : एनसीसीएस उच्च मावि, पकनाजोल, काठमाडौँ

व्यावसायिक जीवनमा आवश्यक पर्ने ज्ञान र सीपको आधारभूमिका रूपमा परचिय बनाउँदै गरेको छ, एनसीसीएस उच्च माविले। व्यवस्थापन संकायका विभिन्न विषय अध्यापन गराउँदै आएको यस उच्च माविले अभ्यासकेन्दि्रत सिकाइमा बढी जोड दिन्छ। होटल म्यानेजटमेन्ट पढ्ने विद्यार्थीको अभ्यासका लागि प|mन्ट अफिस, किचेन, सर्भिस, हाउस किपिङ्जस्ता विषयमा चाहिने सुविधासम्पन्न किचेन, पाँचतारे होटलसरहका कोठा, रेस्टुराँलगायतको व्यवस्था विद्यालयभित्रै व्यवस्था छ। कम्प्युटरका विद्यार्थीका लागि सुविधासम्पन्न प्रयोगशाला छन्। स्नातक तहमा बीआईएम, बीबीए, बीएचएम, बीबीएस पढ्न र व्यवसायकेन्दि्रत जनशक्ति उत्पादनमा सहयोग पुर्‍याउनु यसको मूल उद्देश्य हो । यस उच्च माविमा व्यवसाय र प्रविधिको बजारमा आएका नयाँनयाँ विषयवस्तुबारे शिक्षकलाई अद्यावधिक गराउन बेलाबेला कार्यशाला आयोजना गरन्िछ।

विद्यालयका कार्यक्रम निर्देशक प्रज्वल बानियाँ छेत्रीका अनुसार हरेक शिक्षकले कुन दिन के पढाउने, कुन विधिबाट पढाउने भन्ने शैक्षिक सत्रको सुरुमै तालिका पेस गर्नुपर्छ। त्यस आधारमा चले-नचलेको अनुगमन गरन्िछ। विद्यार्थीलाई पनि समयको महत्त्वलाई बुझाउँदै ठीक समयमा विद्यालय आउने, पढ्ने, गृहकार्य अनिवार्य रूपमा गर्न लगाउने, गरे-नगरेको हेर्ने, अनुशासनका कुनै पनि विन्दुमा सम्झौता नगर्ने भएकाले नै राम्रो नतिजा र शैक्षिक गुणस्तर कायम गर्न सकेको प्रबन्ध निर्देशक सन्तोषराज मास्के बताउँछन्। भन्छन्, "हामी व्यवस्थापनका विभिन्न आयामलाई सूचनाप्रविधिसँग जोडेर विद्यार्थीलाई व्यावसायिक अवसरको खोजी तथा सिर्जनाका लागि प्रेरति गर्छौं।" 

५. पृथकताको उदाहरण : कलेज अफ बिजनेस एन्ड सोसल स्टडिज, विराटनगर, मोरङ

यस उच्च माविमा व्यवस्थापन संकायमा २२ र विज्ञानमा २५ शिक्षक/शिक्षिका छन्। विषयगत विभाग प्रमुख रहने व्यवस्था गरएिको छ। ती प्रमुख आफ्नो विभागको आवश्यकता हेरी शिक्षक पदपूर्ति गर्न स्वतन्त्र हुन्छन्। विद्यालय व्यवस्थापन तलब सुविधाका लागि मात्रै सहयोग गर्छ। शिक्षकलाई आफ्नो कामप्रति उत्तरदायी र आफ्नो सिर्जनात्मकताको प्रयोगप्रति स्वतन्त्र बनाउन यस्तो व्यवस्था गरएिको विद्यालयको भनाइ छ। 

४० जना विद्यार्थीलाई एकसाथ राखेर कम्प्युटर प्रविधिबाट अध्यापन गराइने स्मार्ट कक्षा पनि झनै प्रभावकारी भएको विद्यालय प्रमुख यादवराज कोइराला बताउँछन्। उनका अनुसार विशेष शिक्षणविधि अनुसार मुख्य चार कुरालाई आधार मानेर अध्यापन गर्ने गरएिको छ। जस अनुसार आधारभूत ज्ञान विद्यार्थीले पहिले नै पाठ्यपुस्तकका आधारमा बनाउने अनि ती विषयबारे आफ्ना प्रस्तुतीकरण गर्ने, त्यसपछि उनीहरूको ज्ञान र विषयवस्तुबारे थप जानकारीसहित एकीकृत सूचना र प्रयोगात्मक पक्ष रहन्छ। विषयको विशिष्ट ज्ञानका लागि इन्टरनेटमार्फत खोज्ने सुविधा पनि विद्यालयले दिएको छ। हरेक दिन विषयगत जाँच र साप्ताहिक नियमित परीक्षा लिने चलनले विद्यार्थीमा परीक्षाप्रति आत्मविश्वास जगाउँदै आएको छ। 

विज्ञानका लागि अत्याधुनिक प्रयोगशाला र व्यवस्थापनका लागि व्यवस्थित पूर्वाधार भएकाले प्रयोगात्मक कक्षाहरू पनि प्रभावकारी भएको शिक्षकहरूको अनुभव छ। प्रयोगात्मक र समूह विभाजनबाट अध्यापन गर्ने विधि यस विद्यालयमा बढी चलेको छ। पारविारकि वातावरणमा शिक्षक र विद्यार्थीबीच खुलेर छलफल गर्ने गरएिकाले विद्यार्थीले सम्बन्धित विषयबारे निर्धक्कसँग बुझ्न र प्रश्न गर्न सक्ने वातावरण रहेको छ। नियमितबाहेक अतिरत्तिm कक्षा निःशुल्क रूपमा सञ्चालन गरनिे भएकाले विद्यार्थीले बाहिरका ट्युसन सेन्टर चहार्नुपर्दैन। 

६. अधिक विद्यार्थी, अब्बल नतिजा : युनाइटेड एकेडेमी उच्च मावि, कुमारीपाटी, ललितपुर

धेरै विद्यार्थी भर्ना लिएर अधिक उत्तीर्ण दर कायम गर्ने उच्च मावि हो, युनाइटेड एकेडेमी। यसले बर्सेनि एक हजारभन्दा बढी नयाँ विद्यार्थी भर्ना लिन्छ। तीमध्ये ९० प्रतिशतभन्दा बढी विद्यार्थी बर्सेनि नियमित परीक्षामै उत्तीर्ण हुन्छन्। दक्ष प्रशासन, प्रभावकारी शिक्षण पद्धति र अनुभवी शिक्षकको टिमका कारण यो सबै सम्भव भएको बताउँछन्, संयोजक वसन्त नेपाली। 

कडा अनुशासनमा नाम कमाएको युनाइटेडमा कमजोर र उत्कृष्ट विद्यार्थीहरूको पहिचान गरी बेग्लाबेग्लै समूह बनाइन्छ। उत्कृष्टलाई उनीहरूको समझको स्तर अनुसार थप प्रगतिका लागि प्रेरति गरन्िछ। यसले गर्दा तुलनात्मक रूपमा कमजोर देखिएका विद्यार्थीका कारण उनीहरूको प्रगति क्रम रोकिन पाउँदैन। कमजोर विद्यार्थीलाई सबल बनाउन अतिरत्तिm कक्षा सञ्चालन गरन्िछ। साथै, उनीहरूको मनोबल वृद्धिका लागि सघन शिक्षण कार्यक्रम गरनिे संयोजक नेपाली बताउँछन्। कमजोर विद्यार्थीमा बिहानी समूहका लागि दिनभर र दिवा समूहका लागि बिहानभर अतिरत्तिm कक्षा सञ्चालन गरन्िछ। विद्यार्थीको पठनपाठन तथा चारिित्रक क्रियाकलापका बारेमा पनि नियमित अभिभावकसँग छलफल गर्ने गरएिको छ। समयको सीमाभित्र पाठ्यवस्तु पूरा गर्न सक्ने, विषयवस्तुलाई जटिलबाट सरलमा ढाल्न सक्ने, कक्षाकोठामा भएका विद्यार्थीको स्तरलाई पहिचान गर्न सक्ने, विषयवस्तुको सार पक्रेर विद्यार्थीलाई रोचक ढंगले प्रस्तुत गर्न सक्ने यस विद्यालयका शिक्षकहरूका साझा विशेषता हुन्। 

शैक्षिक वातावरण खलबलिन नदिन र सबै विद्यार्थीमा समानताको भावना कायम राख्नका लागि विद्यालयले विद्यार्थीका लागि निश्चित नियम बनाएको छ, जसको कडाइका साथ पालना हुन्छ। "योग्य शिक्षक र अनुशासित विद्यार्थी भएपछि मात्रै गुणस्तरीय शिक्षा सम्भव हुन्छ," नेपाली भन्छन्, "यो सन्तुलन कायम राख्न सकेकै कारण हरेक वर्ष उत्कृष्ट नतिजा हासिल गर्न सम्भव भएको हो।"

७. एकनासको परिणाम : सगरमाथा उच्च मावि, पोखरा, कास्की

झट्ट हेर्दा एकतले टिनको टहरा। राम्रो पढाइ हुने ठाउँ हो भन्ने पत्याउनै गाह्रो। तर, १२ वर्षको अवधिमा लगातार उत्कृष्ट नतिजा ल्याएर पश्चिम क्षेत्रकै अग्रपंक्तिमा दरँिदै आएको छ, सगरमाथा उच्च मावि।

पहिलो वर्षमै ९४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको यस विद्यालयले त्यसयताका कतिपय वर्षमा शतप्रतिशत नतिजा पनि ल्यायो। प्राचार्य धनबहादुर थापाका अनुसार उत्तीर्ण हुनेहरू धेरैजसो प्रथम र विशिष्ट श्रेणीमा नै छन्। निजी विद्यालयबाट विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण भएका विद्यार्थीदेखि सामुदायिक विद्यालयका औसत विद्यार्थीसमेत यहाँ पढ्ने गर्छन्। कास्की जिल्लाबाहिरका ३० प्रतिशत विद्यार्थी पनि सगरमाथामा अध्ययनरत छन्। मुस्ताङ, म्याग्दी, स्याङ्जा, पर्वत, तनहुँ, बाग्लुङ, गोरखा, लमजुङबाट सबै वर्ग र समुदायबाट मिश्रति विद्यार्थी यहाँ भेटिन्छन्। 

सुरुमै शिक्षण योजनाका साथ बनेको भवन संरचनाका कारण वातावरण शान्त छ। "सबै विद्यार्थीलाई व्यक्तिगत रूपमै निगरानी गरन्िछ। कहिलेकाहीँ लहैलहैमा बाटो बिराउन खोज्नेहरू पनि सुधि्रँदै जान्छन्," प्राचार्य थापा भन्छन्। विद्यालयमा हाजिरी नदेखिनासाथ घरमा फोन गरेर गयल हुनुको कारण सोध्ने चलन भएकाले विद्यार्थी अनुपस्थित हुने समस्या पनि छैन। शिक्षकहरूको 'टिम स्पिरटि' नै सफलताको प्रमुख आधार मान्ने प्राचार्य थापा सबै सञ्चालक शिक्षक पनि भएको र उनीहरूले मिहिनेतका साथ पढाउने भएकाले शैक्षिक स्तर एकनासको रहेको बताउँछन्। यहाँ राम्रा विद्यार्थीलाई प्रोत्साहन, छात्रवृत्ति र कमजोरलाई सहयोगी कक्षाको व्यवस्था पनि गरँिदै आएको छ।

८. अनुशासनले अग्रता : मेरिल्यान्ड उच्च मावि, विराटनगर, मोरङ

विद्यार्थीले कुनै पनि पुस्तक किन्नुपर्दैन, सबै पुस्तकालयबाटै उपलब्ध गराइन्छ। बाहिरका ट्युसन सेन्टरहरूमा पढ्न नपाइने नियम छ। विद्यालयमै नियमित कक्षाबाहेक साँझको समयमा अतिरत्तिm निःशुल्क कक्षा लिइन्छ। पूर्वाधार बर्सेनि थप्दै लगिएको छ। प्रयोगात्मक शिक्षण विधिमा खारएिका शिक्षकको टिम छ। विद्यार्थीलाई विषयगत शिक्षकले विशेष रूपमा सूक्ष्म निगरानी गरेर तिनको ज्ञान र क्षमताका आधारमा अध्यापन गराउने गरएिको छ। बैंक, वित्तीय संस्था र उद्योगहरूमा स्थलगत भ्रमणका माध्यमबाट व्यवस्थापनका विद्यार्थीलाई व्यावहारकि ज्ञान दिने गरएिको छ। त्यही कारण नै मेरील्यान्ड उच्च माविले बर्सेनि उत्कृष्ट नतिजाका साथ आफूलाई अब्बल सावित गर्दै आएको छ।

विभिन्न कलेजमा लामो समय प्राध्यापनको अनुभव भएका शिक्षक यहाँ पढाउँछन्। र, तिनलाई पनि बेलाबेलामा पुनःताजगी तालिम दिने गरएिको छ। प्रत्येक शैक्षिक सत्रअघि विषयगत शिक्षक अन्तरक्रिया चलाउने गरएिको छ। 

कक्षामा समूह विभाजन गरेर छलफल गराउने, विषयगत रूपमा समयसमयमा सेमिनार र अन्तरक्रिया आयोजना गर्ने, साथै ती विषयबारे विद्यार्थीबाट प्रतिवेदन प्रस्तुति र त्यसमा छलफल गर्ने गरएिकाले विद्यार्थीले व्यावहारकि रूपमै ज्ञान-सीप हासिल गर्न सक्छन्। ६० प्रशिशत छात्राका लागि कोटा छुट्याइएको यस उच्च माविमा विद्यार्थीलाई अनुशासन कायम गराउन ११ बुँदै नियम लागू गरएिको छ। यो विद्यालय पूर्व क्षेत्रमा कडा अनुशासनका लागि पनि चर्चित छ। सामाजिक र आर्थिक रूपमा पिछडिएका, शारीरकि रूपले अपांग विद्यार्थीका लागि यहाँ छात्रवृत्तिमा प्राथमिकता दिइन्छ। 

९. व्यवस्थापक उत्पादक : ग्लोबल कलेज अफ म्यानेजमेन्ट, बानेश्वर, काठमाडौँ

अब जागिर खोज्ने पठितहरू उत्पादन गर्ने होइन, जागिर सिर्जना गर्ने सिर्जनशील व्यवस्थापक उत्पादन आजको आवश्यकता हो भन्ठान्छन्, ग्लोबल कलेज अफ म्यानेजमेन्टका संस्थापकहरू। साथै आजको विश्वव्यापीकरण र उदारीकरणको लहरमा उद्योग, व्यापार र व्यवसायको तीव्र विकास नगरी धरै छैन भन्ने पनि बुझेका छन्। र, उद्योग-व्यवसायको विकासका लागि धेरैभन्दा धेरै व्यवस्थापक उत्पादन गर्नु आवश्यक छ भन्ने निष्कर्षका साथ प्लस टू शिक्षामा हात हालेको उनीहरू बताउँछन्। प्राचार्य नरबहादुर विष्ट भन्छन्, "व्यवस्थापक उत्पादन गर्ने मात्रै होइन, उत्पादनशीलता र उद्यमशीलता बढाउने, अवसर सिर्जना गर्ने र अरूलाई पनि जागिर दिन सक्ने पुस्ता तयार गर्नमै हाम्रो सम्पूर्ण प्रयास केन्दि्रत छ।"

यस कलेजमा विद्यार्थीलाई किताबी ज्ञानका अतिरत्तिm व्यावसायिक सीप र नयाँनयाँ सम्भावनाको खोजीका लागि विद्यार्थीलाई अभिमुखीकरण गरन्िछ। नियमित परीक्षा लिने र प्राप्त प्रगति विवरणका आधारमा विद्यार्थीलाई सबलीकरण गर्दै लैजाने भएकाले पनि राम्रो नतिजा हासिल गर्न सकिएको उनको भनाइ छ। अभिभावकसँग नियमित अन्तरक्रिया गर्नु, विद्यार्थीको वैयक्तिक परामर्शका लागि मनोविज्ञहरूको पनि सहयोग लिनु र पाठ्यक्रमसँग मिल्दाजुल्दा अतिरत्तिm क्रियाकलाप गर्नु ग्लोबलका थप विशेषता हुन्। 

१०. पूर्वाधार पनि, परिणाम पनि : लिटिल एन्जल्स उच्च मावि, हात्तीवन, ललितपुर

आफ्नै भौतिक पूर्वाधार र साधनका दृष्टिले सबैभन्दा अगाडि आउँछ, लिटिल एन्जल्स उच्च माविको नाम। पूर्वाधार मात्रै होइन, नतिजामा पनि यसले लगभग त्यही उचाइ कायम गर्न सफल हुँदै आएको छ। राजधानीको कोलाहलपूर्ण वातावरणभन्दा केही पर रहेको यस उच्च माविमा अत्याधुनिक विज्ञान प्रयोगशाला, व्यवस्थित पुस्तकालय, फराकिलो खेलमैदान, शैक्षणिक प्रयोजनकै लागि निर्माण गरएिका कक्षाकोठा रहेका छन्। ९० प्रतिशतभन्दा बढी शिक्षक पूर्णकालीन रूपमा यही उच्च माविमा पढाउँछन्। आधुनिक प्रविधिलाई पनि शिक्षण क्रियाकलापको अभिन्न अंग बनाएको लिटिल एन्जल्समा प्रयोगात्मक शिक्षामा बढी जोड दिइन्छ। अध्ययनका क्रममा विद्यार्थीले आधुनिक सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गरी आफ्ना समस्या आफँै समाधान गर्न सकून् भन्ने हेतुले विद्यालय क्षेत्रमा वाइफाई पि|m गरएिको छ। 

समाजका विभिन्न क्षेत्रमा ख्यातिप्राप्त र सफल व्यक्तित्वहरूसँग अन्तरक्रिया गराउने परपिाटी पनि बसालिएको छ। विद्यार्थीलाई नैतिक शिक्षा र सामाजिक व्यवहारसँग अद्यावधिक गराउनका लागि बालमनोविज्ञसमेत सम्मिलित अनुशासन विभाग बनाइएको छ। संयोजक कृष्णदत्त अवस्थी भन्छन्, "यो विशिष्ट उमेरका विद्यार्थी आउने बेला भएकाले उनीहरूको नियमित निगरानी आवश्यक हुन्छ। त्यसैले विद्यार्थीका व्यवहारको पहिचान गरी अनुशासन विभागले आवश्यक परामर्शसमेत दिन्छ।" विद्यार्थीमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्न र व्यक्तित्व विकास गर्नका लागि नियमित अतिरत्तिm क्रियाकलापमा पनि उत्तिकै जोड दिने गरएिको छ।

११. नेसनल स्कुल अफ साइन्सेज -निस्ट), लैनचौर, काठमाडौँ 
विज्ञान तथा प्रविधि प्रतिष्ठान अर्थात् नास्टका तत्कालीन प्राज्ञहरूलाई बारम्बार खड्किइरहने विषय थियो, विज्ञानलाई नै विशिष्ट अध्ययन र अध्यापनका लागि छुट्टै शैक्षिक संस्थाको अभाव। तिनैमध्येका एक थिए, माधव बराल। उनले विज्ञानको आधारभूत शिक्षा दिने उद्देश्यले ०५० मा स्थापना गरे, नेसनल स्कुल अफ साइन्सेस -निस्ट)। अहिले भने कार्यक्रम विस्तार गरी निस्टमा व्यवस्थापनसमेत पढाउन थालिएको छ। बर्सेनि करबि एक हजार विद्यार्थी विज्ञान र व्यवस्थापन पढ्न यहाँ नयाँ भर्ना हुन्छन् र त्यति नै विद्यार्थी उच्च माध्यमिक तह पूरा गरेर निस्किन्छन्। नियमित गृहकार्य, अतिरत्तिm कक्षा, दैनिक १० पिरयिडसम्म पढाइ, आवधिक परीक्षा, परीक्षाका उत्तरपुस्तिका विद्यार्थीलाई नै हेर्न दिइनेलगायतका कारण निस्टले राम्रो नतिजा ल्याउन सफल हुँदै आएको प्राचार्य बराल बताउँछन्। 
सिट ः विज्ञान ९००, व्यवस्थापन १६०, मासिक शुल्क ः विज्ञान ३,०००, व्यवस्थापन १,५००

१२. एस उच्च मावि, नयाँ बानेश्वर, काठमाडौँ
व्यवसाय र व्यवस्थापनका विविध क्षेत्रमा आवश्यक पर्ने व्यावहारकि ज्ञान दिनुका साथै सीप र सांस्कृतिक मूल्यहरूको जग बसाल्नुलाई मूल ध्येय बनाएको छ, एस उच्च माविले। १३ वर्षअघि स्थापित यस विद्यालयले सुरुमा विज्ञानका कक्षा पनि चलाएको थियो। पछि विशिष्टीकरण गर्ने भन्दै व्यवस्थापन कार्यक्रममा सीमित भयो। सुरुमा काठमाडौँका महँगा विद्यालयबाट एसएलसी गरेका विद्यार्थीले विदेश जाने तयारी स्वरूप यस उच्च माविलाई रोज्ने गरेकामा पछिल्ला वर्षमा मिश्रति आयस्रोत भएका परविारबाट पनि विद्यार्थी आउन थालेको प्राचार्य जयन्त प्रोखरेल बताउँछन्। 
सिट ः व्यवस्थापन २५०, मासिक शुल्क ः व्यवस्थापन ५,०००

१३. जेभियर एकेडेमी उच्च मावि, लाजिम्पाट, काठमाडौँ 
एउटा कक्षामा ३० भन्दा बढी विद्यार्थी नराख्ने, नियमित जाँच र प्रगति विवरण समीक्षा, अत्याधुनिक प्रविधिको प्रयोग जेभियर एकेडेमीका प्रमुख विशेषता हुन्। स्वदेशमै अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने उद्देश्यले स्थापित यो उच्च मावि काठमाडौँका मध्यम वर्गीयहरूको रोजाइमा पर्दै आएको छ। सुविधासम्पन्न पुस्तकालय, कम्प्युटर तथा विज्ञान प्रयोगशाला रहेको जेभियरमा आधाभन्दा बढी विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि विदेश जाने लक्ष्यका साथ जान्छन्। विद्यार्थीलाई अन्तर्राष्ट्रिय बजारमा पनि खपत हुन सक्ने बनाउनु जेभियरको मूल उद्देश्य रहेको त्यसका प्रशासकीय अधिकृत प्रकाश श्रेष्ठ बताउँछन्। 
सिट ः विज्ञान १२०, व्यवस्थापन १४०, मासिक शुल्क ः विज्ञान ४,५००, व्यवस्थापन ३,६००

१४. गोल्डेनगेट इन्टरनेसनल उच्च मावि, बत्तीसपुतली, काठमाडौँ 
यहाँ एक घन्टाको एउटा पिरयिड हुन्छ। हरेक पिरयिडमा कक्षा अभ्यास र शिक्षक-विद्यार्थी अन्तरक्रिया अनिवार्य गरएिको छ। हरेक साता विषयगत र वस्तुगत परीक्षा लिइन्छ। हरेक त्रैमासिक परीक्षाको तीन दिनअघि श्रव्य-दृश्य प्रस्तुति तथा पाठ्यवस्तुसम्बन्धी नै हाजिरजवाफ प्रतियोगिता हुन्छ। यसले विद्यार्थीमा पढ्ने बानीको विकास हुनुका साथै विद्यार्थीमा परीक्षाप्रतिको धारणा नै फरक बनाउने कार्यकारी प्रमुख रमेश सिलवाल बताउँछन्। चिकित्सा र इन्जिनियरङि् पढ्न चाहने विद्यार्थीका लागि नियमित तयारी कक्षा पनि विद्यालयमै सञ्चालन गरन्िछ। 
सिट ः मानविकी ४०, विज्ञान ७२०, व्यवस्थापन ४८०, मासिक शुल्क ः मानविकी १,७००, विज्ञान २,८००, व्यवस्थापन २,१००

१५. काठमाडौँ बर्नहार्ट उच्च मावि, बल्खु, काठमाडौँ
माध्यमिक विद्यालय तहकै वातावरणमा अध्यापन हुने बर्नहार्टमा गृहकार्य र अन्य शैक्षिक गतिविधिमा शिक्षकको निगरानी रहन्छ। हरेक साता परीक्षा लिने र त्यसका आधारमा विद्यार्थीलाई सबलीकरण गर्दै लैजानु यस उच्च माविको अर्को विशेषता हो। पूर्णकालीन शिक्षकको बाहुल्य, सञ्चालकहरू प्राज्ञिक पृष्ठभूमिका भएका र आफैँ अध्यापनमा खट्ने कारणले पनि उत्कृष्ट नतिजा दिन सकेको निर्देशक पुरुषोत्तम विष्ट बताउँछन्। भन्छन्, "हामी अन्यको तुलनामा केमा गर्व गर्छौं भने एसएलसीका सामान्य विद्यार्थीले पनि भर्ना पाउँछन् र राम्रो अंक ल्याउँछन्।" 
सिट ः विज्ञान २७५, व्यवस्थापन २७५, मासिक शुल्क ः विज्ञान ३,०००, व्यवस्थापन २,०००



१६. एभरेस्ट इन्टरनेसनल उच्च मावि, लहान, सिरहा
सहरोन्मुख लहान क्षेत्रमा ०५७ मा स्थापित एभरेस्टले ०६५ पछि राम्रो नतिजा हासिल गर्न थालेको छ। अभिभावकसँग नियमित भेटघाट, फोन सम्पर्कबाट विद्यार्थीको प्रगति तथा अन्य क्रियाकलापबारे जानकारी आदानप्रदान, नियमित परीक्षा, कमजोर विद्यार्थीका लागि अतिरत्तिm कक्षा राम्रो नतिजा प्राप्तिका प्रमुख आधार मान्छन्, प्राचार्य चक्रपाणि दाहाल। ०५७ मा ४८ जना विद्यार्थीबाट अध्यापन सुरु गरेको एभरेस्टमा अहिले उच्च माध्यमिक तहमा करबि तीन सय विद्यार्थी र २२ शिक्षक छन्। 
सिट ः शिक्षा ३०, विज्ञान ५०, व्यवस्थापन १००, मासिक शुल्क ः शिक्षा ९७५, विज्ञान २,१७५, व्यवस्थापन १,१७५

१७. ख्वपः उच्च मावि, डेकोचा, भक्तपुर
भक्तपुर नगरपालिकाको सहयोग र समुदायको पहलबाट स्थापित ख्वपः उच्च मावि भक्तपुर जिल्लाकै गौरवको विषय बनेको छ, यसको स्थिर नतिजाका कारण। कम शुल्कमा स्तरीय शिक्षा दिन प्रतिबद्ध रहेको ख्वपःमा घोडेजात्रा, इन्द्रजात्रा, माघेसंक्रान्ति, शिवरात्रिजस्ता राष्ट्रिय र स्थानीय महत्त्वका चाडपर्वमा समेत बिदा नदिई नियमित पढाइ हुन्छ। निरन्तर परीक्षा र प्रयोगात्मक शिक्षण विधिमा बढी जोड दिइने, चुस्त प्रशासन, उत्साही युवाको नेतृत्व यस विद्यालयका थप विशेषता हुन्। नगरपालिकाले भौतिक पूर्वाधारमा पनि कुनै कुराको कमी हुन नदिएको र स्थानीय जनताले देखाएको लगावका कारण उत्कृष्ट उच्च माविको सूचीमा पर्न सफल भएको प्राचार्य प्रकाश श्रेष्ठ बताउँछन्। 
सिट ः मानविकी १००, विज्ञान ३८४, व्यवस्थापन ४५०, मासिक शुल्क ः मानविकी ६५०, विज्ञान १,१५०, व्यवस्थापन ६५०

१८. रिलायन्स इन्टरनेसनल एकेडेमी, चाबहिल, काठमाडौँ
०६० सालमा स्थापित यस उच्च माविले स्थापनाको सुरुकै वर्षदेखि उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। कुनै पनि पेसामा जानुअघिको आधारभूत ज्ञान दिनु, उच्च शिक्षाको पूर्वतयारी, व्यक्तित्व विकास र सामाजिक चेतना अभिवृद्धि गराउनु नै प्लस टू शिक्षाको मूल उद्देश्य ठान्ने यस उच्च माविले अतिरत्तिm क्रियाकलापलाई पनि उत्तिकै महत्त्व दिन्छ। विद्यार्थीको सर्वाङ्गीण विकासका लागि रलिायन्समा खेलकुद, साहित्य, सूचनाप्रविधि, सामाजिक तथा मानवीय सेवासम्बन्धी विभिन्न क्लबहरू गठन गरएिका छन्। आफ्नै देशभित्र आफ्नै बाबुआमासँग रही विद्यार्थीले अन्तर्राष्ट्रियस्तरको शिक्षा पाउनुपर्ने मान्यतामा रलिायन्स सञ्चालित रहेको प्राचार्य रवीन्द्रजंग थापा बताउँछन्। 
सिट ः मानविकी ३५, विज्ञान १७५, व्यवस्थापन ३१५, मासिक शुल्क ः मानविकी १,३००, विज्ञान २,५००, व्यवस्थापन १,८५०

१९. सगरमाथा मल्टिपल कलेज, डिल्लीबजार, काठमाडौँ
ग्रामीण र सामुदायिक विद्यालयबाट आउने विद्यार्थीलाई अंग्रेजी भाषा सुधार्नका लागि छुट्टै कक्षाको व्यवस्था गरन्िछ, त्यसबापत अतिरत्तिm शुल्क लिइँदैन। नियमित अध्यापन अवधिबाहेकका समयमा पनि विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरी तालिकाबद्ध रूपमा शैक्षणिक गतिविधि सञ्चालन गरन्िछ। शिक्षक-विद्यार्थीको निरन्तर अन्तरक्रियामा विशेष जोड दिने भएकाले विद्यार्थीमा विषयको ज्ञान थप गहन हुने प्राचार्य चिरञ्जीवी घिमिरे बताउँछन्। बेलाबेलामा विषयविज्ञ बोलाएर शिक्षकहरूसँग अन्तरक्रिया तथा कार्यशाला गर्नु पनि सगरमाथा मल्टिपल कलेजको भिन्न विशेषता हो।
सिट ः मानविकी ३०, विज्ञान १६०, व्यवस्थापन २००, मासिक शुल्क ः मानविकी १,५००, विज्ञान २,१००, व्यवस्थापन १,५००

२०. अरनिको आवासीय उच्च मावि, विराटनगर, मोरङ
०५६ सालमा स्थापित यो उच्च मावि पुरानो अरनिको माविको विस्तारति रूप हो। विद्यालय तहमा कमाएको ख्याति यसले उच्च माविमा पनि कायम राख्नुमा कुशल व्यवस्थापन र चुस्त प्रशासन पनि कारक हो। विज्ञान र कम्प्युटर प्रयोगशाला, श्रव्यदृश्य प्रविधिको प्रयोग, पूर्णकालीन शिक्षक, शिक्षकलाई पुनःताजगी तालिम र निरन्तर छलफललगायत कारणले पनि पनि यस उच्च माविको नतिजा प्रशंसायोग्य बन्न पुगेको छ। विद्यार्थीलाई भविष्यको शिक्षा र करअिरका लागि तयार बनाउन करअिर काउन्सेलिङ्, तालिम तथा परामर्श कक्षाको व्यवस्था पनि गरएिको विद्यालयले जनाएको छ। 
सिट ः विज्ञान ४००, व्यवस्थापन ९०, मासिक शुल्क ः विज्ञान २,२००, व्यवस्थापन १,८००



२१. भीएस निकेतन उच्च मावि, मीनभवन, काठमाडौँ
सहुलियतपूर्ण शुल्क, गुणस्तरीय शिक्षा र स्वस्थ वातावरण भीएस निकेतनका नारा हुन्। शैक्षिक क्षेत्रमा ३२ वर्षको इतिहास बोकेको भीएसमा न्यून आय भएका र ग्रामीण क्षेत्रका विद्यार्थीको पनि उल्लेख्य उपस्थिति छ। साढे पाँच रोपनी जग्गामा तीनवटा सुविधासम्पन्न भवन, पुस्तकालय, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, मल्टिमिडिया तथा टच बोर्डका माध्यमबाट पढाइ हुने व्यवस्था पनि गरएिको छ। विद्यार्थीले चाँडो बुझ्ने र नबिर्सने भएकाले अत्याधुनिक प्रविधि प्रयोगमा जोड दिएको प्राचार्य बाबुराम पोखरेल बताउँछन्। नेपालमा प्लस टू शिक्षाको परीक्षणकालमा यही विद्यालयले सफल प्रयोग गरेको थियो। नेपालको छनोटमा बर्सेनि उत्कृष्टको सूचीमा पर्दै आएको यस उच्च माविमा ५० विद्यार्थीले छात्रवृत्ति पाउँछन्। 
सिट ः विज्ञान ३२०, व्यवस्थापन २४०, मासिक शुल्क ः विज्ञान १,८५०, व्यवस्थापन १,८५०

२२. अर्किड साइन्स कलेज, भरतपुर, चितवन
गुणस्तरीय शिक्षाका लागि शिक्षक छनोट नै पहिलो सर्त मानिन्छ यहाँ। चितवनमा कहलिएका शिक्षकहरू यस कलेजसँग आबद्ध छन्। शिक्षक, विद्यार्थी र अभिभावकबीचको निरन्तर अन्तरक्रियाले पठनपाठन सजिलो बनाएको प्राचार्य देवेन्द्र ढकाल बताउँछन्। दैनिक छ घन्टी पढाउनुपर्ने न्यूनतम मापदण्डभन्दा माथि उठेर कलेजले दिनमा १० घन्टी पढाउँदै आएको छ। बिहान १० बजे आएका विद्यार्थी साँझ ५ बजेपछि मात्रै फर्किन पाउँछन्। बिहान र शनिबार अतिरत्तिm कक्षा सञ्चालन गरन्िछ। विषयगत शिक्षकलाई सँगै राखेर परीक्षा सञ्चालन गर्ने नौलो तरकिा अपनाइएको छ। "त्यसले विद्यार्थीमा बचेखुचेका कमजोरी पनि सुधार गर्छ," प्राचार्य ढकाल भन्छन्।
सिट ः विज्ञान २७०, व्यवस्थापन १३५, मासिक शुल्क ः विज्ञान २,०५०, व्यवस्थापन १,७५५

२३. पिनाकल एकेडेमी उच्च मावि, थसिखेल, ललितपुर
शिक्षकहरूकै समूहबाट सञ्चालित यस उच्च माविले एकनासको नतिजा हासिल गर्दै आएको छ। तीनपटकसम्म देशभरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी पनि यही उच्च माविका परेका छन्। अतिरत्तिm क्रियाकलापलाई पनि उत्तिकै ध्यान दिने यस उच्च माविमा मध्यम आयस्तर भएका परविारबाट विद्यार्थीहरू आउँछन्। ०५५ सालमा स्थापित पिनाकलमा १ सय १० विद्यार्थीले प्रत्येक सत्रमा छात्रवृत्ति पाउँछन्। शिक्षकहरूको सामूहिक भावना र समान लगावकै कारणले स्थिर नतिजा ल्याउन सफल भएको प्राचार्य ऋषि तिवारी बताउँछन्।
सिट ः मानविकी ५०, विज्ञान ३५०, व्यवस्थापन २५०, मासिक शुल्क ः मानविकी १,४००, विज्ञान २,१००, व्यवस्थापन १,५००

२४. जेभियर इन्टरनेसनल उच्च मावि, कालोपुल, काठमाडौँ
'ए’ लेभल अध्यापनमा विशेष ख्याति कमाएको जेभियर इन्टरनेसनल उच्च माविमा विस्तार भएको छोटो समयमै उत्कृष्ट सूचीमा नाम लेखाउन सफल भएको छ। सरकारी, निजी, गाउँ, सहर सबै क्षेत्रका र मिश्रति प्रतिभा भएका विद्यार्थीलाई एकै ठाउँमा राखेर उत्कृष्ट नतिजा ल्याउन सफल जेभियर इन्टरनेसनलका विद्यार्थीले ०६७ मा विज्ञान विषयमा सर्वोत्कृष्ट अंक ल्याएका थिए। कार्यकारी निर्देशक लोकबहादुर भण्डारीका अनुसार अतिरत्तिm क्रियाकलापलाई पनि विशेष महत्त्व दिइन्छ। 
सिट ः मानविकी १००, विज्ञान ६७५, व्यवस्थापन ४००, मासिक शुल्क ः मानविकी २,०००, विज्ञान ३,०००, व्यवस्थापन २,५००

२५. हिमालयन ह्वाइटहाउस इन्टरनेसनल उच्च मावि, नयाँ बानेश्वर, काठमाडौँ
विद्यार्थी भर्नामा छनोटलाई प्राथमिकता दिने यस उच्च माविमा प्रवेशका लागि विद्यार्थीले लिखित र मौखिक परीक्षा पार गर्नुपर्छ। जाँचमा उच्च उत्तीर्ण दर हासिल गर्नु मात्रै उद्देश्य नभएकाले विद्यार्थीको बहुआयामिक व्यक्तित्व विकासमा बढी जोड दिने गरएिको विद्यालय प्रमुख युवराज शर्मा बताउँछन्। विद्यार्थीलाई भावी शैक्षिक कार्यक्रमसँग अभ्यस्त गराउन चिकित्सा र इन्जिनियरङि्का अलगअलग क्लब गठन गरी विभिन्न विषयसँग सम्बन्धित अतिरत्तिm क्रियाकलाप गर्ने गरएिको छ। 
सिट ः विज्ञान ४००, व्यवस्थापन २००, मासिक शुल्क ः विज्ञान ३,२००, व्यवस्थापन २,५००
http://www.ekantipur.com/nepal/article/?id=3913

No comments:

Post a Comment