कहाँ गए अक्टोपस ?
संविधान जारी हुन्छ कि हुँदैन ? राष्ट्रिय सहमतिको सरकार बन्छ कि बन्दैन? प्रधानमन्त्री को बन्छ? अब के हुन्छ ?
एकताका सिंहदरबार, बालुवाटार, नयाँबजार -पछि लाजिम्पाट)तिर भेटिने केही यस्ता पात्र थिए, जो पत्रकारका यस्ता जिज्ञासामा हाजिरीजवाफको जस्तो फटाफट उत्तर दिन्थे। राजनीतिका हरेक प्रश्नमा ठ्याक्कै भविष्यवाणी गरहिाल्थे। यति मात्र होइन, सेनामा कसको बढुवा हुन्छ ? कसको कहाँ सरुवा हुन्छ ? नेपाल प्रहरीको नयाँ महानिरीक्षक को हुन्छ ? मुख्यसचिव कसलाई बनाइन्छ ? यसको उत्तर पनि तिनको जिब्रोमै हुन्थ्यो। तिनको न कुनै औपचारकि पद हुन्थ्यो, न हैसियत। त्यसैले तिनलाई पत्रकारहरू अक्टोपस भनेर चिन्थे। बरू, गाउँघरका धामीझाँक्रीको कुनै न कुनै स्पष्ट मठमा आबद्धता हुन्छ, तह हुन्छ। अरू मान्छेको आस्था हुन्छ। तर, तिनमा त्यो पनि उल्लेख गर्न लायक देखिँदैनथ्यो।
१४ जेठवरपिर िती अक्टोपस एकछिन एउटा शीर्ष नेताका चेम्बरमा पस्थे, फुत्त अर्को शीर्ष नेताको चेम्बरबाट निस्कन्थे। एकछिनपछि सभामुखको चेम्बरबाट निस्कन्थे र पत्रकार भेला भएको ठाउँमा पुगेर भविष्यवाणी गर्न थालिहाल्थे। संविधानसभा विघटनसँगै ती अक्टोपस कुन दुलोमा पसे कुन्नि ?
एक फरक प्राणी
सधैँजसो उही हुलियामा भेटिन्छन्, यी विद्वान्। र, उनका चिन्ता र सरोकार पनि प्रायः उस्तै हुन्छन् ः विकास, प्रकृति संरक्षण, गाउँघर । ललितपुरको सानेपामा लहराले ढाकेको एउटा घर छ। घरबाट दुई-चार सय मिटरको दूरीमा कार्यालय छ, रसिोर्सेस हिमालय। गाउँ-सहर बरोबर यात्रा गररिहन्छन्। धेरै धपेडी छैन। कहिल्यै फुर्सद पनि छैन। सहरका अरू बुद्धिजीवीभन्दा बेग्लै छ उनको दैनिकी। उनी हुन्, प्राध्यापक पीताम्बर शर्मा।
एकताका प्रचण्डले उनलाई राष्ट्रिय योजना आयोगको नेतृत्व दिए। राष्ट्रिय विकासप्रति त्यतिबेलाको सरकार खासै गम्भीर नदेखिएको भन्दै उनी केही दिनमै राजीनामा ठोकेर गाउँतिर हानिए। सहरको कमाइ र बसाइँबाट सन्तुष्ट उनले हालै आफ्नो गाउँको सिरीखुरी विद्यालयलाई दिए। सहरमा पाँच हजार दान गरेर ५० हजारको विज्ञापन गर्नेहरू तमाम भेटिन्छन्। तर, गाउँका जमिनदार पिताको सबै सम्पत्ति सामुदायिक विद्यालयलाई जिम्मा लगाउँदा पनि प्रचार गर्न चाहेनन्।
पर्वतको फलेवासस्थित भवानी विद्यापीठलाई सबै सम्पत्ति जिम्मा लगाएर भर्खर काठमाडौँ फर्केका उनी यस पंक्तिकारसँग भन्दै थिए, "आफूले स्कुललाई धेरै ध्यान दिन पाइँदैन। कतै त्यो स्कुलको भविष्य राजनीतिले खाइदेला कि भन्ने चिन्ता लाग्छ।" उनकै सरह आम्दानी र आर्थिक हैसियत भएका हरेक नेपाली गाउँप्रति यत्तिकै चिन्तित भइदिए कस्तो हुँदो हो ?
दसैँका दृश्य
गाउँसहर सबैतिर दसैँले छपक्कै छोपेको छ। सरकारलाई भने यसपालि दसँै लागेको अनुभूति भएको छैन। प्रधानमन्त्री गाउँ डुल्न व्यस्त रहेकाले होला, यसपालि सहरमा विगतमा जस्तो अनुगमन पनि भएन।
केही सरकारी र अर्धसरकारी संस्थानले दसैँ-तिहारलाई लक्षित गरी सुपथ मूल्य पसल थापेर परम्परा भने धानेका छन्। ती पसलमा छन्, विदेशी मदिरा, विदेशी भाँडाकुडा, विदेशी मसला, आयातित तेल र साबुन। हुम्ला-जुम्लाका भटमास, कोदो किनेर सहरमा बेच्न ल्याइदिएको भए सहरको पैसा गाउँ जान्थ्यो। गाउँले आफ्नो पाखोबारी बाँझै छाडेर खाद्य संस्थानमा लाम लाग्ने थिएनन्। तर यति फुर्सद कसलाई छ र ! हुम्ला-जुम्लामा पठाउन ठिक्क पारएिको चामल सुर्खेतमै सडेछ। जापानले अनुदान दिएको त्यो चामलमा अहिले पालिस गर्न खाद्य संस्थानलाई भ्याइनभ्याइ छ। आशा गरौँ, जुम्लीले पनि जापानी चामलको स्वादमा यसपालिको दसैँ मनाउनेछन्।
यता, काठमाडौँमा सबैजसो बस व्यवसायी समितिले दसैँलाई लक्षित गरेर नयाँ बस थप्ने घोषणा गरे। एउटा समितिले त ४० वटा नयाँ बस थप्ने भन्यो। हरेक वर्ष यसरी दसैँमा नयाँ थपिन्छन्। नयाँ भन्नेबित्तिकै लाग्थ्यो, गाडी उत्पादकले भर्खर बजारमा पठाएका चिल्ला गाडी होलान्। हरेक वर्ष यही दरमा गाडी थपिने हो भने नेपालमा गाडीको संख्या कति हुँदो हो ? तर, कुरा अर्कै रहेछ। यातायातको भाषामा नयाँ बस भन्नाले वर्षभर िसिन्डीकेटमा नअटाएका, दसैँको बेला मात्र चलाउन पाइने थप गाडी रहेछन्। यस्ता गाडी, जुन आधारभूत पार्टपुर्जा नभए पनि चल्ने। आखिर, दसैँका यात्रुलाई सुविधा त दिनैपर्यो। शुभ यात्रा !
शुभकामना !
एकताका सिंहदरबार, बालुवाटार, नयाँबजार -पछि लाजिम्पाट)तिर भेटिने केही यस्ता पात्र थिए, जो पत्रकारका यस्ता जिज्ञासामा हाजिरीजवाफको जस्तो फटाफट उत्तर दिन्थे। राजनीतिका हरेक प्रश्नमा ठ्याक्कै भविष्यवाणी गरहिाल्थे। यति मात्र होइन, सेनामा कसको बढुवा हुन्छ ? कसको कहाँ सरुवा हुन्छ ? नेपाल प्रहरीको नयाँ महानिरीक्षक को हुन्छ ? मुख्यसचिव कसलाई बनाइन्छ ? यसको उत्तर पनि तिनको जिब्रोमै हुन्थ्यो। तिनको न कुनै औपचारकि पद हुन्थ्यो, न हैसियत। त्यसैले तिनलाई पत्रकारहरू अक्टोपस भनेर चिन्थे। बरू, गाउँघरका धामीझाँक्रीको कुनै न कुनै स्पष्ट मठमा आबद्धता हुन्छ, तह हुन्छ। अरू मान्छेको आस्था हुन्छ। तर, तिनमा त्यो पनि उल्लेख गर्न लायक देखिँदैनथ्यो।
१४ जेठवरपिर िती अक्टोपस एकछिन एउटा शीर्ष नेताका चेम्बरमा पस्थे, फुत्त अर्को शीर्ष नेताको चेम्बरबाट निस्कन्थे। एकछिनपछि सभामुखको चेम्बरबाट निस्कन्थे र पत्रकार भेला भएको ठाउँमा पुगेर भविष्यवाणी गर्न थालिहाल्थे। संविधानसभा विघटनसँगै ती अक्टोपस कुन दुलोमा पसे कुन्नि ?
एक फरक प्राणी
एकताका प्रचण्डले उनलाई राष्ट्रिय योजना आयोगको नेतृत्व दिए। राष्ट्रिय विकासप्रति त्यतिबेलाको सरकार खासै गम्भीर नदेखिएको भन्दै उनी केही दिनमै राजीनामा ठोकेर गाउँतिर हानिए। सहरको कमाइ र बसाइँबाट सन्तुष्ट उनले हालै आफ्नो गाउँको सिरीखुरी विद्यालयलाई दिए। सहरमा पाँच हजार दान गरेर ५० हजारको विज्ञापन गर्नेहरू तमाम भेटिन्छन्। तर, गाउँका जमिनदार पिताको सबै सम्पत्ति सामुदायिक विद्यालयलाई जिम्मा लगाउँदा पनि प्रचार गर्न चाहेनन्।
पर्वतको फलेवासस्थित भवानी विद्यापीठलाई सबै सम्पत्ति जिम्मा लगाएर भर्खर काठमाडौँ फर्केका उनी यस पंक्तिकारसँग भन्दै थिए, "आफूले स्कुललाई धेरै ध्यान दिन पाइँदैन। कतै त्यो स्कुलको भविष्य राजनीतिले खाइदेला कि भन्ने चिन्ता लाग्छ।" उनकै सरह आम्दानी र आर्थिक हैसियत भएका हरेक नेपाली गाउँप्रति यत्तिकै चिन्तित भइदिए कस्तो हुँदो हो ?
दसैँका दृश्य
केही सरकारी र अर्धसरकारी संस्थानले दसैँ-तिहारलाई लक्षित गरी सुपथ मूल्य पसल थापेर परम्परा भने धानेका छन्। ती पसलमा छन्, विदेशी मदिरा, विदेशी भाँडाकुडा, विदेशी मसला, आयातित तेल र साबुन। हुम्ला-जुम्लाका भटमास, कोदो किनेर सहरमा बेच्न ल्याइदिएको भए सहरको पैसा गाउँ जान्थ्यो। गाउँले आफ्नो पाखोबारी बाँझै छाडेर खाद्य संस्थानमा लाम लाग्ने थिएनन्। तर यति फुर्सद कसलाई छ र ! हुम्ला-जुम्लामा पठाउन ठिक्क पारएिको चामल सुर्खेतमै सडेछ। जापानले अनुदान दिएको त्यो चामलमा अहिले पालिस गर्न खाद्य संस्थानलाई भ्याइनभ्याइ छ। आशा गरौँ, जुम्लीले पनि जापानी चामलको स्वादमा यसपालिको दसैँ मनाउनेछन्।
यता, काठमाडौँमा सबैजसो बस व्यवसायी समितिले दसैँलाई लक्षित गरेर नयाँ बस थप्ने घोषणा गरे। एउटा समितिले त ४० वटा नयाँ बस थप्ने भन्यो। हरेक वर्ष यसरी दसैँमा नयाँ थपिन्छन्। नयाँ भन्नेबित्तिकै लाग्थ्यो, गाडी उत्पादकले भर्खर बजारमा पठाएका चिल्ला गाडी होलान्। हरेक वर्ष यही दरमा गाडी थपिने हो भने नेपालमा गाडीको संख्या कति हुँदो हो ? तर, कुरा अर्कै रहेछ। यातायातको भाषामा नयाँ बस भन्नाले वर्षभर िसिन्डीकेटमा नअटाएका, दसैँको बेला मात्र चलाउन पाइने थप गाडी रहेछन्। यस्ता गाडी, जुन आधारभूत पार्टपुर्जा नभए पनि चल्ने। आखिर, दसैँका यात्रुलाई सुविधा त दिनैपर्यो। शुभ यात्रा !
शुभकामना !
No comments:
Post a Comment